• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

एमालेका जनप्रतिनिधिले ५ वर्षमा के गरे ? हेर्न आउनूस् हेलुवा


मङ्गलबार, असोज २५, २०७९ मा प्रकाशित

खाँदबारी- संखुवासभाको सिलिचोङ गाउँपालिका-२ बालाका स्थायी बासिन्दा हुन्, रोशन राई। शारीरिक अपांगता भएका उनी सदरमुकाम खाँदबारी बस्छन्। उनले दशैंमा घर जान नपाएको १२ वर्ष बित्यो। कारण- उनको घर जाने बाटो १२ वर्षदेखि बिग्रेको छ, बनाइदिन कोही अगाडि सरेन।

Advertisement

सदरमुकाम खाँदबारी नगरपालिकाको मानेभञ्‍ज्याङबाट अरुण नदी किनारको छब्बीसे घाट जोड्ने सडकको दुर्दशा बोल्छ उनको यो छोटो परिचयले। खासमा, उनी खाँदबारीमा भेटिएका सिलिचोङ गाउँपालिका स्थायी बसोबास भएका एक प्रतिनिधि पात्र मात्र हुन्। सिलिचोङ यस्तो गाउँपालिका हो, जो देशको नक्सामा त छ तर राष्ट्रिय सञ्‍जालमा जोडिएकै छैन।

१२ वर्षअघि ट्र्याक खुलेको यो धुले सडक वर्षामा हिलो हुने नै भयो, हिउँदमा पनि ठूला खाल्डाखुल्डी र धुलोले हिँड्न सकिँदैन। कारण- वर्षामा ट्र्याक्टरले बनाउने खाल्डा हिउँदमा पनि कसैले पुर्दैन, पुर्न चासो दिँदैन। किनकि, यो बाटोका ८० प्रतिशत प्रयोगकर्ता संखुवासभाको सिलिचोङ र भोजपुरको साल्पा सिलिछो गाउँपालिकाका बासिन्दा हुन्। सुगमका बासिन्दालाई दुर्गमको के चासो !

त्यसरी नै चासो दिएनन्, पाँच वर्षअघि संखुवासभाबाट प्रतिनिधिसभामा निर्वाचित भएका एमाले सांसद राजेन्द्र गौतमले पनि। चुनावी र विजय सभामा प्रतिनिधिसभातर्फ तत्कालीन एमाले उम्मेदवार गौतमले आफू निर्वाचित भएको वर्षदिनभित्रै यो सडक गाडी गुड्न योग्य बनाउने वाचा गरेका थिए। तर, वाचा पूरा गरेनन्। र, यसपटक फेरि चुनावी मैदानमा छन्।

मतदाताको आरोप रहने गरेको छ, नेताहरूले झुट बोल्छन् अनि आफ्नो त्यही झुट लुकाउँदै कसरी फेरि भोट माग्‍न गाउँ-गाउँ डुल्छन्। त्यसको ज्वलन्त उदाहरण हो, संखुवासभाको उत्तरी क्षेत्रको सिलिचोङ गाउँपालिका। पाँच वर्षमा गौतमको बेवास्ताकै कारण अरुण नदी पारिको यो गाउँपालिका जोड्ने पुल निर्माणमा सिन्को भाँचिएन। सबै पालिकामा सडक पुर्‍याउने योजनाअन्तर्गत सिलिचोङका लागि एक सुको पनि केन्द्रीय बजेट छुट्टिएन।

निर्वाचित भएको एक वर्षभित्रै मानेभञ्‍ज्याङ-हेलुवाबेंसी हुँदै अरुण नदीमा फेरी चलाएर गाडीबाटै सिलिचोङ आउजाउको व्यवस्था गरिने उनले ग्यारेन्टी दिएका थिए, भाषणमा। तर, अहिले पनि सिलिचोङका बासिन्दाले मानेभञ्‍ज्याङबाट पैदल आफ्नो गाउँ पुग्‍नुपर्ने बाध्यता कायम छ। गौतमले भने सांसदको आफ्नो पाँचवर्षे कार्यकाल व्यतित गरिसकेका छन्।

संखुवासभाको अति दुर्गम गाउँपालिका हो, सिलिचोङ। सदरमुकाम खाँदबारीबाट करिब १६ कोस उत्तरमा पर्छ, यो पालिका। साविकका पाँचवटा गाविस समेटिएका छन् यसमा- ताम्कु, माङतेवा, सिसुवाखोला, बाला र याफू। मेबाहाङ, कुलुङ जातिको बाक्लो बसोबास छ, यस पालिकामा। थोरै ब्राह्मण, क्षत्री र अन्य समुदायको पनि बसोबास छ, यहाँ।

यो पालिकालाई राष्ट्रिय सडक सञ्‍जालमा जोड्न खाँदबारी नगरपालिका-११ मा पर्ने हेलुवा-छब्बीसे घाट सडक पहिले निर्माण हुनुपर्छ। त्यसपछि अरुण नदीमा मोटरेबल पुल बन्‍नुपर्छ। अनि पारिपट्टि भोजपुरको साल्पा सिलिछो गाउँपालिकामा सडक तयार हुनुपर्छ। त्यसपछि मात्र पुग्‍न सकिन्छ, संखुवासभाको सिलिचोङ गाउँपालिका। सिलिचोङ पुग्‍न झण्डै आधा बाटो भोजपुरमा पर्छ। संखुवासभाबाट संखुवासभा नै पुग्‍न भोजपुर नतरी सुख छैन। संखुवासभाकै माङतेवा जोड्ने उद्देश्यले सडकको ट्र्याक नखुलेको होइन। तर, त्यो बाटो घुमाउरो र टाढा पर्ने भएकाले सिलिचोङवासीले प्रयोग गर्दैनन्।

हेलुवा-छब्बीसे घाट सडकको शुरुवाती विन्दु खाँदबारी नगरपालिकामा पाँच वर्ष एमालेले शासन गर्‍यो। तर, यो सडक निर्माणमा कुनै चासो दिएन। स्थानीय बासिन्दाका अनुसार यो सडकलाई प्राथमिकता दिएझैं गरी एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू बेला-बेलामा अनुगमनमा गएजस्तो गरिरहे। तर, सडक बनेन। न सडकमा ठेकेदार देखिए, न त तिनका कामदार नै।

खेतको बीचबाट सडकको ट्र्याक खोलिएको छ। सडक पनि सधैं धान रोप्न खेत हिल्याएझैं हुन्छ, वर्षायाममा। अनि हिउँदमा पनि कसैले यसको मर्मत गर्न चासो दिँदैन। अनि वर्षायाममा ट्र्याक्टरले बनाएका गहिरा खाल्डाका कारण सवारी साधन चलाउन सकिँदैन।

पाँच वर्षअघि चुनावी सभाका क्रममा एमाले उम्मेदवार (प्रतिनिधिसभातर्फ संखुवासभाका निवर्तमान सांसद) गौतमले भावकु बन्दै छब्बीसे घाटमाथि मोटरेबल पुल बनाउन सकिनँ भने ‘मलाई बाँकी नराख्नु’सम्म भन्‍न भ्याएका थिए। तर, उनले न त सडक निर्माणको वाचा पूरा गरे, न पुल नै बनाउन सके।

बरु, भोजपुरका माओवादी केन्द्रका सांसद सुदन किराँतीले छब्बीसे घाटमै आएर पुल शिलान्याससम्म गरे। तर, निर्माण अगाडि बढेन। २-४ घाट क्षेत्रमा डोजर चलेको देखियो। अनि न डोजर देखिए, न त ठेकेदार नै। पुल बनाउन पनि हेलुवा-छब्बीसे घाट सडकलाई नै दोषी देखाइयो। सामान केही ढुवानी गर्न नसकेकाले पुल नबनेको भन्दै ठेकेदारले बहानाबाजी गर्दै आएका छन्।

भोजपुरको सिल्पा सिलिछो र संखुवासभाको सिलिचोङ गाउँपालिकामा धुले सडक तयार भएका छन्। तर, छब्बीसे घाटमा पुल निर्माण नभएसम्म ती ट्र्याक खाँदबारीमा जोडिँदैनन्। तीन वर्षअघि हेलुवा बेंसी सडकका लागि ठेक्का पनि लाग्यो। पहिलो वर्ष भित्ता ताछ्ने काम भयो, त्यत्तिमै सकियो। दोस्रो वर्ष अलि-अलि पर्खाल लगाइयो, त्यत्तिमै सकियो। यस वर्ष वर्षायाम भर्खरै सकिएको छ, काम शुरु नै भएको छैन। यस वर्ष पनि स-साना काम गरेर चुपचाप बस्ने कुरामा स्थानीय बासिन्दा ढुक्क छन्।

रातो माटो, खेतको बीचबाट खनिएको बाटो, ठेकेदारको लापरवाही अनि निर्वाचित भएर पाँच वर्ष राज्यको सुविधा भोगेका केन्द्रीय र प्रदेश सांसद अनि पालिकाका जनप्रतिनिधिको बेवास्ता। गज्जबको ‘कम्बिनेसन’ मिलेको छ, यो सडकमा। अनि कसरी गुड्छन् गाडी, कसरी चल्छन् एम्बुलेन्स, कसरी चल्छन् सार्वजनिक यातायातका साधन ?

यो सडकका ८० प्रतिशत प्रयोगकर्ता भोजपुरको साल्पा सिलिछो र संखुवासभाको सिलिचोङ गाउँपालिकाका बासिन्दा हुन्। वारिपट्टि खाँदबारी नगरपालिकातर्फ यो सडक बनाउन खासै चासो देखिँदैन।

वर्षामा सिलिचोङ गाउँपालिकामा अलि सारो बिरामी हुने छुट छैन। किनकि, यही सडकको कारणले अलि गम्भीर बिरामीले बाँच्न पाउने अधिकार गुमाउँछन्। सुत्केरी र गर्भवतीको ज्यान गएका प्रशस्त उदाहरण छन्, यसबीचमा। सिलिचोङ गाउँपालिकाका बासिन्दालाई राष्ट्रपति उद्धार कार्यक्रम देशभर कार्यान्वयनमा रहेको जानकारीसम्म कसैले दिएको छैन।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार गरिँदै आएको छ, सिलिचोङका बासिन्दाबाहेक। त्यसैले सिलिचोङका महिलाले अकालमा मृत्युवरण गर्नु परिरहेको छ। त्यसको दोष राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई दिन सकिँदैन। किनकि, त्यसबारे बितेका पाँच वर्षमा संखुवासभाका जनप्रतिनिधिले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सिलिचोङका महिलाको उद्धार गर्न वास्ता नै गरेनन्।

स्थानीय बासिन्दाका अनुसार निवर्तमान सांसद गौतम प्रतिनिधिसभामा निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिनसम्म सिलिचोङ गाउँपालिका पुगेको जानकारी पाइएन। ‘उहाँले के विकास गर्नुभयो, हामीले देखेनौं, अझ उहाँलाई नै देख्न पाएनौं,’ स्थानीय बासिन्दा भन्छन्, ‘यसपटक पनि उम्मेदवार उहाँ नै बनेको थाहा पाएका छौं। हामीलाई सधैं भोटको लागि मात्र प्रयोग गरियो। जसले हामीलाई पनि यही देशको नागरिकका रूपमा समेट्छ, यसपटक उसैलाई भोट दिन्छौं।’

निवर्तमान सांसदको कुनै सहयोग नपाएका सिलिचोङका बासिन्दा यसबीचमा जिल्ला प्रशासन कार्यालयमा धाए, सडक डिभिजनका हाकिमलाई भेटे, नगरपालिकाका मेयर-उपमेयरसँग ताकेता गरे। तर, हातालाग्यो शून्य मात्र भयो। जब स्थानीय बासिन्दाले भेट्थे, सरकारी अधिकारी र जनप्रतिनिधिहरूले सडक अनुगमन गरेझैं गरिरहे। तर, काम माखो मारेनन्।

उनीहरूले छिनो ढुंगामाथि राखे। तर, छिनोमा प्रहार गरेर ढुंगो फुटाइएन। अनुगमन गरिरहने, काम गरेजस्तो गरिरहने तर काम केही नगर्ने।

धन्‍न धेरै पहिले छब्बीसे घाटमा झोलुंगे पुल निर्माण भएको थियो। नत्र, सिलिचोङका बासिन्दाले अरुण पारि नै थन्किनुपर्ने थियो। तर, त्यही पुलबाट सामान तार्दा भरियाले खाँदबारीबाट छब्बीसे घाट पुर्‍याएको भन्दा बढी भाडा लिन्छन्। छब्बीसेबाट सिलिचोङका गाउँ बस्तीसम्म सामान पुर्‍याएको भाडा त अलग्गै भयो।

दुर्गम भेगका बासिन्दालाई राष्ट्रिय सञ्‍जालमा जोड्न दबाब सिर्जना गर्ने दायित्व प्रतिनिधिसभा र प्रदेश सांसदकै हो। उनीहरूले दबाब सिर्जना नगरेसम्म सिन्को भाँचिनेवाला छैन। उनीहरूले दबाब सिर्जना त टाढाको कुरा, चासोसम्म नदिएको ज्वलन्त उदाहरण हो, यो सडक।

सिलिचोङ गाउँपालिकाका बासिन्दा मुलतः खेती किसानी गर्छन्। त्यसैबाट निर्वाह गर्दै आएका छन् उनीहरूले। गाउँमा स-साना बजार छन्। ठूलो बजार खाँदबारी नै हो। खाँदबारी आइपुग्‍न यही सडक बाधक बन्दै आएको छ। बरु सडकको ट्र्याक नखोलिएको भए खाँदबारीबाट भरिया र खच्चडले नै सामान गाउँमा पुर्‍याउने थिए। सडक खन्‍ने नाममा यी परम्परागत ढुवानीको माध्यम पनि बन्द भए।

संखुवासभाको सिलिचोङ र भोजपुरको साल्पा सिलिछो गाउँपालिकालाई भोजपुरको दिङ्ला पनि टाढा पर्छ। संखुवा खोलापारिका बाला र सिसुवा गाविस ०३१ सालसम्म भोजपुरका थिए। चैत ०३१ सालमा ती गाविसलाई संखुवासभामा समेटियो। किनकि, खाँदबारी पुग्‍न भोजपुर सदरमुकामभन्दा नजिक पर्थ्यो। तर, त्यही खाँदबारीले त्यहाँका बासिन्दाको दुःख देखेको छैन। त्यही अनदेखा गर्ने नजरियाका प्रतिनिधि पात्र हुन्, बितेको पाँच वर्ष शासन गरेका जनप्रतिनिधि।

  • दीपक खड्का
मङ्गलबार, असोज २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

भर्खरै

  • १.
    ५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

  • २.
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

  • ३.
    संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

  • ४.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ५.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ६.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ८.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.