मेष- रोकिएका का पूरा हुने योग छ। प्रणयप्रसंगका लागि उत्तम समय छ। प्रतिस्पर्धाहरूमा विजय, साहित्यमा रुचि बढ्नेछ।
वृष- साथ सहयोग दिनेहरू बढेका छन्। रमणीय यात्रा हुन सक्छ। दीर्घकालिन योजना अगाडि बढाउनु होला। प्रतिञ्ठा कमाउने योग छ।
मिथुन- आफन्तसँग मनमुटावको योग छ। राम्रो सोचविचारपछि मात्र निर्णय लिनु होला। आर्थिक मन्दी देखिन सक्छ।
कर्कट- टाढिएका साथीभाइ नजिकिने छन्। आर्थिक उपार्जनका नयाँ स्रोत फेला पर्ने छन्। झगडाको योग रहेकाले बोल्दा विचार पुर्याउनु उचित हुन्छ।
सिंह- हर्ष, उमंगको समय छ। सुखद यात्रा पनि हुन सक्छ। परोपकार र समाजसेवामा मन जानेछ। स्वादिञ्ट व्यञ्जनको आनन्द उठाउन सकिने छ।
कन्या- नयाँ काममा हात हाल्न नहिच्किचाउनु होला। पाहुना आउन सक्छन्। व्यापार, व्यवसायमा उल्लेख्या उपलब्धी हात पर्ला।
तुला- काम नबन्ने योग छ। लेनदेनमा विवाद आउन सक्छ। हाँसखेल र मनोरञ्जनमा समय बित्ला। मन प्रफुल्लित रहला।
वृश्चिक- रोकिएका काम बन्लान्। साझेदारी व्यवसायमा उल्लेख्य उपलब्धी हासिल होला। मुद्दा मामिला तपाईंका पक्षमा रहलान्।
धनु- विश्वासिला व्यक्तिले साथ दिनाले कामहरू फटाफट सम्पादन होलान्। राजनीतिक सफलता हासिल होला। प्रणय प्रसंगमा मन जाला।
मकर- अपेक्षित काम सहजै सम्पादन हुने छन्। जागिरमा पदोन्नतीको योग छ। डुबेको धन उठ्ला।
कुम्भ- आफन्तजनसँग मनमुटाव हुने भएकाले बोल्दा विचार गर्नु होला। भौतिक सामान हराउन सक्छ। राजनीतिक क्षेत्रमा सफलताको योग छ।
मीन- लुगाफाटो उपहारमा पाइएला। प्रेमी प्रेमिकाले साथ दिने छन्। लामो यात्रामा ननिस्किनु उचित हुनेछ।