• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

क्यामोमाइल फूल : देउताको रोजाइ, औषधि अनि चिया


शुक्रबार, असोज १४, २०७९ मा प्रकाशित

काठमाडौं- देवतालाई चढाउने फूल अर्थात् क्यामोमाइल । अझै पनि धेरैका लागि यो फूल नयाँ लाग्छ । देवतालाई चढाउने फूल त सबैलाई थाहा हुनु पर्ने हो । किन थाहा छैन ? खासगरी, नेवार समुदायमा देवताका लागि अनिवार्य फूल भएकाले अरूलाई थाहा नभएको हुन सक्छ ।

Advertisement

काठमाडौं उपत्यकाभित्र मनाइने विभिन्न जात्रा शुरु गर्नुपूर्व क्यामोमाइल फूल देवतालाई चढाइन्छ । तर, यो धार्मिक हिसाबले मात्र नभई औषधीय गुणले पनि भरिपूर्ण फूल हो । झार प्रजातिको यो एक वर्षीय वनस्पतिको फूललाई चियाको रूपमा पनि पिउन सकिन्छ ।

यो बिरुवा सयपत्री फूल प्रजातिअन्तर्गत पर्छ । बाहिरी भाग सेतो र भित्री भाग हल्का पहेँलो रंगको हुन्छ । टाढाबाट हेर्दा हरियो केराउको गेडाजस्तो देखिन्छ । त्यसैले नेवारी भाषामा यसलाई ‘केउस्वाँहा’ भनिन्छ । ‘स्वाँहा’ भनेको ‘फूल’ र ‘केउ’ भनेको ‘केराउ’ हो ।

ललितपुर महानगरपालिका २१ खोकनामा विगत ४ वर्षदेखि शिकाली जडीबुटी उत्पादन तथा प्रशोधन समूहले क्यामोमाइल उत्पादन र बिक्री वितरण गर्दै आएको छ । समूह र अन्य कृषक गरेर २५ रोपनीभन्दा बढी क्षेत्रफलमा क्यामोमाइल खेती गरिरहेका छन् । क्यामोमाइल खेती गर्न नेपाल एकेडेमी साइन्स अफ टेक्नोलोजीको प्राविधिक सहयोग छ ।

अहिले विस्तारै क्यामोमाइल खेती गर्ने कृषकहरू बढिरहेको शिकाली जडीबुटी उत्पादन तथा प्रशोधन समूहका अध्यक्ष एवं वनस्पति विज्ञ बुद्धिरत्न डंगोलले बताए ।

काठमाडौं उपत्यकाका पुराना नेवारी बस्तीहरूमा पूजा गर्दा देवतालाई चढाउन नभई नहुने फूल क्यामोमाइल हो । काठमाडौंमा हुने घोडे जात्रालगायत अन्य जात्रामा देवताहरूलाई चढाउन नभई नहुने फूल भएकाले नेवारी भाषामा यसलाई ‘चरेस्वाँहा’ भन्ने गरिन्छ ।

‘सरकारी तवरबाट जडीबुटी प्रशोधन केन्द्रलाई जर्मनीबाट बीउ ल्याएर नेपालमा व्यावसायिक खेती गर्न लगाएकाले यसलाई विदेशबाट आयातीत प्रजातिका रूपमा हेरिन्थ्यो, क्यामोमाइल भनेर नचिनिए पनि काठमाडौंमा पहिलादेखि नै क्यामोमाइल देवतालाई चढाइन्थ्यो, तर यसको चिया पनि पिउन हुन्छ भन्ने थाहा थिएन,’ डंगोलले भने ।

अहिले पनि नेवारी समुदायमा सर्वप्रथम देवतालाई क्यामोमाइल फूल चढाइसकेपछि मात्र जात्रा शुरु गर्ने परम्परा अझै प्रचलनमा छ । प्रचारप्रसारको कमीले गर्दा क्यामोमाइल ओझेलमा परेको हो । सञ्चार माध्यममा १–२ वर्ष अगाडिदेखि प्रचारमा आएकाले धेरैले नौलो विषय मानिएता पनि नौलो विषय नभएको वनस्पति विज्ञ डंगोल बताउँछन् ।

क्यामोमाइललाई जडीबुटी प्रशोधन केन्द्रले तराई क्षेत्रमा ०४६ सालमै खेती गर्न शुरु गराएको थियो ।

औषधीय गुण

क्यामोमाइल औषधीय गुणले भरिपूर्ण छ । यसको प्रयोगमा आउने मुख्य भाग फूल नै हो । चियाको रूपमा प्रयोग गर्न उपयुक्त मानिन्छ । विश्वमा उत्कृष्ट चियाहरूमध्ये क्यामोमाइल पनि पर्छ । हालै मात्र यसलाई चियाको रूपमा प्रयोग गरिएको भने होइन । युरोपतिर ५०० वर्ष पहिलादेखि नै औषधिको रूपमा लिने गरेको पाइन्छ ।

डंगोल थप्छन्, ‘हामीले पनि पूजामा मात्र प्रयोग गर्ने गथ्र्यौं, अध्ययनको कमीले गर्दा, तर अन्य देशमा प्रयोग गरिरहेको देखेपछि किन हामीले नगर्ने त भनेर यसको शुरुवात गरिएको हो ।’

क्यामोमाइलको चिया नियमित सेवन गरेमा राति निन्द्रा नलाग्ने, दिनभरको कामको चापले सुत्न अप्ठ्यारो हुने र तनाव कम गर्न यसले सहयोग गर्छ ।

महिलाहरूको महिनावारी शुरु हुने समयमा हुने मुड स्विङ (चिडचिडापन)लाई पनि यसले नियन्त्रण गर्छ । महिनावारी हुँदा पेट, कम्मर दुख्ने समस्या भएकाहरूले सेवन गरेमा दुखाइ कम हुने वनस्पतिविज्ञ डंगोलको भनाइ छ । यस्तै, कोलेस्टेरोल, थाइराइड, सुगर, मुटु रोगका बिरामीका लागि पनि यो लाभदायक रहेको चिकित्सकहरूको भनाइ छ । क्यान्सरका बिरामीले चियाका रूपमा प्रयोग गर्दा शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।

कसले प्रयोग नगर्ने

यो फूललाई औषधिको रूपमा प्रयोग गर्न सकिने भए पनि सबैले प्रयोग गर्न भने मिल्दैन । यसले असर पनि गर्न सक्छ ।

गर्भवतीलाई भने यसको चिया सेवन नगर्न डंगोल सुझाउँछन् । चियाले भित्री अंगहरू सफा गर्ने भएकाले बच्चा खस्न सक्ने सम्भावना रहन्छ । त्यसैले गर्भवतीले यसको चिया पिउन उपयुक्त मानिँदैन ।

रगत बाक्लो भएर पातलो बनाउने औषधि खाइरहेका व्यक्तिले पनि यो प्रयोग गर्न हुँदैन । किनभने चियामा पाइने औषधीय गुण र औषधिको रासायनिक तत्त्व आपसमा रियाक्सन हुने भएकाले यसले असर गर्छ ।

बाँझो जमिनको सदुपयोग

खोकनामा धान काटेपछि धेरैजसो जमिन बाँझो रहन्थ्यो । मल, बीउ, काम गर्नेलाई ज्याला दिँदा आम्दानीभन्दा लगानी बढी हुने भएकाले यहाँको केही जमिन बाँझो नै रहन्थ्यो ।

अध्ययनअनुसार खोकनाको हावापानी क्यामोमाइल खेतीका लागि उपयुक्त देखियो । त्यसैले जमिन बाँझो राख्नुभन्दा क्यामोमाइल लगाउन शुरु गरिएको हो ।
गत वर्ष ४०–५० जना कृषकले क्यामोमाइल लगाएका थिए । यस वर्ष कृषक संख्या बढ्ने डंगोलको अनुमान छ । यहाँका कृषकले १० देखि एक हजार बोटसम्म हुर्काएका छन् ।

विदेश निर्यात गर्न सकिने

अन्तर्राष्ट्रिय बजारमा क्यामोमाइलको चिया र तेलकोे धेरै महत्त्व छ । र, खपत पनि प्रशस्त हुन्छ । नेपालमा यसको बजार विस्तारै बढ्दै छ । पहिलो वर्ष चिया चखाउँदै चियाबारे जानकारी दिँदैमा ठिक्क भएको डंगोल बताउँछन् ।

दोस्रो वर्षमा केही मात्रामा र तेस्रो वर्षमा चियाले राम्रै बजार पायो । अहिले चियाले ब्रान्ड पाएको छैन । विदेशबाट माग आउन थाले पनि अझै इजाजत पत्र नपाउँदा विदेश निर्यात गर्न समस्या पर्दै आएको डंगोलले बताए ।

अहिले खोकनाको उत्पादन मात्र भनेर मात्र बिक्री गरिरहेको छ । वसन्तपुरको एभरेस्ट टी सप, रैथाने एग्रो प्रोडक्ट्स, हिमालयन टी कर्नरलगायतबाट यो चिया लिन सकिन्छ ।

टी प्याकेटमा २५ वटा प्याकेट राखिएको छ । यसको मूल्य एक सय राखिएको छ । सरकारले स्वदेशमै खपत हुन सक्ने र विदेशमा समेत निर्यात गर्न सकिने यस्ता सम्भावना भएको कुरालाई प्राथमिकतामा राखेर बढावा दिने, इजाजत लिन सहज गराइदिँदा कृषक यस व्यवसायप्रति आकर्षित हुने किसानको भनाइ छ ।

यसले देशको पहिचान मात्र होइन, आर्थिक आम्दानीमा पनि टेवा पुग्ने डंगोल बताउँछन् ।

क्यामोमाइल खेती कसरी गर्ने ?

क्यामोमाइल न्यानो र चिसो दुवै मन पराउने वनस्पति हो । यो गर्मी मौसममा बढी फस्टाउँछ भने माइनस २५ डिग्रीसम्मको चिसो पनि खप्न सकिन्छ । असोज महिना क्यामोइलको बेर्ना राख्ने सिजन हो । यसलाई दुई थरीबाट लगाउन सकिन्छ । एक सीधै छर्ने र अर्काे बेर्ना राखेर ।

बेर्ना राख्दा एउटै बोटमा धेरै फूल फूल्छ जसका कारण चियाको लागि टिप्नलाई धेरै राम्रो हुन्छ भने एकैचोटी छर्दा एमकुष्ट उम्रिने भएकाले र तेल निकाल्न सजिलो हुन्छ ।

चियाको लागि बेर्ना नै राम्रो हुने डंगोलको भनाइ छ । धान भित्र्याएपछि गहुँ, जौ या आलु बाली लगाउने गरिन्छ । यी दुई बाली लगाउन नचाहने किसानले भने क्यामोइल लगाउन सक्छन् ।

यो माघ अन्तिमदेखि फूल्न थाल्छ । फूल फुलेर फक्रेपछि वैशाखमा टिप्न सकिन्छ । टिपेपछि शीतल छहारीमा सुकाउनु पर्छ ।

यसको औषधीय गुणहरू जान सक्ने सम्भावना भएकाले राम्रो ठाउँमा सुकाउनु पर्छ । राम्रोसँग सुक्यो भने जति समयसम्म पनि राख्न सकिन्छ । यदि सुकेन भने विशेषगरेर असार, साउनको झरी परेको बेला किरा पर्न सक्छ । त्यसैले राम्रोसँग सुकाएर भण्डारण गर्नुपर्छ । सुकेपछि फूललाई माडेर टि व्याकमा प्याकिङ गरेर बजार लान सकिन्छ ।

शिकाली जडीबुटी उत्पादन तथा प्रशोधन समूहले क्यामोमाइल उत्पादनलाई प्राथमिकतामा राख्दै बेसार, अदुवा, कुरिलो, पाखनबेद, सुगन्धवासलगायतका अन्य जडीबुटी पनि उत्पादन गरिरहेको छ ।

  • किसान
  • शीतल
शुक्रबार, असोज १४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रदेशको राजनीतिले फेरि बामपन्थीलाई एकै थलोमा उभ्याउँदै ! सिद्धान्तको एकता कि सत्ताको बाध्यता ?
झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !
झटारो : सरकार, तिमी हरायौ कि जनता हराए ?
घर फर्किएका चार सपना : एउटा पत्र, एउटा यात्रा र पुनर्मिलनको क्षण
झटारो : मने कमरेटको कन्तबिजोग !
झटारो : सरकारी थर्काइबाट थकित, हैरान धनिराम !

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.