काठमाडौं- सरकारले प्रदेश–१ का प्रमुख सचिव विनोदप्रकाश सिंहलाई गृह मन्त्रालयको सचिव बनाएको छ।
Advertisement
गृह सचिव टेकनारायण पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको छ।
यस्तै, अख्तियारका सचिव तोयम रायलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ। अख्तियारमा प्रधानमन्त्री कार्यालयका सचिव रामप्रसाद घिमिरेलाई पठाइने भएको छ। वाणिज्य मन्त्रालयका सचिव गणेश पाण्डेलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतमा रहेको सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक प्रेम भट्टराईको पनि सरुवा भएको छ। भट्टराईको स्थानमा सहसचिव तारानाथ अधिकारीलाई पठाउने तयारी छ।