• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

फिलिपिन्समा फेरीमा भीषण आगलागीः मृतकको सङ्ख्या ३५ पुग्यो, ५४ जना अझै बेपत्ता

झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ

डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ७. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ८. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

फिलिपिन्समा फेरीमा भीषण आगलागीः मृतकको सङ्ख्या ३५ पुग्यो, ५४ जना अझै बेपत्ता


    Avatar photo
शनिबार, भदौ २७, २०८३ मा प्रकाशित

पलावान- फिलिपिन्समा फेरीमा भएको भीषण आगलागीमा मृत्यु भएका यात्रुका शव शनिबार बिहान पलावानको पर्यटकीय सहर कोरोन नजिकैको बन्दरगाहमा ल्याइएको छ । अधिकारीहरूले मृतकको संख्या ३५ पुगेको पुष्टि गर्दै अझै धेरै शव फेला पर्न सक्ने बताएका छन् ।

Advertisement

बुधबार साँझ एमभी जुन एस्टर फेरीमा आगलागी भएपछि जहाज नियन्त्रणबाहिर गई पर्यटकीय क्षेत्र कोरोन नजिकै गएर अड्किएको थियो । आगलागी केही सेकेन्डमै जहाजभर फैलिएको बताइएको छ ।

समाचार संस्था एएफपीका अनुसार शनिबार बिहान ३० वटा शव बन्दरगाहमा ल्याइएका थिए । शव व्यवस्थापनका लागि बन्दरगाहमा टेन्टसमेत स्थापना गरिएको थियो । फिलिपिन्स कोस्ट गार्डकी प्रवक्ता नोएमी कयाबयाबले शवहरू प्रहरीका फरेन्सिक अनुसन्धानकर्तालाई बुझाएर पहिचान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताउनुभएको हो ।

“अहिले हाम्रो ध्यान शव उद्धारमा केन्द्रित छ । त्यसपछि घटनाको अनुसन्धान अघि बढाउनेछौँ,” उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो ।

उहाँका अनुसार उद्धार गरिएका शवहरू जहाजको इकोनोमी कक्षमा फेला परेका हुन् । जहाजमा अझै कति शव बाँकी छन् भन्नेबारे अधिकारीहरूले पछि जानकारी दिने बताएका छन् ।

कोस्ट गार्डका अनुसार घटनापछि हालसम्म ३० यात्रु र १३ चालक दलका सदस्य गरी ४३ जना उद्धार भएका छन् भने ५४ जना अझै बेपत्ता छन् । आगलागीपछि तत्कालै पाँच जनाको मृत्यु भएको पुष्टि गरिएको थियो । कोस्ट गार्डले सार्वजनिक गरेका तस्बिरमा हाज्माट सूट लगाएका उद्धारकर्मीहरूले शवका झोला सानो पानीजहाजमा राखिरहेको देखिन्छ ।

केही सेकेन्डमै फैलियो आगो

कोस्ट गार्डकी प्रवक्ता कयाबयाबले शुक्रबार रेडियोसँग कुरा गर्दै आगो जहाजको कार्गो होल्डबाट सुरु भएको र केही सेकेन्डमै जहाजभर फैलिएको बताउनुभएको छ ।

“ठूलो विस्फोटको आवाज सुनेदेखि धुवाँ देखिन थालेको र त्यसपछि आगो लागेको थियो। आगो निकै छिटो फैलियो,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार आगो यति तीव्र गतिमा फैलिएको थियो कि धेरै यात्रुले लाइफ ज्याकेटसमेत लगाउने समय पाएनन् ।

आफन्तको खोजीमा कोरोन पुगेका परिवार

मृतक तथा बेपत्ताको खोजीका लागि आफन्तहरू कोरोन पुगेका छन् । मायर काबिलान आफ्ना ४० वर्षीय भाइ रमेल गोन्जागाको खोजीमा कोरोन पुगेकी छन् । गोन्जागा व्यापारिक कामका लागि आफ्ना भिनाजुसँग मनिलाबाट उक्त फेरीमा यात्रा गरेका थिए ।

“उहाँकी श्रीमतीले एक महिनाअघि मात्रै छोरी जन्माएकी थिइन् । छोरी जन्मिएकोमा उनी निकै खुसी थिए,” काबिलानले आँसु रोक्दै बताउनुभयो ।

“बिहानसम्म पनि उनी बाँचेका छन् भन्ने विश्वास थियो । तर उहाँ अझै बेपत्ता छन् । अब मैले आशा गुमाइसकेँ,” उहाँले भन्नुभयो ।

घटनाबारे जानकारी पाउन आतुर सयौँ मानिसले स्थानीय मेयरको फेसबुक पेजमा आफन्त, साथीभाइ तथा एउटा कुकुरसमेत हराएको भन्दै खोजीका लागि टिप्पणी गरिरहेका छन् ।

फेरीमा १३४ जनाको विवरण

फेरीको यात्रु तथा चालक दलको विवरणमा कुल १३४ जना उल्लेख गरिएको थियो । तर कोस्ट गार्डका अनुसार तीमध्ये दुई जना फेरीमा चढेका थिएनन् । फेरीमा यात्रुका साथै विभिन्न सामान, एउटा विद्युतीय सवारी, एउटा पिकअप ट्रक र मोटरसाइकलसमेत बोकेर लगिएको थियो ।

फिलिपिन्समा अन्तरद्वीपीय फेरी दुर्घटनाको लामो इतिहास छ । सात हजारभन्दा बढी टापु रहेको यस देशमा लाखौँ मानिस यातायातका लागि सस्तो तर कमजोर नियमन भएका डुंगा तथा जहाजमा निर्भर छन् ।

यसअघि जनवरीमा दक्षिणी फिलिपिन्समा ३४० भन्दा बढी मानिस सवार तीन तले फेरी डुब्दा कम्तीमा ५२ जनाको मृत्यु भएको थियो ।

सन् २०२३ मा पनि लेडी मेरी जोय ३ फेरीमा आगलागी हुँदा ३१ जनाको मृत्यु भएको थियो । हालको एमभी जुन एस्टर दुर्घटना पनि लगभग त्यही समुद्री मार्गमा भएको हो ।

शनिबार, भदौ २७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !
जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ
डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री
राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

भर्खरै

  • १.
    फिलिपिन्समा फेरीमा भीषण आगलागीः मृतकको सङ्ख्या ३५ पुग्यो, ५४ जना अझै बेपत्ता

  • २.
    झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३.
    जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ

  • ४.
    डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

  • ७.
    राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.