• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

नो लकडाउन प्लिज !


सोमबार, चैत १६, २०७७ मा प्रकाशित

दीपक नेपाल

Advertisement

कोभिड-१९ को दोस्रो लहर र सम्भावित लकडाउनबारे चिन्ता बढेको छ, बजारमा। पहिलो लकडाउनले नै हाम्रो अर्थतन्त्रलाई थला पारिसकेको छ। तर, कोभिडका अन्य प्रकारहरू हामी भूमिमै उत्पन्‍न हुन होइनन्, सीमापारिबाटै ‘ट्रान्सफर्म’ भएर नेपाल भित्रिने हुन्। त्यसैले सीमालाई अत्यन्तै व्यवस्थित गर्न सकियो भने आन्तरिक गतिविधिलाई पूर्ण सञ्‍चालनमा रहन दिन सकिन्छ। आन्तरिक गतिविधिमा पनि समस्या छ। टोल, छिमेकमा कसैको मृत्यु भयो भने पाँच सयजना मलामी जाने चलन यस्तो महामारीमा पनि निरन्तर छ। यो त मलामी पनि लकडाउनमा घरभित्रै बसेको मानिसले बाहिर निस्किने बहाना पाएझैँ भयो।

दीपक नेपाल

हामीले होली मनाउनमा जोड दिएनौँ। प्रशासनले होली कार्यक्रमहरूमा रोक लगायो। होलीमा भीडभाड नगरौँ भनेर सूचना जारी भयो, त्यसैले होलीको उपलक्ष्‍यमा हुने कार्यक्रमहरू आयोजना भएनन्। तर, यहीबेला विभिन्‍न राजनीतिक दलका कार्यक्रमहरू प्रतिस्पर्धात्मक ढंगले भइरहेकै छन्। रोक त ती कार्यक्रममा पनि लाग्नुपर्थ्यो नि होइन र?

होलीमा आयोजना हुने सांस्कृतिक कार्यक्रमहरूको सकारात्मक प्रभाव बजारमा पर्छ नै। म्यांगो ड्रिंक र फ्रुटीदेखि बियरसम्मको बिक्री बढ्थ्यो। सांस्कृतिक कार्यक्रममा सहभागी हुन आउने युवा-युवतीलाई खानाका परिकार पस्किन रेस्टुराँ सञ्‍चालकलाई भ्याइनभ्याइ हुन्थ्यो। बजार आर्थिक चहलपहलयुक्त रहन्थ्यो।

राजनीतिक दल र विभिन्‍न संघसंस्थाका कार्यक्रम आयोजना गर्न दिएर होलीका कार्यक्रममा रोक लगाउनुको अर्थ कतै हाम्रो संस्कृतिमाथि यस्ता महामारीको नाममा भइरहेको अतिक्रमण त होइन?

कोरोना भाइरस भित्रिएको सुरुवाती दिनमा हामीलाई त्यसका बारेमा धेरै कुरा जानकारी थिएन। त्यसैले सबै घरभित्रै बस्न बाध्य भयौँ। तर, मास्क, स्यानिटाइजर र भौतिक दूरीको नियमलाई कडाइका साथ पालना गर्दा भाइरस प्रसार हुन नपाउने रहेछ भन्‍ने विस्तारै जानकारी भयो। त्यसैले केही गरी भाइरसका नयाँ प्रकार फैलिने जोखिम देखिँदा मास्क, स्यानिटाइजर र भौतिक दूरीको नियममा प्रतिबद्ध रहेर लकडाउनजस्तो अर्थतन्त्रका लागि घातक हुने उपकरण प्रयोग नगर्नु नै बुद्धिमानी हुनेछ। बरु, अब हामी कोरोना भाइरसँगै बाँच्न अभ्यस्त हुँदै गएका छौँ।

उत्पादनको पाटोमा भौतिक दूरी कायम गर्न सहज छ। ट्रेडिङमा पनि भौतिक दूरी कायम गर्न हामीले सिकिसकेका छौँ। उपभोक्ताले पनि स्वास्थ्य प्रोटोकलहरूमा ध्यान दिँदै अत्यधिक सतर्कताका साथ बजारमा निस्किन सक्दा लकडाउन गरिरहनुपर्ने छैन।

यस पाटोमा हामी सचेत बन्‍न सकेनौँ भने नेपालजस्तो सानो अर्थतन्त्र नै दुर्घटनामा पर्न सक्छ। त्यसैले बजार खुला राख्ने कुरामा कुनै सम्झौता गर्नु हुँदैन। खासगरी, कोरोनाका नयाँ प्रकारहरू भारतबाटै भित्रिने हुन्। उडानमा पर्याप्त सावधानी अपनाउन सकिन्छ। स्थलमार्गबाट हुने आउजाउमा पनि क्वारेन्टिन व्यवस्थापनलाई कडाइका साथ लागू गर्ने हो भने नेपालले फेरि लकडाउनको उपाय अवलम्बन गर्नुपर्दैन।

आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाइराख्ने विकल्प मात्र छ हामीसँग। पहिलो लकडाउनमा आवश्यकताभन्दा बढी कडाइ अपनाइएको महसुस भएको थियो। मानिस आफैँ सतर्क नहुन्जेल यस्ता संकटबाट बाहिर निस्किन सकिँदैन भन्‍ने पहिलो लकडाउनले सिकायो।

सामान्यतया मानिसले प्रकोपलाई आठ वर्षसम्म बिर्सिँदैन भनिन्छ। हामी नेपालीको हकमा त्यो भनाइ लागू हुँदैन। केही दिनमै सबै कुरा बिर्सिदिन्छौँ हामीले। कोरोना महामारीले पृथ्वीमा मानव जाति पाहुना मात्र रहेछ भन्‍ने देखाएको छ।

मानिस पृथ्वीको मालिक होइन रहेछ भन्‍ने बोध गराएको छ। यस सन्दर्भमा अर्को भनाइ पनि छ। त्यो हो- मानिसबाहेकको कुनै पनि प्राणी पानीमा डुबेर मर्दैन। मानिस पानीमा डुबेर मर्छ। त्यसको अर्थ हो, मानिस ज्यादा आत्तिन्छ। त्यसैले जस्तोसुकै संकटमा पनि आत्तिनु हुँदैन भन्‍ने कुरा महत्त्वपूर्ण रहेछ।

कोभिड महामारीमा पनि हामी बढी आत्तिएछौँ भन्‍ने महसुस भएको छ। मानिस ज्यादा व्यवस्थित हुनुपर्छ भन्‍ने कोभिडले सिकायो। हाम्रा सनातन धर्मसँग जोडिएका मानकहरू वैज्ञानिक रहेछन् भन्‍ने यो महामारीले फेरि एकपटक विश्‍वव्यापी रूपमा पुष्‍टि गर्‍यो। घरबाहिर निस्किँदा लगाएका लुगा घरभित्र पसेपछि परिवर्तन गर्ने, बाहिर लगाएका जुत्ता चप्पल भित्र नलगाउने, हात नियमित धुने, खाना खान बस्दा अलग्गै बस्त्र लगाउने, हात मिलाउने नभई नमस्कार गर्नेजस्ता विषय समाजमा फेरि एकपटक स्थापित भए।

मृत्यु संस्कारमा १३ दिन कोरामा बस्ने कुरा पनि क्वारेन्टिनकै एक अंग रहेछ भन्‍ने पनि यसबीचमा पुष्‍टि भयो। शव छोएर आएका मानिसमा रोग पनि सँगसँगै आउने मान्यताका आधारमा १३ दिन अरूभन्दा अलग्गै कोरामा राख्ने प्रचलन शुरु भएको हुन सक्छ। यी सबै विषय हाम्रा पिता पुर्खाले वैज्ञानिक हिसाबबाटै पहिचान गरेका रहेछन्। हाम्रो धर्म, संस्कृतिसँग जोडिएर आएका यी विषय हामीलाई अनुशासनमा बस्न सिकाउने मानक रहेछन् भन्‍ने कोभिड महामारीले पुनर्जीवित गराइदिएको छ।

गत वर्षको लकडाउन अगाडि बजारले एउटा गति पक्रेको थियो। आर्थिक गतिविधि निकै राम्रो थियो, त्यतिबेला। छुट्टी मनाउने, घुमफिर गर्नेजस्ता आनन्द प्राप्तिका विभिन्‍न तरिका अवलम्बन गर्ने ‘ट्रेन्ड’ देखिएको थियो। त्यो ‘ट्रेन्ड’ ‘इन्क्रिजिङ अर्डर’मा थियो।

त्यसै पनि नेपालीहरूको खर्च गर्ने परिपाटी राम्रो मानिन्छ। आम्दानीको झण्डै ९१ प्रतिशत नेपालीले खर्च गर्छन् भन्‍ने मान्यता रहिआएको छ। लकडाउनपछि करिब तीन महिना त्यो परिपाटी ठप्प भयो। तर, त्यसबीचमा मानिसले अर्को कुरा सिक्यो। त्यो हो- नजिकका गन्तव्यमा भए पनि घुमफिर गर्नुपर्ने रहेछ। कमाएको पैसा खर्चै गर्नुपर्ने रहेछ भन्‍ने कोभिडले पनि सिकायो। चार्ल्स डार्बिनको सिद्धान्तअनुसार प्रकृतिले आफ्नो सन्तुलन जसरी पनि आफैँ कायम गर्दो रहेछ भन्‍ने बोध मानिसमा भयो। पृथ्वीको पाहुना मानिसले जसरी पनि रमाइलो गर्दै जीवन बिताउनुपर्ने रहेछ भन्‍ने महसुस भयो। त्यही हो, स्थानीय पर्यटनप्रतिको आशक्ति ह्वात्तै बढ्नुको कारण पनि।

नेपाली अर्थतन्त्रको कुरा गर्दा यो बडो अनौठो रूपमा प्रकट हुन्छ। किनकि, त्यति ठूलो महामारी खेपेको बजार यति चाँडै लयमा फर्किने अनुमानसम्म थिएन। लकडाउन खुकुलो बनाउँदै लगिँदा बजारले विस्तारै गति समात्यो। र, ठ्याक्कै वर्षदिनपछि आएर हेर्दा बजारले पुरानै लय पक्रेको प्रष्‍ट देखिन्छ। यति छिट्टै अर्थतन्त्र ‘रिकोभर’ होला भन्‍ने लागेकै थिएन, रिकोभर भइसकेको महसुस गर्न हुन्छ अहिले।

महामारीबाट पर्यटन र यातायात क्षेत्र सबैभन्दा बेसी मारमा परेका थिए। दुवैको अर्थतन्त्र पुनरुत्थान हुन समय लाग्ला। तर, अर्थतन्त्रका अरू क्षेत्र मोटामोटी पुनर्जीवित भएका छन्। शायद सानो अर्थतन्त्रको फाइदा होला यो।

होटेल व्यवसायको कुरा गर्दा सञ्‍चालक र उपभोक्तामा सचेतना आएको छ। सफा सुग्घर खोज्ने र त्यस्तै सेवा दिने ‘ट्रेन्ड’ देखिएको छ। होटेल व्यवसायलाई पुरानै लयमा फर्किन समय लाग्छ। तथापि, मानिसको आउजाउ बाक्लिएको छ।

गत वर्ष ठ्याक्कै यही समयमा बन्द भएको थियो, पाथीभरा दर्शनमा जाने धार्मिक, सांस्कृतिक पर्यटकको ‘मुभमेन्ट’। अहिले पाँचथर सदरमुकाम फिदिममा पाथीभरातर्फ लम्किएका पर्यटकको चहलपहल बाक्लिएको छ। खाना मात्र पस्किने फिदिमका व्यवसायीले दैनिक दुई-तीन सय सादा खाना पस्किइरहेको पाइन्छ। त्यसको अर्थ मानिसको गतिविधि बढेको छ। गत वर्ष महामारीका कारण यात्रा रद्द गरेका मानिस अहिले धमाधम प्रदेश-१ को प्रख्यात धामतर्फ गइरहेका छन्। धार्मिक पर्यटकको यो क्याराभानले सुखद भविष्‍यको संकेत गर्छ।

तर, फेरि लकडाउन भयो भने पाथीभरा दर्शन रोकिने छ। तर, राजनीतिक दल र सरकारी-गैरसरकारी संघसंस्थाका कार्यक्रम सञ्‍चालनमै रहने निश्चित छ। यो या त्यो बहानामा हाम्रो धर्म, संस्कृतिमाथि प्रहार गर्ने प्रयास भइरहेको प्रतित हुन्छ।

महामारीका बेला अर्को अनौठो ट्रेन्ड पनि देखिएको थियो- विकट क्षेत्रतिर हाइकिङमा निस्किने चलन। खासगरी, उत्तरतर्फका गन्तव्य मानिसको रोजाइमा देखिए। बजारको भीडभाडबाट बच्न मानिस ४-५ दिनसम्मका ग्रामीण रुटतर्फ सोझिएको पाइयो। त्यसको अर्थ महामारीले नयाँ ढोका खोलिदियो- ग्रामीण पर्यटनको। शहरमा भाइरस प्रसारको जोखिमबाट बच्न निस्केका मानिसले सुदूर गाउँहरूमा पनि घुमफिर संस्कृति भित्र्याए।

उदाहरणका लागि लकडाउनका बेला पाँचथरको विकट भेगमा पर्ने तिम्बुङ पोखरी पुग्ने युवाको संख्या ठूलो थियो, शायद २-३ सय। त्यसैले फेरि लकडाउन नगरौँ, बजारलाई व्यवस्थित बनाऊँ। मानिस आफैँ जिम्मेवार बन्यो भने राज्यको सानो प्रयत्नबाट पनि कोभिड महामारीबाट अर्थतन्त्रले त्राण पाउने छ। फेरि लकडाउन हुने या नहुने भन्‍ने कुरा हामी हरेक व्यक्तिको भूमिकामा निर्भर रहन्छ।

(लेखक पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष हुन्)

सोमबार, चैत १६, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एक अनर्थ शास्त्रीको अर्थशास्त्रीहरूलाई सुझाव
अत्यधिक र अनियन्त्रित लोकतन्त्रले बिगारेको नेपाली आदत (बुँदागत विश्लेषण)
संविधानको कसीमा राष्‍ट्रीय हित र राष्‍ट्रीय सुरक्षा
लागूऔषध नियन्त्रणमा सामाजिक सरोकार !
वर्तमान सरकार, लगानी र विकासको सम्भावना !
त्रिभुवन विश्‍वविद्यालयमा पढाइने लोकतन्त्र र अहिलेका युवाले चाहेको लोकतन्त्र

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ३.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ४.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ५.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ७.
    टिपरको ठक्करबाट मृत्यु

  • ८.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.