• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

उपत्यकाकै पुरानो घरः जहाँ सम्भ्रान्तहरू कौडा खेल्थे


आइतबार, जेठ ०२, २०७८ मा प्रकाशित

शब्द : सुनिता खनाल
तस्बिर : संजित परियार

Advertisement

भक्तपुरको पाँचतले मन्दिरअघिल्तिर तौमडी स्क्वायरछेउमा टिनले छाएको एकतले पुरानो घर देखिन्छ। जंगम प्रतिष्ठानको यस घरमा भक्तपुरका अन्तिम मल्ल राजा रणजित मल्लको ३७ हरफको शिलालेख छ, जुन नेपाल संवत् ८६२ को हो। संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार त्यहाँ त्यसअघि नेपाल संवत् ६९२ मा भक्तपुरकै रानी गंगादेवीले नित्यपूजाका निम्ति भूमिदान गर्दा राखेको शिलालेख थियो। नेपाल संवत् ८६२ सम्म आइपुग्दा मठको भूमिबारे किचलो उत्पन्न भयो। ‘सोही समस्या समाधानका लागि गंगादेवीले राख्न लाएको अभिलेखको दुरुस्त उतारसहित राजा रणजित मल्लले स्वर्णपत्रमा अर्को अभिलेख राख्न लगाएका थिए,’ संस्कृतिविद् श्रेष्ठ भन्छन्, ‘त्यसको अर्थ, रानी गंगादेवीले शिलालेख राख्नुअघि नै त्यहाँ मठ स्थापना भइसकेको देखिन्छ।’

संस्कृतिविद् ओम धौभडेलका अनुसार यस घरमा शैव सम्प्रदायले पूजापाठ गर्ने गर्छन्। ‘नेपाल सम्बत् ४०० मै यो घर निर्माण भएको हो,’ उनी भन्छन्, ‘त्यसकारण यो उपत्यकाकै पुरानो घर हो।’

जंगम प्रतिष्ठानका अध्यक्ष भरत जंगमका अनुसार यो घर मल्लकालभन्दा अगाडि नै निर्माण भएको हो। मल्लकालयता उक्त भवन जंगमहरूकै संरक्षणमा छ। उनका अनुसार जयरुद्रदेव मल्लले १४औँ शताब्दीमा भवनको जीर्णोद्धार गरेको अभिलेख पनि सुरक्षित छ।

‘त्यसभन्दा करिब तीन सय वर्षअघि नै भवन बनेको हुनुपर्छ,’ जंगम भन्छन्। जयरुद्रदेव राजा हरिसिंहदेव मल्लका भाइ हुन्, जो त्यतिवेला राज्यका प्रशासकीय प्रमुख थिए। काठमाडौंको दरबार प्रताप मल्लको पालामा निर्माण भएको थियो। यस्तै, पाटन दरबार सिद्धिनरसिंह मल्ल र भक्तपुरको दरबार भूपतिन्द्र मल्लले बनाएका थिए। अन्य दरबार राणाकालमा बनेका हुन्। ‘त्यसैले जंगम प्रतिष्ठानको भवन उपत्यकाकै पुरानो हो,’ जंगम भन्छन्, ‘मन्दिर भने यसभन्दा पुराना पनि छन्, भवनतर्फ भने यही नै पुरानो हो।’ उनी पनि यही घरमा जन्मेका हुन्।

उनका अनुसार अहिले जंगम प्रतिष्ठानको मातहतमा छ, यो भवन। यसअन्तर्गत डोलेश्वर महादेव, पनौतीको इन्द्रेश्वर, धनेश्वर, अनन्त लिंगेश्वरलगायत मठ–मन्दिर छन्। स्थानीय बासिन्दामाझ यो ‘रावल मठ’का रूपमा परिचित छ।

जंगमहरूलाई लिंगीय ब्राह्मण मानिन्छ, जो भारतबाट भक्तपुरमा आएका हुन्। भारतको काशी वाणी जंगम मठ र भक्तपुरको जंगम मठबीच पुरानै धार्मिक-सांस्कृतिक सम्बन्ध छ। भवनमा रुद्राक्ष माला पहिर्‍याइएको अर्को अभिलेखमा प्राचीनकालदेखि नै भक्तपुर र काशीबीच गहिरो सम्बन्ध रहेको उल्लेख छ।

लिच्छवीकालमा भारतबाट धेरै सम्प्रदाय नेपाल प्रवेश गरे। तीमध्ये वीर शैव सम्प्रदाय पनि थियो। सोही सम्प्रदायका अनुयायी हुन्, जंगमहरू। बिस्केट जात्रामा पूजा गरिने विश्वनाथ, भैरव र भद्रकाली जंगमहरूका इष्ट देवी–देवता हुन्। भक्तपुर र काभ्रेका ठूला महादेव मन्दिरहरूका पूजारी पनि जंगम नै हुन्।

सुरुमा जंगमका तीन परिवार नेपाल आएका थिए। पहिलो परिवार मठका मूल सञ्चालक रहे। हालका मठाधीश ज्योति जंगम सोही परिवारका सन्तति हुन्। दोस्रो परिवार पूजारीका रूपमा स्थापित भयो। तेस्रो परिवारका सन्तति भान्छे थिए।

भारतमा जंगमहरू तान्त्रिकका रूपमा परिचित थिए। भक्तपुरका राजकुमारको दुर्घटनामा मृत्यु भएपछि उनको आत्मा भड्किएको विश्वासमा तत्कालीन राजपरिवारले जंगम परिवारलाई नेपाल भित्र्यायो। उनको अस्तु शिवलिंगमा राखिएपछि भड्किएको आत्मा शान्त भएको विश्वास गरियो। राजपरिवारले केही जग्गा दिएर जंगमहरूलाई यतै राख्यो। भारतको जग्गा बिक्रीबाट प्राप्त रकमबाट थप जग्गा खरिद गरेर कुल तीन सय ९७ रोपनीलाई गुठीको नाममा राखे, जंगमहरूले।

अहिले पनि करिब तीन सय रोपनीको बाली मठाधीश ज्योति जंगमले उठाउँछन्, जसका पाँच सयभन्दा बढी मोही छन्। ज्योतिका अनुसार जंगम प्रतिष्ठानको भवनमा ६५ वटा कोठा थिए। सबैमा जंगम परिवार बस्थे। यो घरलाई ‘बासी घिउ नखाने घर’ पनि भनिन्थ्यो।

एउटा ठूलो ढुंगामा मोही पारेर खन्याउने र तिर्खाएका बटुवालाई त्यो मोही दिने गरिन्थ्यो। भवन परिसरमा गाईपालन गरिएको थियो। १२ वैशाख ०७२ को भूकम्पपछि भने गाईहरू हटाइयो। घरको माथिल्लो तलाको कोठामा राणा र राजाहरू आएर कौडा खेल्ने गर्थे, जुन कोठा अद्यापि छँदै छ।

हाल जंगमहरूको जनसंख्या करिब पाँच सय २३ छ। खासगरी, जनैपूर्णिमाका दिन यो घरमा स्थानीय बासिन्दाको बाक्लो आवतजावत हुन्छ। अहिले यो घर दुई वृद्धवृद्धाले कुरिरहेका छन्। पशुपतिनाथकै जस्तो भोग चढाएर दैनिक साँझबिहान पूजा गरिन्छ। ३० वटा सटरको भाडा जंगम प्रतिष्ठानलाई बुझाउँछन्, स्थानीय व्यवसायीले। भूकम्पबाट चर्किएको घरको पुनर्निर्माणको तयारी भइरहेको छ। भवनको पुनर्निर्माण गर्दा एक भागलाई गुरुकुल र अर्कोपट्टि जंगम संग्रहालय बनाउने सोच रहेको ज्योति बताउँछन्।

नयाँपत्रिकाबाट

आइतबार, जेठ ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.