• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

ह्यारी–मेघनको शाही हैसियत यथावत्

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

अग्रगामी बजेटको अपेक्षा


    Avatar photo
सोमबार, बैशाख ०६, २०७८ मा प्रकाशित

कुनै पनि देशको बजेट वार्षिक आर्थिक दस्तावेज हो । यो आय र व्ययको हिसाबमा मात्र सीमित हुनु हुँदैन । बजेट आर्थिक गतिविधिको मार्गनिर्देशिका हो । बजेट देशको अर्थतन्त्रलाई सबल र सुदृढ बनाउन के कस्तो योजना ल्याउने र त्यसलाई कसरी कार्यान्वयनमा लैजाने भन्ने यथार्थपरक दस्तावेजका रूपमा आउनुपर्छ । तर, हामीकहाँ बजेट राजनीतिक दस्तावेजजस्ता भएका छन् ।

Advertisement

बजेटमा राजनीतिक आवश्यकताअनुरूपका लोकप्रिय कुरा बढी आउँछन्, जो लागू हुँदैनन् । विगत १० वर्षका बजेटलाई केलाउने हो भने बजेटमा लेखिएका कुरा आधा पनि लागू भएका छैनन् । यसबाट बजेट राजनीतिक हुँदै गएको भान हुन्छ । बजेट अर्थ व्यवस्थालाई सुधार गर्नेतर्फ केन्द्रित व्यावसायिक र व्यावहारिक दस्तावेजका रूपमा देख्न पाइएको छैन ।

राजनीतिक आग्रहबाट प्रेरित बजेटमा प्रतिफलभन्दा पनि लोकप्रियतालाई हेरिने भएकाले नचाहिँदो खर्च र दुरुपयोग बढी हुन्छ । बजेटबाट राजनीतिपे्ररित खर्च कटौती गरिनुपर्छ ।

आगामी आर्थिक वर्षको बजेटको सन्दर्भमा कोरोना महामारीको असर न्यूनीकरणका कुरा आएका छन् । कोरोनाले विश्वकै अर्थतन्त्रलाई शिथिल बनाएको छ । ठूला मुलुकले अर्थतन्त्र उकास्न ठूलो रकम खर्च गरेका छन् । अमेरिकाले हालै १ दशमलव ९ ट्रिलियन डलरबराबरको प्रोत्साहनमूलक योजना ल्याएको छ । यो कार्यक्रमको प्रभाव अमेरिकामात्र होइन, विश्व अर्थतन्त्रमा पर्छ ।

अन्य यूरोपेली देशले पनि यस्ता कार्यक्रम अघि सारेका छन् । अविकसित देशले भने यसमा काम गर्न पाएका छैनन् । उत्तर छिमेकी चीनले योजना ल्याएको छ । भारतले अपेक्षित काम गर्न नसके पनि बजेट खर्च बढाइरहेको छ । कोरोना महामारी नियन्त्रणका लागि अहिले दुनियाँले बजेट खर्च गरिरहेको छ । खर्चको आवश्यकता हामीलाई पनि छ । तर, स्रोत छैन ।

स्रोतलाई बढी फलदायी बनाउन के गर्ने ? अविकसित देशमा कोरोनाको असर न्यूनीकरणका लागि कसरी रकम व्यवस्थापन र खर्च गर्ने भन्ने ठूलो समस्या छ । स्रोतको व्यवस्थापन र परिचालन कसरी गर्ने भन्ने मूल प्रश्न हुन्छ । स्रोतको दबाब भएको अवस्थामा एउटा सामान्य व्यक्तिले पनि अत्यावश्यकीय काममा मात्र खर्च गर्छ ।

सामान्य व्यक्तिले समेत सोच्ने यस्तो कुरा सरकारले पनि सोच्नुपर्छ । त्यसकारण पनि बजेट राजनीतिक लोकप्रियताका लागि नभएर आवश्यकतालाई दृष्टिगत गरेर ल्याउनुपर्छ ।

हाम्रा योजनाका केही उदाहरण हेरौं, सडकको कालोपत्र चाँडो उप्किँदा वर्षेनि ५ अर्ब रुपैयाँबराबरको क्षति भइरहेको एउटा समाचार आएको थियो । काठमाडौंमा मेलम्ची आउन करीब ३० वर्ष लाग्यो । शुरुआत र अहिलेको खर्च अनुमान तुलना गर्दा लागत १० गुणा बढेको देखिन्छ ।

यस्ता अनेक योजना छन्, जो समयमा पूरा नभएकाले खर्च बढेर गएको छ । वर्षाैंसम्म योजना पूरा नहुनुको कारण के हो ? कि त अत्यन्तै न्यून बजेट दिइएको छ वा बजेटमा भ्रष्टाचार भएको छ । यस्तो योजनाको डिजाइन नै गलत भएको हुन सक्छ । योजनाको प्रतिफललाई बेवास्ता गरेर हचुवाका भरमा योजना बनाइने गरेको सरकारी अधिकारीहरूले बेलाबेलामा बताउने गरेका छन् ।

पुराना योजनाको सम्भाव्यता छ भने मात्र तिनलाई पूर्णता दिनेतिर लैजानुपर्छ । यस्ता योजनाका लागि आवश्यक बजेटको अभाव हुँदाहुँदै नयाँ योजना ल्याउनु हुँदैन । राजनीतिक कारणले नयाँ योजनामात्र ल्याउँदा न नयाँलाई बजेट पर्याप्त हुन्छ, न पुरानालाई पूर्णता दिन सम्भव हुन्छ ।

अहिले पनि खर्च हुन नसक्ने र लोकरिझ्याँइका योजनामा बजेट नपार्न सुझाव आइरहेकै छन् । नचाहिँदो खर्च घटाउनु पनि बजेट व्यवस्थापनको महत्त्वपूर्ण पक्ष हो । राजनीतिक आग्रहबाट पे्ररित बजेटमा प्रतिफलभन्दा पनि लोकप्रियतालाई हेरिने भएकाले नचाहिँदो खर्च र दुरुपयोग बढी हुन्छ ।

बजेटबाट राजनीतिपे्ररित खर्च कटौती गरिनुपर्छ । पहिले बनाइएका योजना अहिले आवश्यक छैनन् भने त्यसलाई स्थगित गरेर भए पनि बजेटलाई प्रतिफल दिने हिसाबले व्यवस्थापन गर्नुपर्छ । बजेटमाथि नियन्त्रण, सन्तुलन र अनुशासन चाहिन्छ ।

राजनीतिक अस्थिरताले पारेको प्रभाव न्यूनीकरणका लागि पनि बजेटलाई राजनीतिक आग्रहबाट मुक्त राखिनुपर्छ । राजनीतिक आग्रह हाबी भएको बजेटलाई राजनीतिक अस्थिरताले असर पार्छ । यस्तो असरले स्वदेशी र विदेशी दुवै खालको लगानी प्रभावित हुन्छ ।

बजेट स्थिर, पारदर्शी र दीर्घकालीन भएमा राजनीतिक अस्थिरताको असर पनि अल्पकालीन हुन्छ । बजेटलाई रहस्यको विषय बनाइँनु हुँदैन । बजेटले करका दर के गर्ला भन्नेमा सधैं लगानीकर्ताको चिन्ता देखिन्छ । बजेटले करका दरमा वर्षेनि परिवर्तन गर्नु हुँदैन ।

करका दर त दीर्घकालीन र व्यावहारिक हुनुपर्छ । दीर्घकालीन राजस्व नीतिअन्तर्गत करको दायरामा नल्याएकालाई ल्याउन सकिन्छ, यो प्रशासनिक काम हो । तर, करका दरहरूमा पारदर्शिता चाहिन्छ । लगानीकर्ताले अनिश्चितता भोग्न चाहँदैन ।

सरकारले १५ प्रतिशतसम्म महँगो परे पनि स्वदेशी उत्पादन प्रयोग गर्ने नीति लिँदैमा बजार विस्तार हुन्छ भन्ने छैन । यस्ता कुरा नाराबाजीमात्रै हुन् । नेपाली उत्पादनको बजारको मुख्य समस्या आयातित वस्तु सस्तो हुनु हो । यस्तोमा उत्पादन लागत घटाएमात्र बजारमा स्थापित हुन सकिन्छ ।

यसका लागि पूँजी र ऊर्जा सस्तो हुनुपर्छ । विदेशी लगानीलाई निर्यातमा केन्द्रित गरिनुपर्छ । बाह्य लगानीबाट डराउनु पर्दैन, बरु यस्तो लगानीलाई प्रविधि र सस्तो पूँजीको एकीकृत प्याकेजका रूपमा उपयोग गर्ने नीति बजेटले अख्तियार गर्नु सान्दर्भिक हुन्छ ।

कृषिको व्यवसायीकरण हालसम्म नारामात्रै बन्यो । यथास्थितिमा कृषिको व्यवसायीकरण सम्भव छैन । कृषिमा भइरहेको सीमित यन्त्रीकरण व्यवसायीकरण होइन ।

व्यवसायीकरण त जोखिम र मुनाफा बोकेको उद्योेग व्यापारसरहको अभ्यास हो । व्यवसायीकरणमा कृषिमा निर्भर जनसंख्या घट्छ । अमेरिकामा कृषिमा व्यवसायीकरण भएपछि यसमा आबद्ध मानिसको संख्या घट्यो । खेतीको क्षेत्रफल पनि खुम्चियो ।

इजरायलमा पनि त्यस्तै भयो । तर, उत्पादन घटेन । यस्तोमा कृषिबाट बचेको जमिन अन्य काममा लगाउन सकिए पनि जनशक्ति कहाँ लगाउने भन्ने समस्या हुन सक्छ । यसलाई सम्बोधन गर्ने नीति चाहिन्छ ।

दुनियाँले कृषिमा अनुदान दिएका बेला अनुदानविना कृषि प्रतिस्पर्धी हुन सक्छ ? अनुदान नदिए स्थानीय लागत बढ्छ । सरकारले समर्थन मूल्य दिएको छ । तर, ठूलो परिमाण खरीद गर्न सक्दैन । निजीक्षेत्रले सस्तो आयात गर्छ । बाहिरको उत्पादन आयात राकेर संरक्षण दिँदा उपभोक्तालाई मार पर्छ ।

सरकारले संरक्षण दिने हो भने कृषकलाई दिने कि कर्पोरेट क्षेत्रलाई ? यी कुरा राजनीतिबाटै प्रेरित छन् । अनुदान कृषकलाई दिँदा राजनीतिक स्वार्थ पूरा हुन्छ । कृषिलाई राजनीतिबाट बाहिर लगेर हेर्ने प्रयास भएको छैन । भारतमा पनि यस्तै भएको छ । कृषकलाई संरक्षणका नाममा किनेको अन्न कुहिएर गइरहेको छ ।

कृषिको कर्पोरेटाइजेशनले यसको व्यवसायीकरण हुन सक्छ । तर, हामीकहाँ यसमा बढी संवेदनशीलता छ । अन्य उद्योगमा विदेशी लगानीबाट डराएजस्तै कृषिमा कर्पोरेटाइजेशनबाट डराइरहेका छौं । ठूलो लगानी नआएसम्म कृषिमा व्यवसायीकरण हुन सक्दैन ।

हामीकहाँ जनसंख्या र मानव संशासन विकासको सुनियोजित कार्यक्रम छैन । आगामी १० वर्षका लागि कति र कस्तो जनसंख्या चाहिने ? बजेटमा रकम विनियोजन गरेको देखिए पनि यसमा कुनै स्पष्ट योजना छैन । बजेट स्वास्थ्यका क्षेत्रमा बढी केन्द्रित छ, जनसंख्याबारे नीतिको अभाव छ ।

जनसंख्यालाई कसरी मानव संसाधनका रूपमा प्रयोग गर्ने भन्ने योजना बनेको छैन । जनसंख्या केवल संख्यामात्रै भएको छ । मानव संशाधन विकासका लागि स्पष्ट रणनीतिक नीति चाहिन्छ । अहिलेको संसाधन विकास जीविकाको साधनमा मात्र केन्द्रित भएको छ ।

जनसंख्यालाई संख्यामात्र होइन, स्रोत मानेर अघि बढ्नुपर्छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटले राजनीतिक आग्रहको परम्परागत अभ्यासलाई पन्छाएर अग्रगामी योजना ल्याउनुपर्छ । लोकप्रियतालाई होइन, यथार्थ आवश्यकतालाई सम्बोधन गर्न सक्यो भनेमात्रै बजेटबाट अर्थतन्त्र सबलीकरणको आधार बन्नेमा आशावादी हुन सकिन्छ ।

लेखक निम्बस समूहका अध्यक्ष हुन् । (आर्थिक अभियानबाट)

सोमबार, बैशाख ०६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाहुण्डाँगीको मानव-हात्ती द्वन्द्व : जैविक मार्ग कि किसानको पीडा ?
निजामतीमा अवकाशको नयाँ प्रावधान : अनुभवी कि नयाँ ?
मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
एक अनर्थ शास्त्रीको अर्थशास्त्रीहरूलाई सुझाव
अत्यधिक र अनियन्त्रित लोकतन्त्रले बिगारेको नेपाली आदत (बुँदागत विश्लेषण)
संविधानको कसीमा राष्‍ट्रीय हित र राष्‍ट्रीय सुरक्षा

भर्खरै

  • १.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • २.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ३.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ४.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ५.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ६.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ७.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

  • ८.
    बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.