मेष- आय आर्जनका स्रोत बढ्ने सम्भावना छ। दैनिक कामकाज प्रगतिमै बित्ने छन्। चिताएका काम पूरा होलान्।
वृष- नयाँ कामको प्रस्ताव आउने र आकस्मिक धनलाभ हुने योग परेको छ। आफन्तजनको साथ मिल्नाले कामहरू सहजै सम्पन्न होलान्।
मिथुन- स्वास्थ्यमा समस्या देखा पर्न सक्ने भएकाले सजग रहनु होला। आफूलाई भन्दा अरूका लागि समयको नाश होला। यात्राको योग पनि देखिन्छ।
कर्कट- अरूको भर नपर्नु होला। त्यसले हानीबाहेक केही दिलाउने छैन। दिगो फाइदा हुने काममा लगानी गर्न नहिच्किचाउनु होला। साँझपख शुभ समाचार सुन्न पाइएला।
सिंह- टाढाको यात्राले फाइदा होला। उपहार प्राप्त हुने योग छ। गरेका काममा साथ सहयोग गर्नेहरू प्रशस्त भेटिनेछन्।
कन्या- साझेदारीमा गरेको कामवाट फाइदा हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। रमाइलो यात्रा होला।
तुला- वादविवादमा परिएला, सतर्क रहनुहोला। आर्थिक समस्या हुनसक्छ। सोच विचार गरेर गरेको काममा सफलता मिल्नेछ।
वृश्चिक- रोकिएका काम बन्नेछ। कुनै काम गर्दा साथीभाइबाट टाढै बसे फाइदा हुनेछ। आफ्नाले धोका दिन सक्नेछ।
धनु- प्रयत्न गरेर अप्ठ्यारा काम पूरा हुनेछ। गोपनीयतामा ध्यान दिनुहोला। मिहिनेतअनुसार फल प्राप्त हुनेछ।
मकर- आफन्तजनसँग भेटघाटसँगै स्वादिष्ट भोजन मिल्नेछ। फजुल खर्च बढ्नेछ। मान सम्मान मिल्नेछ।
कुम्भ- सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन्। आश मारेको काम बन्नेछ। स्वास्थ्यमा समस्या देखा पर्न सक्छ।
मीन- आज गरिएको काम पूरा नभए पनि आंशिक फाइदा लिन सकिनेछ। खर्च बढ्न सक्नेछ। बुद्धिको उपयोग गर्न सके फाइदा उठाउन सकिनेछ।