• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

हिमाली पोखरीमा स्‍नान, पाथीभरा दर्शन र तमोरमा र्‍याफ्टिङ


बिहिबार, बैशाख २९, २०७९ मा प्रकाशित

पाथीभरा दर्शन, लिम्बू संस्कृति र सभ्यताको केन्द्र, तमोरमा र्‍याफ्टिङ, हिमाली भेगका पोखरीमा स्‍नान, जीएचटीको प्रस्थान विन्दु, प्रशस्त हाइकिङ र ट्रेकिङ रुटहरू ताप्लेजुङको पर्यटनका भविष्‍य हुन्।

Advertisement

 

पाथीभरा देवीको दर्शन, तमोरमा र्‍याफ्टिङ, तीनजुरे-मिल्के-जलजले क्षेत्र र कञ्‍चनजंघा आधार शिविरसम्म हाइकिङ र ट्रेकिङ, उच्च हिमाली भेगका पोखरीहरूसम्म पुगेर चिसो पानीमा डुबुल्की लगाउनुको आनन्द शब्दमा व्यक्त गर्न सकिँदैन। यी सबै आनन्द प्राप्त गर्न एकपटक प्रदेश-१ को हिमाली जिल्ला ताप्लेजुङ पुग्‍नैपर्छ।

ताप्लेजुङको विशेषता यतिमै सीमित कहाँ छ र ! लिम्बू संस्कृतिको केन्द्र पनि हो ताप्लेजुङ। यो जिल्लाको नाम नै लिम्बू भाषाबाट रहेको हो। ताप्ले नामका राजा र उनको किल्लाको रूपमा जिल्लाको नामकरण भएको मानिन्छ। जुङको अर्थ लिम्बू भाषामा किल्ला हो। ताप्ले राजाको किल्ला अर्थात् ताप्लेजुङ। विश्‍वको तेस्रो अग्लो शिखर कञ्‍चनजंघा (८,५८६ मिटर)लाई आफ्नो शीरमा राखेको छ, ताप्लेजुङले।

कञ्‍चनजंघा हिमशृंखलामा विश्‍वका सबैभन्दा धेरै सात हजार मिटरभन्दा अग्ला हिमालहरू छन्। तिनमा काम्बाचेन ७९०२ मिटर, जानु ७७१० मिटर, जोसाङ ७४८४ मिटर, टेन्ट पिक ७३६५ मिटर, कावु ७३५३ मिटर, यालुङ ७३४२ मिटर, किरातचुलि ७२१५ मिटर, प्यारामिड पिक ७१२३ मिटर, जनक (कुम्भकर्ण) ७०९० मिटर, टुविन्स ७००४ मिटर, कञ्‍चनजंघा पश्‍चिम ८५०५ मिटर र कञ्‍चनजंघा दक्षिण ८४७६ मिटर छन्। (स्रोत- जिल्ला समन्वय समितिको वेबसाइट)। कञ्‍चनजंघाको उत्तरी मोहडा पुग्‍न फुङलिङ-सिवा-सिरुवा-लेलेप-घुन्सा-खाम्वाचेन हुँद ११ दिनको पैदल यात्रामा आधार शिविर पुगिन्छ। दक्षिणी मोहडा पुग्‍न सुकेटार-लालीखर्क-खेसेवा-मामांखे-याम्फुदिन-चेराम हुँदै नौ दिनमा आधार शिविरसम्म पैदल यात्रा गर्न सकिन्छ।

हाइकिङ काठमाडौं : प्रकृतिसँग साक्षात्कार

कञ्‍चनजंघा हिमालको काखमा अवस्थित छ, कञ्‍चनजंघा संरक्षण क्षेत्र। यो संरक्षण क्षेत्रमा थरिथरिका हिमाली वनस्पति र जडिबुटीको केन्द्र पनि हो। हिउँ चितुवा, एसियाली कालो भालु, रेड पाण्डा, कस्तुरी मृग, डाँफे, मुनाललगायत दुर्लभ हिमाली वन्यजन्तु र चराचुरुंगीको बासस्थान हो, यो संरक्षण क्षेत्र।

झापा बिर्तामोडबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ पुग्‍न मेची राजमार्ग लमतन्‍न तन्केको छ, उत्तर-दक्षिण। ठाउँ-ठाउँमा यो राजमार्गको नागबेली सडक चित्ताकर्षक लाग्छ। मेची राजमार्गको २३४.११ किलोमिटर पार गरेपछि ताप्लेजुङ सदरमुकाम फुङलिङ पुग्‍न सकिन्छ। अहिले तमोर करिडोर निर्माणाधीन छ, जुन सुनसरीको चतराबाट शुरु हुन्छ। चतरादेखि ओलाङचुङगोला २३० र त्यहाँबाट तिब्बत सीमाको टिप्ताला नाका २४ किलोमिटर पर्छन्। अर्थात, तमोर कोरिडोरबाट २५४ किलोमिटरको सडकमार्गबाट सीधै टिप्ताला नाका पुग्‍न सकिन्छ।

तमोर करिडोरबाट ओलाङचुङगोला हुँदै टिप्ताला भञ्‍ज्याङ पुग्‍न सकिन्छ। किमाथांकाबाट जोगवनी, रसुवागढीबाट वीरगञ्‍ज, तातोपानीबाट वीरगञ्‍ज, मुस्ताङको कोरलाबाट भैरहवा र हुम्लाको लिमीबाट नेपालगञ्‍जको दूरी धेरै पर्छ। ती सबैभन्दा छोटो दूरीमा छ, टिप्ताला भञ्‍ज्याङ।

ताप्लेजुङको मुख्य आधार भनेकै पर्यटन हो। र, त्यसका लागि लिम्बू जातिको जीवनशैली र संस्कृतिसहित यहाँ पाइने ५८ प्रजातिका वन्यजन्तु, २५३ किसिमका चराचुरुंगी, विभिन्‍न प्रकारका सरिसृप, उभयचरहरू, पुतली, ११ किसिमका सल्ला, १२७३ प्रजातिका फूल फुल्ने बिरुवा, २४ किसिमका गुराँस, ६९ प्रजातिका सुनगाभा, कञ्‍चनजंघा हिम शृंखला, मुख्य आधार हुन्। कावेली, मेवा र मैवाखोलामा पाइने तिते माछाको स्वाद ताप्लेजुङ र पाँचथरका बासिन्दाले नै बढी लिएका छन्।

हाइकिङ काठमाडौं : प्रकृतिसँग साक्षात्कार

अझै पनि ताप्लेजुङमा परम्परागत हाट बजार लाग्छन्। तीमध्ये कतिपयमा अझै पनि वस्तु विनिमय (बार्टर) प्रणाली कायमै छ। साप्ताहिक, पाक्षिक, मासिक र वार्षिक हाट बजारको प्रचलन ताप्लेजुङमा जीवित छ।

त्यसैले ताप्लेजुङ पुगेर केही दिन बिताउन चाहने आन्तरिक-बाह्य पर्यटकले पछुताउनु पर्दैन, खुशी नै खुशी संगालेर फर्किन पाउँछन्। ताप्लेजुङको समृद्धिको आधार भनेको पर्यटन नै हो।

ताप्लेजुङ जलस्रोतमा पनि धनी छ। ठूल-ठूला जलविद्यूत आयोजना निर्माण अगाडि बढेको छ। कावेली, मेवा खोला, तमोर, घुन्सा खोलालगायत स्थानमा जलविद्युत निर्माणले गति लिएको छ। त्यसभन्दा पनि मानिसको दैनिक जीवनसँग जोडिने भनेको पर्यटन नै हो। पर्यटनका कारण होटेल चल्छन्। स्थानीय खाद्यान्‍न बजारमा आउँछन्। पर्यटनले खसी, बोका, कुखुराको मासुको खपत बढाउँछ। अहिले ताप्लेजुङको मुख्य गन्तव्य पाथीभरा हो। पाथीभरा दर्शनका लागि हिन्दू, बौद्ध र किराँत धर्मावलम्बी आउने गर्छन्। र, भारतबाट पनि तीर्थालु पाथीभरा आउन थालेका छन्। खासगरी, भारतका सिक्किम, दार्जिलिङ, पश्‍चिम बंगालबाट आउने धार्मिक पर्यटकको संख्या दिनानुदिन बढ्दो छ।

केही दिनअघि मात्र पाथीभरामा दैनिक कति पर्यटक पुग्छन् भनेर रेकर्ड राखिएको थियो। एकै दिन १५ हजारभन्दा बढी पर्यटक पाथीभरा पुगेका थिए। उपयुक्त मौसममा त्यसभन्दा बढी मानिस आउँछन्, पाथीभरामा। यो नेपालकै प्रसिद्ध धार्मिक पर्यटकीय स्थल हो। किराँत धर्मावलम्बीहरूले पाथीभरालाई मुकुलुम्मा देवीका रूपमा पाथीभराको पूजा गर्छन्। अब पाथीभरा मन्दिरसम्म केबलकार बनाउने योजना अगाडि बढेको छ। र, एउटा निजी कम्पनीले त्यसको जिम्मा लिएको छ।

केबलकार निर्माण हुन सक्यो भने हरेक वर्ष करिब १० लाख मानिस पाथीभरा दर्शनमा आउने अनुमान छ। अहिले बर्सेनि करिब पाँच लाख मानिस आइरहेका छन्। पाथीभराको धार्मिक-सांस्कृतिक पर्यटन चम्किँदा ताप्लेजुङ मात्र होइन, पाँचथर, विराटनगर, इटहरी, काँकडभिट्टा, बिर्तामोडसम्मका होटेल चल्छन्। ट्राभल एजेन्सीको व्यापार राम्रो हुन्छ।

मैले ताप्लेजुङका पर्यटन व्यवसायीलाई भन्‍ने गरेको छु, पाथीभरा जाने एक रात बिताउने र पूजा गर्ने फर्किने मात्र होइन, कम्तिमा तीन दिन घुम्ने प्याकेज बनाउनोस्। ताप्लेजुङ पुगेका पर्यटकले तीन दिन जिल्लामै बिताउन्। पाथीभरा दर्शनपछि फुङफुङे झरना पुगुन्। त्यसपछि तिनजुरे-मिल्के-जलजले क्षेत्र हुँदै निस्किउन्। ताप्लेजुङमा दुई रात मात्र बिताउने पर्यटकले कम्तिमा तीन हजार रुपैयाँ खर्च गर्लान्। त्यसबाट स्थानीय बासिन्दाले रोजगारी पाउँछन्। त्यसबाट जिल्लाको समृद्धिको मुहान फुटाउने छ।

ताप्लेजुङदेखि र संखुवासभाको सीमाक्षेत्रसम्म ३३ भन्दा बढी ठूला पोखरी छन्। तीमध्ये सभापोखरी, तिम्बुङ पोखरी, गुफापोखरी, लामपोखरी, पाँचपोखरीको चर्चा बढी छ। त्यस क्षेत्रका हिमाली भेगमा दुई सयभन्दा बढी हिमताल छन्। ती पोखरी र हिमताल पनि पर्यटन प्रबर्द्धनका मुख्य आधार बन्‍न सक्छन्। पाँचथरको फलैंचामा पर्ने तिम्बुङ पोखरी अहिले ताप्लेजुङ र पाँचथरका बासिन्दामाझ मात्र परिचित छ। यो ताप्लेजुङको कालीखोलाबाट नजिक पर्छ। ताप्लेजुङ आउने पर्यटकलाई तिम्बुङ पोखरीसम्म पुर्‍याउन सके पर्यटन प्रबर्द्धनको आधार तयार हुनेछ।

हाइकिङ काठमाडौं : प्रकृतिसँग साक्षात्कार

पाथीभरा हुँदै कञ्‍चनजंघा आधार शिविरसम्मको ट्रेकिङका लागि पनि ४-५ दिनको प्याकेज बनाउन सकिन्छ। पाथीभरा, तिम्बुङ पोखरी, पापुङभन्दा माथि पोखरीहरूलाई समेटेर ४-५ दिनको ट्रेकिङ गर्न सकिन्छ।

यी त भए ट्रेकिङका कुरा। ताप्लेजुङबाटै शुरु हुने तमोर नदीको र्‍याफ्टिङ पनि साहसिक पर्यटकलाई आकर्षित गर्न सकिने अर्को पर्यटकीय प्रोडक्ट हो। ताप्लेजुङको दोभानबाट शुरु हुने र्‍याफ्टिङ सुनसरीको चतरामा पुगेर टुंगिन्छ। नेपालकै आकर्षक र्‍याफ्टिङ मानिन्छ, यसलाई।

तमोर नदीमा जलाशययुक्त जलविद्युत आयोजनाको काम पनि अगाडि बढ्दै छ। त्यो आयोजना पूरा भएपछि दुई सय मिटर उचाइमा ३८ किलोमिटरको ड्याम बन्छ। ताप्लेजुङ, पाँचथर, तेह्रथुम र धनकुटालाई छुन्छ, यस जलाशयले। ताप्लेजुङ-पाँचथर सीमाको कावेलीभन्दा तल धनकुटाभन्दा माथि बन्छ यो जलाशय। त्यस जलाशयमा पानीजहाज चलाउन सकिने सम्भावना पनि हुन्छ। माछा पालनदेखि बहुउद्देश्यीय पर्यटकीय गन्तव्य बन्‍नेछ त्यो जलाशय। यो जलाशय निर्माण भएपछि ताप्लेजुङ, पाँचथर, तेह्रथुम र धनकुटाका लागि पर्यटकीय प्याकेज बनाउन सकिने छ।

त्यति मात्र होइन, ग्रेट हिमालन ट्रेल (जीएचटी)को शुरुवाती विन्दु पनि हो, ताप्लेजुङ। साहसिक पर्यटन अर्थात जीएचटी। पूर्वदेखि पश्‍चिमसम्म लमतन्‍न फैलिएका हिमालको फेदै फेद १२० दिनको पदयात्राबाट कञ्‍चनजंघादेखि दार्चुलासम्म पुगिन्छ। १ माघ ०६८ देखि ८ वैशाख ०६९ सम्म लगाएर आप्पा शेर्पा, दावा स्टेभेन शेर्पा, समिरजंग थापा र सौरभ ढकालले जीएचटीको यात्रा गरेको मलाई सम्झना छ। उहाँहरूलाई मैले डोल्पामा भेटेको थिएँ। त्यतिबेला ताप्लेजुङबाट ७२ दिनमा उहाँहरू डोल्पा पुग्‍नुभएको थियो। र, करिब एक हजार १५५ किलोमिटर पैदल यात्रा गर्नुभएको थियो।

यी विविध सम्भावनाबीच ताप्लेजुङको पर्यटनको भविष्‍य उज्ज्वल छ। त्यसैले हो, म जहाँ पुग्छु, त्यहाँका तस्बिर खिचेर सामाजिक सञ्‍जालमा पोस्ट गर्छु। ता कि, घुमफिर संस्कृतिलाई अलिकति भए पनि योगदान दिन सकुँ। १ जेठदेखि सरकारले निजामति कर्मचारीलाई दुई दिन विदा दिँदैछ। ती दुई दिनमा एकपटक भए पनि ताप्लेजुङ पुगेर आन्तरिक पर्यटनमा रमाउन म आग्रह गर्छु।

(घुमफिरका सौखिन एमाले केन्द्रीय सचिव तथा पूर्वपर्यटनमन्त्री भट्टराईसँग कुराकानीमा आधारित।)

बिहिबार, बैशाख २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.