काठमाडाैं : सरकारले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
Advertisement
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले शुक्रबार मध्यरातदेखि संसदको ११ औँ अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
आज बसेको मन्त्रिपरिषदको बैठकले संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्यायन मन्त्री जीवनराम श्रेष्ठले जानकारी दिए।