मेष- आर्थिक गतिविधिमा प्रशस्त लाभको योग छ। बौद्धिक क्रियाकलापमा पनि सबैलाई जित्न सकिएला। दीर्घकालीन लाभ हुने रोजगारी प्राप्त हुन सक्छ।
वृष- साथीभाइको सहयोग पाइएला। सुन्दर बन्न मन लाग्नेछ। व्यापार, व्यवसाय राम्रो रहला। दीर्घकालीन लाभका क्षेत्रमा लगानी गर्नु होला।
मिथुन- कमजोर सुधार गर्न ध्यान केन्द्रित गर्नु होला। अनावश्यक भ्रमणमा समय व्यतित होला। स्वास्थ्य बिग्रिन सक्छ। मिहिनेतले लाभ हासिल होला।
कर्कट- प्रयासका बावजुद काम नबन्न सक्छ। परिवारबाट टाढा हुनु पर्ला। आफ्नै कमजोरीले वादविवाद उत्पन्न होला। धोकेबाजहरूबाट सावधान !
सिंह- स्वादिष्ट व्यञ्जनको अवसर प्राप्त होला। एकपछि अर्को सफलताले मन आनन्दित रहला। लेनदेनमा भने विवाद आउला।
कन्या- लाभदायक कामतर्फ लाग्नु होला। विशिष्ट व्यक्तित्वको साथ पाइएला। कला, साहित्यमा रुचि बढ्ला।
तुला- मिहिनेतले धन आर्जन गराउला। रमणीय यात्राको योग पनि छ। कार्यबोझबाट छुटकारा पाइएला। तथापि, मनमा चिन्ताले सताउला।
वृश्चिक- दीर्घकालीन लाभका क्षेत्रमा हात हाल्न अगाडि बढ्नु होला। साझेदारी व्यवसायबाट लाभ होला। आम्दानीका स्रोत बढ्ने छन्।
धनु- अवसरको खोजीमा दौडधुपमै समय व्यतित होला। दुर्घटनाको योग भएकाले सवारी साधनमा यात्रा गर्दा सावधान रहनु होला।
मकर- सहयोगीहरूको साथबाट प्रशस्त आम्दानी हुन सक्छ। रुचिका क्षेत्र पहिचान गरेर लगानी गर्नु उपयुक्त होला।
कुम्भ- नयाँ काममा हाम फालिहाल्नु उपयुक्त हुनेछ। दाम्पत्य जीवन सुखमय रहला। परोपकारका क्षेत्रमा हात हाल्दा राम्रो होला।
मीन- मिहिनेतले अवसरै अवसर दिलाउला। कामको दायित्व थपिन सक्छ। आजको दिन स-साना काममा नअल्झिनु राम्रो होला। नत्र अवसर हातबाट फुत्किन सक्छ।