काठमाडौँ । भारतीय अभिनेता वरुण धवन स्टारर फिल्म भेडिया २४ नोभेम्बरमा बक्स अफिसमा आउने पक्का भएको छ । चलचित्रको ट्रेलरलाई दर्शकले निकै सकारात्मक प्रतिक्रिया पाइरहेका छन् ।
वरुण र कृति दुवै अहिले फिल्मको प्रमोशनमा व्यस्त छन् । दुवै जना हालै भेडियाको प्रमोशनका लागि बिग बोस १६ मा पुगेका थिए । शोको क्रममा सलमानले वरुण र कृतिसँग निकै रमाइलो गरेका थिए ।
यस क्रममा उनले गेम खेले । गेम खेल्दा सलमानले वरुण धवनका धेरै रहस्य खुलाएका थिए ।
खेलको अन्त्यमा, सलमानले वरुणलाई एउटा सफ्ट खेलौना दिएका छन् । जसलाई लिएपछि वरुण भन्छन्, ‘म यसलाई के गरुँ ? मेरो अहिलेसम्म बच्चा छैन ।’
यसमा सलमानले छिट्टै बच्चा पनि आउने बताए । यो भिडियो सार्वजनिक भएसँगै सलमानले वरुण र नताशालाई आमाबाबु बन्ने सङ्केत दिएको महसुस गरिरहेका छन् ।
त्यसयता सामाजिक सञ्जालमा फ्यानहरूले वरुण र नताशा चाँडै नै आमाबुवा बन्ने अनुमान गरिरहेका छन् ।