• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

उत्तरी अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

कङ्गोको विद्यालयमा आगलागी, मृतकको सङ्ख्या २६ पुग्यो : युनिसेफ

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता

पाकिस्तानको कराचीमा विद्यालयको पर्खाल भत्किदा पाँच जनाको मृत्यु

फिलिपिन्समा फेरीमा भीषण आगलागीः मृतकको सङ्ख्या ३५ पुग्यो, ५४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

मिटरब्याजको नाममा ठगी : ३ लाखको ब्याज नै ३० लाख, न्याय माग्दा मौन सरकार


मङ्गलबार, असार १४, २०७९ मा प्रकाशित

काठमाडौं- असार महिना। कहिले पानी, कहिले घाम। बर्खायामको मौसममा प्रायः नेपालका सबै भूभागमा यस्तै मौसम चलिरहेको छ। काठमाडौं उपत्यकामा पनि क्षणभरमै पानी पर्छ, क्षणभरमै घाम लाग्छ। यही मौसमीबीच छन्, माइतीघर मण्डलामा १३ दिनदेखि धर्नामा नवलपुरका किसानहरू।

Advertisement

माइतीघर मण्डलामा करिब १९ जना निरन्तर १३ दिनदेखि चर्को मिटरब्याज असुली गर्ने साहुविरुद्ध आन्दोलनमा छन्। सोही भीडमा छन्, सुस्ता गाउँपालिकाका २६ वर्षीय औदेश पुष्पाहा। उनका बुवाले उनी भारतको बैंगलोरमा बीबीए पढ्न जाँदा ०७४–७५ सालमा तीन लाख रुपैयाँ ऋण लिएका थिए। तर, औदेशलाई बुवाले ऋण लिएकोबारे थाहा थिएन। तीन लाख ऋण लिइएको भए पनि उनको तमसुक ६ लाखको बनाइयो। उनका बुवाले पटक-पटक गरी ६ लाखभन्दा बढी रकम भुक्तानी गरिसक्दा पनि साहुले रकम नतिरेको निहुँमा बारम्बार मानसिक तथा शारीरिक पीडा दिइरहन्छन्। भन्छन्, ‘अशिक्षा र गरिबीको फाइदा साहुहरूले लिइरहेका छन्। राज्यले पनि हामीलाई अनदेखा गरिरहेको छ। स्थानीय सरकार साहुहरूकै पक्षमा वकालत गरिरहेको हुन्छ, कहाँबाट हाम्रो कुुरा सुनोस्? त्यसैले सबैजना भएर सरकारको ध्यानाकर्षण गराउन काठमाडौं आयौं।’

यस्तै, सुस्ता गाउँपालिका– ५ नवलपरासीका रामशुभक मुसहरले छोरालाई वैदेशिक रोजगारीमा पठाउन ०७१ सालमा एक लाख ३० हजार रुपैयाँ ऋण लिएका थिए। उनले श्रीमतीको नाममा रहेको जग्गा धितोमा राखेर पाँच प्रतिशत ब्याज बुझाउने गरी जगदिश बानियाँसँग ऋण लिएका थिए।

ऋण लिएर रामशुभकले छोरालाई मलेसिया पठाए तर विदेशमा राम्रो कमाइ हुन सकेन। उनका छोरा केही महिनामै घर फर्किए। अब ऋण तिर्न जग्गा बेच्नुबाहेक विकल्प रहेन। रामशुभकले जग्गा बेचेर चार लाख रुपैयाँ बुझाए। तर, धितो राखेको जग्गाको कागजात फिर्ता पाएनन्। साहु बानियाँले ऋण चुक्ता नभएको भन्दै बारम्बार रकम बुझाउन धम्की दिइरहे।

त्यही धर्नामा छन्, हृदयेश कुर्मी। ‘०६६ सालमा जगदिश बानियाँसँग एक लाख रुपैयाँ ऋण लिएर कतार गएको थिएँ। राम्रो काम नभएको कारण म लगत्तै फर्किएँ,’ उनले भने, ‘त्यो ऋण बाँकी नै थियो। भाइको बिहे गर्न सुनिल बानियाँसँग दुई लाख रुपैयाँ ऋण लिएँ।’ त्यो दुवै ऋण तिर्न उनले ११ कट्ठा जमिन पनि बेचे। उनका अनुसार तीन लाखको साँवा ब्याज गरेर पाँच वर्षको अवधिमा २० लाख ३५ हजार ५०० रुपैयाँ तिरिसके। ०७१ सालमा उनीहरूले तिम्रो ऋण चुक्ता भयो पनि भनेका थिए।

तर ०७५ सालदेखि पुनः रकम माग्न थाले। कुर्मी भन्छन्, ‘२० लाख ३८ हजार ५०० रुपैयाँ बुझाइसकेको छु। अझै पनि नौ लाख मागिरहेका छन्।’ यसबारे उजुरी गर्न प्रहरी कार्यालय, जिल्ला अदालत धाउँदा पनि न्याय नपाएको उनको गुनासो छ।

सुनिल, जगदिश, सुजित र सुरेश बानियाँबाट गाउँलेहरूले ऋण लिने गर्छन्। बानियाँहरू दाजुभाइ हुन्। उनीहरू वैदेशिक रोजगारमा जाँदा वा स्वास्थ्यमा समस्या देखिँदा बानियाँ दाजुभाइसँग ऋण लिने गर्छन्। ऋण लिँदा गाउँलेहरूले उनीहरूकहाँ जग्गाको लालपूर्जा धितो राख्छन् र चर्को ब्याज बुझाउँछन्।

सुस्ताकी किशोरी चमारले पनि छोरा विदेश पठाउँदा करिब एक लाख रुपैयाँ ऋण लिएकी थिएन्। उनले ऋण भनेर लिएको रकमसहित चार लाख रुपैयाँभन्दा बढी भुक्तानी गरिसक्दा पनि उनको लालपूर्जा हातमा आउने छाँटकाँट नै देखिएन। र, उनी पनि आइन्, अन्य किसानसँगै काठमाडौंमा आफ्नो हक, अधिकार माग्न।

यसैगरी, ६४ वर्षीय प्रेमचन्द्र चमारले ०६४ सालमा जगदिशसँग एक लाख २७ हजार रुपैयाँ ऋण लिए। तर, उनको कागज बनाइयो चार लाखको। चार लाख बनाइएको कागजभन्दा बढी सात लाख रुपैयाँ तिरिसक्दा पनि साहुले लालपूर्जा फिर्ता दिने कुनै लक्षण नै देखाउँदैनन्। उनले छोरालाई विदेश पठाउन भनेर उक्त ऋण लिएका थिए। ऋण लिएको दुई वर्षमा ऋण तिरिसक्दा पनि न उनको लालपूर्जा हातमा छ, न त जग्गा नै। उनी भूमिहीन भएर बस्नु परेको छ।

बानियाँ परिवारका चार दाजुभाइबाट नवलपरासीका धेरै किसान ठगिएको उनीहरू बताउँछन्। स्थानीय सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि न्याय नपाएको भन्दै उनीहरू केन्द्र सरकारको ध्यानाकर्षण गराउन काठमाडौं आएका हुन्।

सुस्ता–२ बस्ने रामसुधर गुप्तासहित १० जनाले सोमबार गृह मन्त्रालयमा पुगी गृहमन्त्री बालकृष्ण खाँणलाई आफ्ना मागहरू राखेका छन्। ‘गृहमन्त्रीले जिल्लामा गएर बस्न भन्नुभएको छ,’ गुप्ता भन्छन्, ‘उहाँ (गृहमन्त्री)ले मन्त्रालयबाट स्थानीय सरकारलाई दबाब बनाउने आश्वासन दिनुभएको छ। उहाँले त्यहाँका एसपी, डीएसपीसँग पनि कुरा गरेर समस्याबारे बुझ्ने र समाधान पहिल्याउने बताउनुभएको छ।’ सुस्ता, प्रतापपुर र अन्य गाउँपालिकासहित पाँच हजारभन्दा बढी मानिसहरू मिटरब्याजबाट पीडित रहेको गुप्ताले जानकारी दिए।

मिटरब्याजीबाट पीडितहरूले माइतीघरमण्डलामा बसेको १३ दिन बितिसकेको छ। उनीहरू काठमाडौं आएको १७ दिन भइसकेको छ। दिनभरि माइतीघरमा धर्ना दिएर उनीहरू रात कटाउन गौशाला पुग्छन्। गौशलामा पाल टाँगेर रात गुजारिरहेका छन्। उनीहरूले गाउँबाट ल्याएको खानेकुुरा खान्छन्।

यस्ता छन् उनीहरूका माग

(१) नवलपुरको सुस्ता र प्रतापपुर गाउँपालिकाबाट मिटरब्याज पीडित किसानलाई न्याय प्रदान गर्न मिटर ब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समिति र गृह प्रशासनको संयुक्त संलग्नतामा सम्पूर्ण पीडितहरूको विवरण संकलन गर्न छानविन समिति गठन गर्नुपर्ने

(२) पीडित किसानको जमिनको मालपोत दृष्टि बन्धक खोली अनधिकृत तमसुक च्यात्नुपर्ने

(३) जगदिश, सुनिल, सुजित र सुरेश बानियाँलगायत परिवारको सीआईबीद्वारा सम्पत्ति जाँच गर्नुपर्ने

(४) भूमिहिन बनाइएका किसानको जमिन फिर्ता गरी कानूनले तोकेबमोजिमको ब्याजबाहेक सबै रकम क्षतिपूर्तिसहित सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नुपर्ने

(५) मिटर ब्याजी साहुको निरन्तरको मानसिक प्रताडनाका कारण भएको किसानको मृत्युको छानविन गर्नुपर्ने

(६) नेपाल सरकारले अवलम्बन गर्दै आएको आर्थिक नीति किसानमैत्री हुनुपर्ने

  • कारवाही माग
  • किसान
  • धर्ना
  • नवलपुर
  • बानियाँ दाजुभाइ
  • मिटरब्याजी
मङ्गलबार, असार १४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य
झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !
हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !

भर्खरै

  • १.
    सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

  • २.
    डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३.
    उत्तरी अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते

  • ४.
    नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

  • ५.
    झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ६.
    कङ्गोको विद्यालयमा आगलागी, मृतकको सङ्ख्या २६ पुग्यो : युनिसेफ

  • ७.
    ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता

  • ८.
    पाकिस्तानको कराचीमा विद्यालयको पर्खाल भत्किदा पाँच जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.