मेष- तार्किक क्षमता बढ्नेछ। साँझमा अधैर्य रहनु होला। धोकेबाजबाट सावधान रहनु होला। अनावश्यक जिम्मेवारीले कार्यबोझ बढ्ने छ।
वृष- अनावश्यक भेटघाटमा लाग्नु पर्दा काम अवरुद्ध हुन सक्छ। आँट गर्न नसक्दा पछाडि पर्नु पर्ला। मिहिनेतले विभिन्न अवसर जुर्ने छन्।
मिथुन- काममा चुनौति थपिने छ। तर, राम्रो जिम्मेवारी प्राप्त होला। कीर्तिमानी काम थाल्न सक्नु हुनेछ। विरोधीहरू पराजित होलान्।
कर्कट- फजुल खर्चबाट जोगिनु होला। अल्छी गर्दा हानी होला। खासै आम्दानी प्राप्त हुने समय छैन। न्यून उपलब्धीमा चित्त बुझाउनु पर्ला।
सिंह- रोकिएका काम धमाधम सम्पन्न हुनेछन्। लगनशीलताले दीर्घकालीन लाभ प्राप्त होला। ऋणबाट मुक्त हुनु होला। जीवनशैली परिवर्तन गर्नुपर्ने योग छ।
कन्या- प्रशस्त सम्पत्ति आर्जन हुन सक्छ। प्रतिस्पर्धी बढ्ने छन्। प्रतिस्पर्धीहरूले समस्या खडा गर्न सक्छन्। उद्योग, व्यापारमा लाभ हासिल होला।
तुला- अरूको मुख ताक्ने बानी तत्काल अन्त्य गर्नु होला। समय र नियम पालना गर्नु नै श्रेयष्कर हुनेछ। आम्दानीका स्रोत बढ्ने योग छ। व्यावसायिक यात्राको योग पनि छ।
वृश्चिक- प्राप्त अवसर नगुमाउनु होला। रोकिएका काम सम्पन्न हुनेछन्। नयाँ काम र जिम्मेवारी प्राप्त होला। फजुल खर्चबाट बच्नु होला।
धनु- मित्र भेटघाटले मन प्रशन्न रहला। कमजोरी सुधार्दै अगाडि बढ्ने समय छ। सामुदायिक काममा अल्झिनु पर्ला। शुभेच्छुकहरूको सुझाव मनन गर्नु होला।
मकर- दीर्घकालीन योजना अगाडि बढाउने योग छ। धार्मिक र परोपकारका काममा मन जाला। भाग्योदयको योग छ। काममा चुनौती देखा पर्ने भएकाले योजनामा गोप्यनियता आवश्यकछ।
कुम्भ- आम्दानीका स्रोतहरू जुट्ने छन्। श्रमको उचित मूल्यांकन हुनेछ। दिन मनोरञ्जनपूर्ण रहला। परिवारजनको साथ पाइएला।
मीन- ईर्श्या गर्नेहरूले फसाउने प्रयास गर्ने छन्। अनावश्यक खर्चबाट बच्नु नै श्रेयष्कर हुनेछ। स-साना काममा अल्झिनु पर्दा ठूला काम रोकिएलान्। आर्थिक पाटो भने बलियो रहने छ।