• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

उत्तरी अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

कङ्गोको विद्यालयमा आगलागी, मृतकको सङ्ख्या २६ पुग्यो : युनिसेफ

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता

पाकिस्तानको कराचीमा विद्यालयको पर्खाल भत्किदा पाँच जनाको मृत्यु

फिलिपिन्समा फेरीमा भीषण आगलागीः मृतकको सङ्ख्या ३५ पुग्यो, ५४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

नेतालाई भोट माग्न चटारो, किसानलाई मेलापातकै हतारो


आइतबार, कार्तिक २०, २०७९ मा प्रकाशित

काठमाडौँ । जिल्लाका मतदातालाई आगामी मंसिर ४ गतेको चुनावभन्दा मेलापातकै चटारो बढी छ । अन्नबाली भित्र्याउने र अन्नबाली लगाउने समय भएकाले मतदातालाई मेलापातकै चटारो भएको हो ।

Advertisement

धानबाली भित्र्याउने र गहुँबाली लगाउने महिना भएकाले मतदाता खेतीबालीमा व्यस्त रहने गरेका छन् । मतदाता कोही गहुँबाली लगाउने कोही धानबाली भित्र्याउन खेतबारीमा रमाउने गरेका छन् ।

कालीकोट नरहरिनाथ गाउँपालिका–९ लालुका भीमबहादुर रावलले गहुँबाली लगाउन र धानबाली भित्र्याउन व्यस्त रहेको बताए । “अहिले हामी बाली लगाउने र भित्र्याउने काममा व्यस्त छौँ”, उनले भने, “दुई महिना त बाली लगाउने महिना हो । त्यसैले गाउँका प्रायः सबै खेतबारीमा रहने गरेका छन् ।”

गाउँमा चुनाव प्रसार प्रचारका लागि नेता तथा कार्यकर्ता पुग्ने गरेका छन् । रास्कोट नगरपालिका ५ का नयाँरुप फडेराले भने, “गाउँमा माइकिङ गरेर भोट मागेको त सुन्छौँ, तर दलहरूका चुनावीसभामा जान पाएका छैनौँ”, उनले भने, “दलहरूका एजेण्डाका विषयमा जानकारी कम छ, त्यसैले कसलाई मत दिने हो अन्योलता कायमै छ ।”

दलहरूका चुनावी एजेण्डामात्र होइन, मेलापातका काममा व्यस्त रहँदा मतदाता शिक्षाबारेमा जानकारी नभएको पचालझरना गाउँपालिका १ सिकुका रामबहादुर बोगटीले बताउँछन् । “मतदान कसरी गर्ने हो, त्यो विषयमा पनि हामीलाई जानकारी कोही आएका छैनन्”, उनले भने, “मतदाता शिक्षा नहुँदा धेरै मत बदर हुने सम्भावना बढी रहन्छ ।”

मतदाता मेलापातमा व्यस्त भएका कारणले दलका नेता तथा उम्मेदवार खेतबारीमै गएर मत माग्ने गरेको र आफूहरूले मतदाता शिक्षालगायतका काम अगाडि बढाएको नेकपा (एमाले)का कालीकोट जिल्ला अध्यक्ष जसीप्रसाद पाण्डेले जानकारी दिए ।

“मतदाता अहिले घर, गाउँ, टोलमा भेटिँदैनन् । सबै खेतबारीको काममा व्यस्त रहनुभएको छ”, उनले भने, “प्रचारमा खटिएका कार्यकर्ता तथा उम्मेदवार खेतबारीमै गएर मतदातासँग आफ्नो चुनावी एजेण्डा र मतदाता भेटघाट गरिरहनु भएको छ ।”

मतदातासँग राजनीतिक दल तथा उम्मेदवारले छलफल गर्न नपाउँदा मतदाताले राम्रो उम्मेदवार छान्न र मतदानमा मत बढी बदर हुने सम्भावना रहने नेपाल बार एशोसिएशन कालीकोटका अध्यक्ष दमनराज बमले बताए ।

“दलका उम्मेदवारले मतदातासँग अन्तक्र्रिया तथा छलफल गर्न पाउनुभएन भने राम्रो उम्मेदवार छान्न पनि सकस हुन्छ,” उनले भने, “मतदानमा मत पनि बढी बदर हुने सम्भावना पनि उत्तिकै रहन्छ ।”

  • किसान
आइतबार, कार्तिक २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य
झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !
हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !

भर्खरै

  • १.
    सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

  • २.
    डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३.
    उत्तरी अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते

  • ४.
    नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

  • ५.
    झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ६.
    कङ्गोको विद्यालयमा आगलागी, मृतकको सङ्ख्या २६ पुग्यो : युनिसेफ

  • ७.
    ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता

  • ८.
    पाकिस्तानको कराचीमा विद्यालयको पर्खाल भत्किदा पाँच जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.