मेष– खराब संगतमा परिएला विभिन्न अवसरले पछ्याउन सक्छन् । मुद्दा मामिलाका झमेलाबाट मुक्ति मिल्नेछ ।
वृष– रोकिएका काम बन्नेछन् । व्यापार व्यवसायबाट फाइदा हुनेछ । सामाजिक प्रतिष्ठा पाइनेछ । शत्रु परास्त हुनेछन् ।
मिथुन– लगनशीलताले कामहरू बन्नेछन् । परिवारमा असमझदारी बढ्न सक्छ । विवादमा परिएला ।
कर्कट – मान सम्मान मिल्नेछ । आफन्तको सहयोग जुट्न सक्छ । आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्न सक्छ ।
सिंह – परिवारजनको साथ सहयोग मिल्नेछ । स्वास्थ्यमा समस्या देखा पर्न सक्छ । व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ ।
कन्या– टाढाको यात्राबाट धन लाभ हुन सक्छ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । अप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन् ।
तुला – दण्ड जरिवानाको पनि सम्भावना छ । पति पत्नीबीच असमझदारी बढ्ने सम्भावना छ । चिताएको काममा ढिला सुस्ती हुनेछ ।
वृश्चिक– व्यापार व्यवसायमा लगानी बढाउने समय छ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ । आजको दिन मध्यम खालको छ ।
धनु – आज ब्यापारबाट प्रशस्त धन लाभ हुनेछ । भौतिक साधनहरू जुट्नेछन् । कुनै नयाँ काम प्रारम्भ हुन सक्छ ।
मकर – भ्रमण गर्ने अवसर प्राप्त होला । पठन पाठनमा राम्रो उन्नति हुनेछ । विभिन्न अवसरले पछ्याउनेछन् ।
कुम्भ – काममा बाधा हुन सक्छ । प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन् । घर खर्च बढ्नुका साथै व्यापारमा केही मन्दी आउने देखिन्छ ।
मीन – चोट पटक वा हाड जोर्नीमा समस्या आउने देखिएकाले सवारी साधन वा हात हतियार उपयोग गर्दा सावधानी अपनाउनुहोला । आर्थिक समस्या समाधान हुनेछ । पारिवारिक सम्बन्ध अलि कमजोर बन्न सक्छ ।