मेष- विवादमा परिएला । चोटपटकको भय छ, सचेत रहनुहोला । वैदेशिक कार्य अघि बढ्नेछ ।
वृष- एकपछि अर्काे अवसर आउनेछ । भौतिक साधन जुट्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।
मिथुन- नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आम्दानी बढ्नेछ । रमाइलो यात्रा हुनेछ ।
कर्कट- शुभकामको चर्चा चल्नेछ । खर्च बढ्नेछ । चुनौतीको सामाना गर्नुपर्ला ।
सिंह- स्वास्थ्यमा समस्या देखिनेछ । समाजसेवामा मन लाग्नेछ । व्यापार व्यवसायबाट फाइदा हुनेछ ।
कन्या- लगानी गर्ने समय छ । रोकिएका काम बन्नेछन् । सामान हराउन सक्नेछ ।
तुला- धन लाभ होला । नोकरीबाट मानसम्मान पाइनेछ । खानपानमा सजग रहनुहोला ।
वृश्चिक- धार्मिक कार्यमा रुचि बढ्नेछ । नयाँ काम पाइनेछ । शेयर बजारमा लगानी गर्ने उत्तम समय छ ।
धनु- आर्थिक कारोबारमा मन्दी छाउनेछ । महिलावर्गबाट सहयोग मिल्नेछ । बोलीको भरमा काम बन्नेछ ।
मकर- भौतिक साधन जुट्नेछ । प्रेममा मनमुटाव हुनेछ । आजको दिन मध्यम छ ।
कुम्भ- वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ । घरायसी काममा दिन वित्नेछ । आजको दिन शुभ छ ।
मीन- परिवारमा रमाइलो भेटघाट हुनेछ । व्यवसायबाट फाइदा हुनेछ । ताकेको काम बन्नाले मन प्रसन्न रहनेछ ।