• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

बिर्तामोड बनाउने २५ सूत्र


बिहिबार, बैशाख २२, २०७९ मा प्रकाशित

पूर्वकै व्यापारिक केन्द्र बिर्तामोड अनेकन विशेषतायुक्त छ। शिक्षा, स्वास्थ्य, उद्योग, र होटल व्यवसायको उपयुक्त केन्द्रको रूपमा विकसित गर्ने प्रचुर सम्भावना छ, यसलाई।

Advertisement

पूर्वकै एउटा व्यापारिक केन्द्रको रूपमा विकसित हुँदै गरेको बिर्तामोड अनेकन विशेषतायुक्त छ। खासगरी, शिक्षा, स्वास्थ्य, उद्योग, व्यवसाय र होटल व्यवसायको उपयुक्त केन्द्रको रूपमा विकसित गर्ने प्रचुर सम्भावना छ। आफ्नो नगरप्रति गौरव गर्ने वातावरण सिर्जना गर्ने र ‘मेरो नगर मेरो गौरव’ भन्‍ने सोचलाई अगाडि बढाइने छ, भविष्‍यमा। शहर सभ्यता हो भन्‍ने कुरालाई आत्मसात गरेर यहाँका नागरिकसँग हातेमालो गरेर अगाडि बढ्ने र विकासलाई कतै थोपर्ने र कतै अभाव हुने स्थितिको अन्त्य गर्नु जरुरी छ। तसर्थ, बिर्तामोड नगरलाई वाणिज्य, शिक्षा र स्वास्थ्यको हब बनाएर लैजान निम्‍न अवधारणा हुन सक्छन्।

(१) बिर्तामोडलाई एउटा भरपर्दो वाणिज्य केन्द्रको रूपमा विकास गर्न मुक्ति चौकको ५ सय मिटर क्षेत्रमा सडकको ब्युटिफिकेसन जरुरी छ। त्यसका लागि व्यापारीहरूको सहभागितामा एउटा समिति बनाउने र त्यसलाई काम गर्न दिने। बिर्तामोडलाई वाणिज्यको हबको रूपमा विकसित गर्ने। आफ्नो क्षेत्रका उत्पादनलाई प्रोत्साहन गर्न लोगो प्रदान गर्ने र यस क्षेत्रका व्यवसायीहरूले लगानी गरी उत्पादन गरेका वस्तुहरूलाई ‘अ प्रोडक्ट अफ बिर्तामोड’ भनेर ब्रान्डिङ गर्ने। सहकारी संस्थाहरू, गैसस र बैंक तथा वित्तीय संस्थाहरूलाई विकासको साझेदार संस्थाको रूपमा लिँदै साझेदारी गर्ने।

(२) बिर्तामोडमा १८ वटा सरकारी र ६० भन्दा बढी निजी विद्यालय छन्। कलेजहरू, विभिन्‍न प्राइभेट प्राविधिक कलेज र स्कुलहरू छन्। यो संख्या र अवस्थालाई हेर्दा बिर्तामोडलाई शिक्षा क्षेत्रको पनि हब मान्‍न सकिन्छ। यस क्षेत्रको प्रबर्द्धन र विकास गर्न शैक्षिक विकास प्रतिष्‍ठान गठन आवश्यक देखिन्छ। त्यो क्षेत्रका समस्या हल गरेर उन्‍नत शैक्षिक गुणस्तर कायम राख्‍न सोही क्षेत्रसँग समन्वय गरेर काम गर्ने। स्थानीय पाठ्यक्रमलाई समयानुकुल परिमार्जन गर्ने।

(३) स्वास्थ्य क्षेत्रमा पनि बिर्तामोड अग्रणी छ। मेडिकल कलेज, आँखा अस्पतालहरू, निजी स्तरबाट खुलेका अस्पतालहरूले यहाँको आर्थिकस्तर मात्र बढाएका छैनन्, चहलपहल र गुणात्मकतालाई पनि वृद्धि गरेका छन्। तसर्थ, बिर्तामोडलाई स्वास्थ्य क्षेत्रको हब बनाउने वातावरण बनाउने। बिर्तामोडको नगर अस्पताललाई स्तरीय बनाएर सञ्चालन गर्ने र रेफरल सेन्टर बनाउन पहल गर्ने।

(४) यहाँ रहेका पर्यटकीय स्थलहरूलाई जोड्न सर्किट तयार पार्ने र होम स्टेहरू बनाउने। सन्थाल, राजवंशी र अन्य इच्छुक समुदायलाई यस कार्यमा प्रेरित गर्ने। बिर्तामोड प्रवेश गर्ने चारैतिरका नाकाहरूमा आकर्षक बिर्तामोडको पहिचान झल्कने चित्र अंकित गेट निर्माण गर्ने।

(५) शहर र ग्रामीण बस्तीलाई फरक-फरक प्रकृतिको विकासको वितरण प्रणाली अवलम्बन गर्ने। यहाँका वडाहरू १, २, ३, ४, ५, ६ लाई शहरको रूपमा विकास गर्ने र ७, ८, ९ र १० लाई कृषि तथा पशुपालन क्षेत्रको रूपमा अगाडि बढाउन मद्दत गर्ने। शहरभित्र अपार्टमेन्ट, मिनी मार्केट र डिपार्टमेन्ट स्थल खोल्न सहजीकरण गर्ने र रात्रिकालीन बजार चलाउन सहयोग गर्ने।

(६) होटल तथा पर्यटन केन्द्रहरूलाई उत्प्ररित गर्दै प्रत्येक होटलबाट एउटा कोठा लागे बराबर एक सय रुपैयाँ संकलन गरेर पर्यटन क्षेत्रको विकासमा खर्च गर्ने एउटा प्रणाली वा संयन्त्र बनाउने।

(७) भौतिक विकासका लागि तोक वा भनसुनका आधारमा चल्ने प्रणालीको अन्त्य गर्ने। आवश्यकताको आधारमा समान वितरण प्रणाली अवलम्बन गर्ने। कार्यकर्ता पोेस्ने वा झोला बोकेर नगरपालिका वा अन्य निकायमा धाउनुपर्ने र त्यसैबाट जीविका चलाउने गलत प्रवृत्तिलाई निरुत्साहित गर्ने।

(८) बिर्तामोडको कृषि थोक बजारस्थललाई स्तरीकरण गरेर त्यसको वरपर हुने यातायातको जाम हटाउन छेउछाउ रहेका गोदामघर हटाउने र वरिपरिका बाटामा चार चक्काभन्दा ठूला गाडी प्रवेश निषेध गर्ने। अझ त्यस्ता गोदामघरहरूलाई मुक्तिचोकभन्दा पाँच सय मिटर पर लैजाने वातावरण बनाउने।

(९) बिर्तामोड सञ्चार क्षेत्रको पनि हब हो, जसलाई व्यवस्थित र नियमित गर्न वार्षिक बजेट विनियोजन गर्नु आवश्यक छ, पालिकाबाट। यहाँका जाति, जनजाति, भाषा, संस्कृति, साहित्य क्षेत्रको प्रबर्द्धन र विकास गर्न बिर्तामोड प्रज्ञा प्रतिष्‍ठान गठन गरेर काम गर्ने।

(१०) शहरको सौन्दर्य झल्काउन टोल विकास समितिहरूसँग समन्वय गरेर घरहरूमा एकै प्रकारका रंग लगाउन सहयोग गर्ने र प्रत्येक टोलमा कम्तिमा एउटा टोलको पहिचान झल्कने आकृति वा चिन्ह राख्‍न प्रेरित गर्ने।

(११ ) जथाभावी धुम्रपान निषेध गर्न मुख्यस्थलमा धुम्रपान स्थल तोक्ने।

(१२) कनकाईदेखि मेचीनगरको सिमानासम्म र अर्जुनधाराकोदेखि भद्रपुरको सीमासम्म सडकको दुई किनारमा ठूल-ठूला स्ट्रिट लाइट राख्‍ने, जसका कारण रात्रिकालीन समयमा सवारी साधन सञ्चालन गर्न सहज हुने र दुर्घटना रोक्न सहज हुनेछ।

(१३) बिर्तामोड नगरका सार्वजनिक स्थानहरूमा स्मार्ट सार्वजनिक शौचालयहरूको निर्माण गर्नु अत्यावश्यक भइसकेको छ।

(१४) यहाँ बसोवास गर्ने जात, जातिका र अन्य सांस्कृतिक पर्वलगायत कुनै समूहले सडक उत्सव, पर्यटनकेन्द्रित कार्यक्रम गर्न चाहेमा आह्वान गर्ने र उनीहरूका लागि निश्‍चित बजेट विनियोजन गर्ने।

(१५) स्थानीय डोमालाल रंगशालाको स्वामित्व ग्रहण गराउन पहल गर्ने र रंगशाला बनाउन थप बजेट व्यवस्थापन गर्न मद्दत गर्नु आवश्यक छ। साथै, खेलकुद विकास समितिलाई जिम्मेवार बनाएर सेड्युल बनाई गतिविधि गर्न लगाइयो भने बिर्तामोड खेलाडी उत्पादनको केन्द्र नै बन्‍न सक्छ।

(१६) खोलानाला हाम्रा धरोहर हुन्। यहाँ रहेका अदुवालगायत खोलानालाहरूको संरक्षण, सम्बर्द्धन गर्न विशेष पहल आवश्यक छ। अदुवा खोलालाई सफा राख्‍न विशेष कार्ययोजना अगाडि बढाउनु अत्यावश्यक भइसकेको छ। किनकि, बर्सेनि यो खोलाले नगर क्षेत्रलाई डुबानमा पार्दै आएको छ।

(१७) सुकुम्वासी समस्या समाधान गर्न भूमि आयोगसँग मिलेर पालिकाले काम अगाडि बढाउनु अत्यावश्यक छ।

(१८) शहरका १० स्थानमा रहेका सरकारी जमिनमा पार्क निर्माण गर्न सहयोग गर्ने। ती स्थानलाई स्वास्थ्य पार्कको रूपमा विकसित गर्ने।

(१९) महिला, अल्पसंख्यक र आदिवासी, जनजाति, दलित, अपांग र पछाडि पारिएको समुदायलाई उत्प्रेरित गर्ने कामको कार्ययोजना पेश गर्न सोही समुदायसँग माग गर्नु आवश्यक छ।

(२०) बिर्तामोड एउटा राजनीतिक केन्द्र पनि हो। तसर्थ यहाँको कुनै स्थानमा खुलामञ्च बनाउन जग्गाको खोजी गर्ने र निर्माणका लागि पहल गर्ने।

(२१) फोहोरमैलाको समुचित व्यवस्थापनका लागि हाल भइरहेको कार्य पर्याप्त छैन, यसलाई नगरले आफैं समाधान निकाल्नुपर्छ।

(२२) गरिब, विपन्‍न समुदायका बालबालिकालाई यहाँ रहेका निजी विद्यालयहरूमा अनिवार्य १० प्रतिशत छात्रवृत्तिको व्यवस्था मिलाउन सकेमा शैक्षिक उन्‍नयनमा कोशेढुंगा सावित हुनेछ।

(२३) बिर्तामोड घर भई विश्‍वभर पुगेका नेपालीहरूलाई निमन्त्रणा गरेर बिर्तामोड विश्‍व सम्मेलन आयोजना गर्नु आवश्यक छ, जसले यहाँ लगानीको वातावरण सिर्जना गर्न र विदेशमा रहेका बिर्तामोडवासीको लगानी ल्याउन योगदान दिन सक्छ।

(२४) ‘आपतमा नगर, विपदमा नगर’ अभियान चलाउनुपर्छ। यसका लागि नगर प्रहरी, बारुणयन्त्रसँगै क्विक भोलेन्टियर समूह तयार पार्नु अत्यावश्यक छ।

(२५) युवा वर्गमाझ देखिएको पलायनको दर घटाउन युवालक्षित कार्यक्रम तत्काल अगाडि बढाउनु आवश्यक छ।

(पत्रकार तथा लेखक सिग्देल एकीकृत समाजवादीबाट झापा बिर्तामोड नगरपालिकामा सत्ता गठबन्धनका साझा उपमेयर उम्मेदवार हुन्)

बिहिबार, बैशाख २२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एक अनर्थ शास्त्रीको अर्थशास्त्रीहरूलाई सुझाव
अत्यधिक र अनियन्त्रित लोकतन्त्रले बिगारेको नेपाली आदत (बुँदागत विश्लेषण)
संविधानको कसीमा राष्‍ट्रीय हित र राष्‍ट्रीय सुरक्षा
लागूऔषध नियन्त्रणमा सामाजिक सरोकार !
वर्तमान सरकार, लगानी र विकासको सम्भावना !
त्रिभुवन विश्‍वविद्यालयमा पढाइने लोकतन्त्र र अहिलेका युवाले चाहेको लोकतन्त्र

भर्खरै

  • १.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • २.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ३.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ४.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ५.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ६.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८.
    टिपरको ठक्करबाट मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.