मेष- नयाँ कामको प्रस्ताव आउनेछ। स्वादिष्ट भोजनमा मन रमाउने समय छ। दीगो लाभ हुने काममा हात हाल्ने पाइने छ।
वृष- सोचेको काम बन्नेछ। वैदेशिक क्षेत्रबाट सामान्य लाभ लिन सकिनेछ।
मिथुन- नसोचेको ठाउँबाट धन आउने छ। बेसुरमा बचन दिने बानीले दुःख पाइनेछ। महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला।
कर्कट- आज कृषिक्षेत्रबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवार, आफन्तजनको साथ सहयोग मिल्नेछ।
सिंह- पारिवारिक भेटघाटले मन आनन्दित हुनेछ। विशेष योजनाहरू बन्नेछन्। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ।
कन्या- राम्रो कर्मफल प्राप्त हुनाले मन प्रशन्न रहनेछ। बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुनेछ। अनायस धन खर्च हुन सक्छ।
तुला- पारिवारिक जमघटमा मन रमाउनेछ। सहयोगीहरूले राम्रै साथ दिनेछन्। धर्मकर्ममा रुचि बढ्नेछ।
वृश्चिक- अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। काममा लगानी गर्ने समय छ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। प्रशस्त धन आर्जन गर्ने मौका छ।
धनु- मिहिनेतअनुसार प्रशस्त लाभ मिल्नेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा विशिष्ट व्यक्तित्वको सहयोग मिल्ला।
मकर- गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। साझेदारीमा फाइदा हुनेछ। स्वादिष्ट व्यञ्जनको अवसर मिल्नेछ।
कुम्भ- आत्मविश्वास बढ्नेछ। रोकिएका काम विस्तारै बन्नेछन्। नयाँ काम पाइनेछ। विभिन्न अवसरले पछ्याउनेछन्।
मीन- होसियारीका साथ काम गर्नुपर्नेछ। फाइदाको पछि लाग्दा साथीभाइ टाढिन सक्छन्। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ।