• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

पानीको धनी मकालुको एजेन्डा- साँघु बनाइदिने नेतालाई भोट


बिहिबार, असोज २७, २०७९ मा प्रकाशित

खाँदबारी- हरेक चुनावमा सुगमका आफ्नै एजेन्डा हुन्छन्, दुर्गमका आफ्नै। त्यस्तै फरक एजेन्डा छ, संखुवासभाको विकट मकालु गाउँपालिकाको। यो गाउँपालिकाका बासिन्दाले यसपटक अरुण नदीमा चारवटा पुल बनाउन प्रतिबद्ध विकासप्रेमी नेतालाई भोट दिने सोच बनाएका छन्।

Advertisement

साविकका नुम, पाथीभरा, मकालु, याफूका चारवटा वडा, पावा खोलाका पाँचवटा वडा मिलाएर यो गाउँपालिकाको नक्सांकन गरिएको छ। क्षेत्रफलमा संखुवासभाकै ठूलो पालिकामध्येमा पर्छ, मकालु गाउँपालिका। साविकका नुम गाविस र पावाखोला गाविसका पाँचवटा वडाबाहेक सबै क्षेत्रफल अरुण नदीपारि पर्छ।

याफू गाविसको क्षेत्रमा पुग्‍न पुखुवा र सुन्तलेघाटबाट अरुण नदी तर्नुपर्छ। मकालु जान आम्राङ बेंसी र नुम बेंसीबाट अरुण नै तर्नुपर्छ। पाथीभरा जान फ्याक्सिन्दाबाट अरुण नदी नतरी सुख छैन। अनि पावाखोला जान भने फ्याक्सिन्दाबाट नदी तरेर पाथीभरा अनि पाथीभराको सिरुटारबाट फेरि अरुण नै तरेर मात्र पुग्‍न सकिन्छ।

‘यस हिसाबले मकालु गाउँपालिकामा ६ वटा पुल आवश्यक छन्। त्यसमध्ये फ्याक्सिन्दामा मोटरेबल पुल बनिसकेको छ। याफू पुग्‍न पुखुवा दोभानमा अरुण तेस्रो जलविद्युत आयोजनाले धमाधम पुल निर्माण गरिरहेको छ,’ माओवादी भातृ संगठन वाईसीएलका जिल्ला संयोजक तथा सोही गाउँपालिकाका बासिन्दा नगेन्द्र राई भन्छन्, ‘यस्तै, याफूकै लागि सोलाखानी फेदीमा पुल निर्माणका लागि सर्वे मात्र भएको छ। पावाखोला जान फ्याक्सिन्दामा पुल बनिसकेको छ। त्यहाँबाट नदी तरेर पाथीभरा प्रवेश गरी अरुण तेस्रोको अडिट-३ पुग्‍नुपर्छ। त्यहाँबाट सोलाखानी पुगिन्छ, जहाँ पुल निर्माण भएकै छैन।’

उनका अनुसार आम्राङ फेदीमा स्थानीय इप्सुवा जलविद्युत आयोजनाले गाडी तर्न सक्ने बेली ब्रिज बनाएको छ। तर, त्यो बढी भार बोकेका ट्रक गुडे भने बेला-बेलामा भाँचिइरहन्छ।

मकालु गाउँपालिकामा पर्ने सेदुवा

सुन्तले घाटमा अरुण तेस्रोले पुल निर्माणका लागि सर्वे मात्र सकेको छ। आम्राङ फेदी र नुममा पुल बनेका छैनन्। तत्काल चारवटा पुल निर्माण हुँदा मात्र मकालु गाउँपालिका राष्ट्रिय सञ्जालमा पूर्ण रूपमा जोडिन्छ। नुम बेंसीमा पुल अत्यावश्यक हुनुको कारण मकालु गाउँपालिका मात्र होइन, मकालु हिमाल आरोहणका लागि जाने आरोही र आधार शिविरसम्म जाने पदयात्रीका लागि पनि त्यो निर्विकल्प छ। किनकि, नुम बेंसी मकालु आधार शिविरसम्म पदयात्राको मुलबाटो हो।

मकालुका वडैपिच्छे हाइड्रो

वाईसीएल जिल्ला संयोजक राईका अनुसार अरुण तेस्रो जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र हो, मकालु गाउँपालिका। त्यसबाहेक पनि यस गाउँपालिकाका वडैपिच्छे जलविद्युत आयोजना निर्माणाधीन छन्। जस्तो- वडा नम्बर १ मा इप्सुवा हाइड्रोपावर र त्यसकै दुईवटा क्यासकेड आयोजना कार्यान्वयनमा छन्।

वडा नम्बर २ मा कासुवा हाइड्रोपावर छ। यो हाइड्रोपावर २ र ३ नम्बर वडाको बीचमा पर्छ। वडा नम्बर ४ मा इदुवा हाइड्रो पावर सञ्चालनमा छ। यो ४ र ५ नम्बर वडाको बीचमा पर्छ। यस्तै, ४ नम्बर वडामै इखुवा हाइड्रो पावर छ।

जलस्रोतमा धनी तर बस्ती अँध्यारोमा

मकालु गाउँपालिकाका सबै वडामा सडक पुग्‍ने क्रममा छ। १ नम्बर वडामा इप्सुवा हाइड्रोले धुले सडक पुर्‍याएको छ। अन्य वडामा पनि धमाधम धुले सडक बन्दै र कतिपय ठाउँमा ट्र्याक जोडिइसकेको छ।

यस्तै, जलस्रोतमा धनी भइकन पनि यस वडाका अधिकांश भूभाग अन्धकारमा छन्। कारण- यस गाउँपालिकामा विद्युतीकरणका लागि यसअघिका सांसदहरूले ध्यान पुर्‍याउन सकेनन्।

शिक्षातर्फ प्रदेशसभा क्षेत्र ‘क’मै सर्वाधिक विद्यार्थी भएको गाउँपालिका हो, मकालु। जिल्ला सदरमुकाम खाँदबारीस्थित हिमालय माविपछि यही गाउँपालिकामा सबैभन्दा बढी विद्यार्थी छन्।

साविक पाथीभरा गाविसको हेदाङ्नामा माध्यमिक विद्यालय सञ्चालित छ। यहाँ उच्चमावि पनि सञ्चालनमा छ। नुममा पनि उच्चमावि छ। मकालुमा मावि छ।

अलैंची, चिराइतो, यार्सागुम्बा, पाँचऔंलेलगायत नगदे बाली र जडीबुटी खेती हुन्छ, यस गाउँपालिकामा। हेदाङ्नालाई कुनै समय संखुवासभामा दोस्रो मोरङ पनि भन्‍ने गरिन्थ्यो। कारण- त्यहाँ अत्यधिक धान खेती हुन्थ्यो। त्यहाँ वर्षे र चैते दुवै सिजनमा धान फल्छ। माङ्सिमा भन्‍ने ठाउँमा जेठमा धान रोपिसक्नुपर्छ। यहाँको लेकमा पनि कालो धान फल्छ।

विकटको यो गाउँपालिकामा विस्तारै आधुनिक सुविधा पुग्‍ने क्रममा छ। तर, त्यसलाई व्यवस्थित र दिगो बनाउन आवश्यक छ। याफूमा त खाँदबारीमा भन्दा राम्रो ‘फोर जी’ इन्टरनेट चल्छ। नुममा भने मोबाइलकै टावर राम्रोसँग टिप्दैन।

मकालु गाउँपालिकामा पर्ने नुम बजार

सुविधा पुग्दै तर छैन व्यवस्थित

संखुवासभाको उत्तरी भेगका बासिन्दा आर्थिक हिसाबबाट भने सम्पन्‍न मानिन्छन्। मकालु र भोटखोला गाउँपालिकाका कतिपय बासिन्दा हेलिकोप्टर कम्पनीका मालिक पनि छन्। खाँदबारी या काठमाडौंमा घर बनाएर या त कोठा भाडामा लिएर सन्तानलाई पढाउन सक्ने परिवार धेरै छन्। यस्ता परिवार हरेक टोलमा भेटिन्छन्। तर, सबै सम्पन्‍न छैनन्। कतिपय यस्ता नागरिक पनि छन्, जोसँग खाँदबारी पुगेर उपचार गर्ने पैसा पनि हुँदैन।

कोशी राजमार्गको जोगबनी-किमाथांका सडकसँग जोडिने भएकाले मकालु गाउँपालिकाको भविष्य उज्ज्वल देखिन्छ। र, त्यसले विस्तारै जीवनस्तरमा परिवर्तन ल्याउने आशामा स्थानीय बासिन्दा छन्।

‘यस गाउँपालिकाका बासिन्दा हिमाल आरोहणका लागि पनि संसारभर चिनिएका छन्। मकालु हिमालको फेदीमा हुनुको देन हो यो। सगरमाथा आरोहण गरिसकेका शेर्पा र कुलुङ राई जातिका युवा घरैपिच्छे छन्,’ राई भन्छन्, ‘त्यसैले अरुण नदीमा पुल बन्‍ने र निर्माण भएका सडकहरू स्तरोन्‍नती भएर कालोपत्रे बन्‍ने भने मकालु गाउँपालिकाको जीवनशैली झण्डै शहरकै जस्तो हुनेछ। त्यसैले यो गाउँपालिकाका बासिन्दा यसपटक विकासविरोधी होइन, विकासप्रेमी नेतालाई भोट हाल्ने पक्षमा छन्।’

  • दीपक खड्का
बिहिबार, असोज २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.