• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

बेलबासले तानिरहन्छ बाबुरामलाई !


बुधबार, बैशाख २८, २०७९ मा प्रकाशित

डा. बाबुराम भट्टराईलाई पूर्वमाओवादी नेता, पूर्वप्रधानमन्त्री र अहिले जसपाको संघीय परिषद अध्यक्षका रूपमा मात्र दिइने परिचय पक्कै पनि पर्याप्त हुँदैन। अर्थात्, डा. भट्टराईको परिचयलाई राजनीतिक सफलता या विफलताले निर्धारण गर्दैनन्।

Advertisement

उनी ०२६ सालका एसएलसी बोर्ड फर्स्ट हुन्। र, ‘द नेचर अफ अन्डर डेभलपमेन्ट एन्ड रिजनल स्ट्रक्चर अफ नेपाल’ विषयमा विद्यावारिधि गरेका छन्। राजनीतिमा नलाग्दा हुन् र स्वदेशमै रहँदा हुन् त उनी देशका शहरी क्षेत्रको डिजाइनमा व्यस्त रहन्थे होला, यतिबेला। र, उनको डिजाइन गाउँ-गाउँमा शहरी सुविधा पुर्‍याउनमा केन्द्रित हुन्थ्यो पक्कै पनि। पढाइ सकेपछि रामेछापको मन्थली, दाङको लमहीलगायत शहरको डिजाइन पनि नगरेका होइनन्, उनले।

प्रख्यात न्युरो सर्जन स्वर्गीय डा. उपेन्द्र देवकोटा उनका सहपाठी थिए। कतिपय शिक्षाविदले डा. भट्टराई र डा. देवकोटाको पढाइमा लगनशीलताको उदाहरण दिन्छन्, अझै पनि। किनकि, उनीहरूका लागि पढाइ बाध्यता होइन, जीवनको लक्ष्य थियो। गाउँमै बसेर पनि काठमाडौंलाई चुनौति दिँदै एसएलसी बोर्ड फर्स्ट हुनु पक्कै पनि असाधारण कुरा थियो, त्यतिबेला। किनकि, त्यतिबेलाका देशका शहर नै गाउँजस्ता थिए, गाउँ त झनै पिछडिएका।

डा. भट्टराई र डा. देवकोटा दुवैमा गाउँप्रति असाध्यै गहिरो प्रेम देखिन्छ। डा. देवकोटाले त निधन हुनुअघि हाल पालुङटार नगरपालिकामा पर्ने सिस्नेपानीको जरुवाको पानी पिउँदै रोगलाई जित्ने प्रयास गरेका थिए।

गोर्खाको बेलबासबाट दुई घण्टा टाढाको लुइँटेल स्कुलबाट एसएलसी उत्तीर्ण भएका थिए, डा. भट्टराई। र, सोही विद्यालयबाट एसएलसीको बोर्ड टपर पनि बने। डा. देवकोटाले पनि सोही विद्यालयबाट डा. भट्टराईसँगै एसएलसी उत्तीर्ण गरेका थिए।

डा. भट्टराई जब बेलबास गाउँ पुग्छन्, आफू खेली हुर्केको माटोप्रति असीम माया र श्रद्धा झल्किन्छ, उनका सामाजिक सञ्जालमा पोस्ट हुने सामग्रीमा। जन्मे-हुर्केको गाउँको माया उसैमा ज्यादा हुन्छ, जसले जीवनको एउटा उर्बर कालखण्ड पुर्ख्यौली थलोमा बिताएको हुन्छ। डा. भट्टराईको त्यही माया अहिले छचल्किरहेका छन्, फेसबुक र ट्‍विटरका पोस्टहरूमा।

पालिका चुनावमा उम्मेदवारको बहस चुलिँदै गर्दा डा. भट्टराईले मेयर बनेर नगर हाँक्ने रहर मनको अन्तरकुन्तरमा रहेको बताएर त्यस पदको गरिमा प्रष्ट्याइदिएका थिए। उनी मेयरको उम्मेदवार त बनेनन्, तर चुनाव प्रचारका दौरान गृहनगर पालुङटारलाई समय दिए। बालसखाहरू भेटे, छोरी र नातिसँग गाउँका चौतारा र रुख, बुट्यानका छहारीमा सुस्ताए। पालिकाहरू मार्फत गाउँ-बस्तीले खोजिरहेको यस्तै प्रेम हो।

६८ वर्षको उमेरमा डा. भट्टराईको गाउँप्रतिको प्रेमको रहस्य के हो त ? उनकै शब्दमा जस्ताको तस्तै :

एउटा गाउँको आफ्नै एउटा प्राकृतिक परिवेश हुन्छ, जुन अत्यन्त सरल, स्वच्छ वातावरण र स्वस्थ हावापानी हुन्छ। त्यसबाट चित्त प्रसन्न नहुने मान्छे नै हुँदैनन्। यो सैद्धान्तिक कुरा हुन सक्ला। व्यावहारिक रूपमा पनि आफू हुर्केको गाउँको अत्यन्तै धेरै माया लाग्ने। मैले देश-विदेश घुम्‍ने अवसर पाए पनि अझै पनि हाम्रो मुलुक गाउँप्रधान र कृषिप्रधान छ। त्यसलाई कसरी उन्नत बनाउन सकिएला भन्ने चिन्ता म राख्छु।

तेस्रो- म एउटा शहरी विकास र क्षेत्रीय विकास योजनाको विद्यार्थी पनि हुँ। मान्छेले शहरी विकास भन्नेबित्तिकै गाउँलाई मास्ने भन्ने अर्थमा बुझ्छन्। मैले पीएचडी थेसिसमा पनि लेखेको थिएँ, ‘हामीले ‘रुरलाइजेसन अफ सिटिज’ गर्‍यौँ, जब कि हुनुपर्ने हो ‘अर्बानाइजेसन अफ भिलेज।’ शहरीकरण भनेको सेवा सुविधा हो। आधुनिक सेवा सुविधा जस्तै- पिउने पानी, बाटो, स्वास्थ्य, शिक्षा आदिको सुविधा भएको ठाउँलाई शहर भनिएको हो। पुरानो युगमा स्वास्थ्य, शिक्षाजस्ता सुविधा खास सम्भ्रान्त वर्गले मात्र उपभोग गर्थे। उनीहरू बस्ने ठाउँ शहर हुन्थे।

तर, अहिलेको युगमा ती सेवा सुविधा त सबै ठाउँमा पुग्नुपर्छ। त्यसले गाउँको विवेकलाई कायम राखेर ती सेवा सुविधालाई गाउँमा पुर्‍याउनुपर्छ। बाटोघाटो, शिक्षा, स्वास्थ्य, रोजगारी गाउँमा पुर्‍याइदिएपछि गाउँको वातावरण पनि रहने र विकसित पनि हुने। त्यस्तो पो हुनुपर्छ भन्ने मेरो मान्यता हो। त्यही कारणले गर्दा म गाउँ घुमिराख्छु र गाउँ जाँदा अत्यन्त आनन्दित हुन्छु। अनि गाउँ घुमिरहँदा प्राप्त आनन्द सामाजिक सञ्जालमा पोस्ट गरिरहन्छु।

मेरो गाउँलाई खोप्लाङ भन्छन्। पालुङटार नगरपालिका-१ मा पर्छ यो। मेरो गाउँकै नामचाहीँ बेलबास हो। अहिले मेरो गाउँ मध्यपहाडी लोकमार्गमै पर्छ। नातिसँग सुस्ताउँदै गरेको मेरो गाउँको ज्योति चौतारो ०१५ सालमा राजा महेन्द्र केहीबेर बसेर आराम गरेर चिया पिएर गएको चौतारो हो। त्यतिबेला म भरखर ३-४ वर्षको थिएँ। बुवाले काँधमा बोकेर मलाई राजा महेन्द्रनजिक पुर्‍याउनुभएको थियो रे।

मेरो गाउँ जुम्ला-काठमाडौं आउजाउ गर्ने मुलबाटोमा पर्छ। र, ज्योति चौतारो त्यही मुलबाटोमा हिँड्ने पैदलयात्री सुस्ताउने चौतारो हो। यो चौतारो अहिले पनि प्रसिद्ध छ र बाटोका कारण मासिन लागेको छ। म यसलाई संरक्षण गर्नुपर्छ भनेर लागेको छु। बरु मोटरबाटोलाई वरिपरिबाट निर्माण गर्नुपर्छ भन्ने मेरो धारणा छ। ज्योति चौतारोमा नातिसँग सुस्ताउँदै गरेको तस्बिर खिच्‍नुको अर्थ पनि त्यही हो।

हाम्रो गाउँमा नागीको धारो छ। नागले छोएको भनेर नागीको धारो नामकरण भएको रे। अत्यन्त मीठो पानी छ, यस धाराको। गर्मीमा चिसो र जाडोयाममा न्यानो पानी दिन्छ, यस धारोले। अहिले पनि हामी त्यही नागीको धाराको पानी पिउँछौँ। अहिले ट्यांकीमा पानी जम्मा गरेर गाउँमा वितरण गरेका छौं।

डा. उपेन्द्र देवकोटा र मैले लुइँटेल स्कुलमा सँगै पढ्यौँ। अहिले हामी दुवैका गाउँ पालुङटार नगरपालिकाभित्रै पर्छन्, मेरो वडा नम्बर १ र उहाँको वडा नम्बर ४। त्यसैले बालापनमा हाम्रो भेट स्कुलमा हुन्थ्यो। गाउँ फरक, स्कुल एउटै।

गाउँ आउँदा बालसखाहरू भेटिनु हुन्छ। यसपटक बाल सहपाठी खिलबहादुर भुजेलसँग गाउँको चौतारीमा बसी पुराना दिनको सम्झना गर्न पाएँ। हाम्रो पालामा त औपचारिक स्कुल थिएनन्, अनौपचारिक रूपमा चौतारामा राखेर पढाउँथे। त्यसरी नै चौतारामा बसेरसँगै पढेका साथी हुन्, खिलबहादुर। उनी अझै पनि गाउँमै छन्। गाउँको चौतारामा भेट भयो र मैले फोटो खिचेर सामाजिक सञ्जालमा राखेँ।

मुलुकको प्रधानमन्त्री बन्नु, पार्टीको नेतृत्वमा पुग्‍नु पदीय जिम्मेवारी मात्र हो। आखिर हामी मानिस हौं। मानिसको प्रकृति एकै किसिमको हुन्छ। सुख, दुःखका अनुभूति एउटै हुन्छन्। बालसखा भेट्दा त्यस्ता जिम्मेवारीका कुरा हुँदैनन्। बालापनका कुरा हुन्छ, बाल्यकालको सम्झना तरोताजा भएर आउँछ। रमाइलो गर्छौँ, हाँसो, ठट्टा गर्छौं।

  • #Dr. Baburam_Bhattarai #Manushi_Yami_Bhattarai
बुधबार, बैशाख २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एक अनर्थ शास्त्रीको अर्थशास्त्रीहरूलाई सुझाव
अत्यधिक र अनियन्त्रित लोकतन्त्रले बिगारेको नेपाली आदत (बुँदागत विश्लेषण)
संविधानको कसीमा राष्‍ट्रीय हित र राष्‍ट्रीय सुरक्षा
लागूऔषध नियन्त्रणमा सामाजिक सरोकार !
वर्तमान सरकार, लगानी र विकासको सम्भावना !
त्रिभुवन विश्‍वविद्यालयमा पढाइने लोकतन्त्र र अहिलेका युवाले चाहेको लोकतन्त्र

भर्खरै

  • १.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • २.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ३.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ४.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ५.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ७.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ८.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.