• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

नेपाल-भारत दुवैतिर एकसाथ प्रदर्शनमा आउँदै ‘प्रेमगन्ज’


आइतबार, बैशाख ११, २०७९ मा प्रकाशित

 

Advertisement

नेपाली चलचित्र ‘प्रेमगन्ज‘ भारतमा पनि प्रदर्शन हुने भएको छ। चलचित्र चौतारी र ड्रिम्स थिएटर मोसन पिक्चरबीच भएको सम्झौताअनुसार ‘प्रेमगन्ज’ पहिलो चरणमा भारतका कोलकाता, देहरादुन, आसाम, गुवाहाटी, अरुणाचल, बैङ्लोर, मुम्बई, दिल्ली, दार्जिलिङ, सिक्किमलगायत शहरका एक सयभन्दा धेरै स्क्रिनमा एकसाथ प्रदर्शन हुने भएको छ।

 

पहिलो चरणको प्रदर्शन सकारात्मक देखिएमा दोश्रो चरणमा भारतका अन्य ठूला शहरमा पनि प्रदर्शन हुनेछ। प्रेमगन्ज नेपाल–भारत दुवै देशमा एउटै मिति ३ भदौमा प्रदर्शन हुनेछ। लाखौं नेपाली र नेपालीभाषी बसोबास गर्ने भारतमा ‘प्रेमगन्ज’ चलचित्र नेपाली भाषामै प्रदर्शन हुन लागेको हो, जसमा अंग्रेजी सब–टाइटल पनि हुनेछ।

 

प्रेमगन्जलाई ड्रिम्स थिएटर मोसन पिक्चरका सञ्चालक म्याबो ह्यङले अल इन्डिया वितरण गर्न लागेका हुन्। फिल्म राम्रो बनेको र भारतमा पनि नेपाली चलचित्रको बजारको सम्भावना ठूलो रहेकाले राम्रो कमाइ गर्नेमा आफू विश्वस्त रहेको उनले बताए। नेपाली चलचित्रलाई भारतीय बजारसम्म लैजान कालिम्पोङका कलाकार अनुज शर्मा र सिक्किमका कलाकार अमीर मेघीले सहजीकरण गरेका हुन्।

 

परिच्छेद सेनको निर्देशनमा बनेको यस चलचित्रमा तेज गिरी, बेनिशा हमाल, सम्पदा बानियाँलगायत कलाकारको अभिनय छ। यस्तै, फिल्ममा पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली र गीता अधिकारीको पनि अभिनय देख्न सकिन्छ।

 

स्पट ब्वायका रूपमा लामो समय काम गरेका राजु फुयालको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो। यस चलचित्रका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन्। सञ्जय लामाको छायांकन रहेको चलचित्र डेढ करोडको लगानीमा बनेको हो।

आइतबार, बैशाख ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

क्यानाडाबाट ‘लाली’ लिएर आए निर्वाण-कुश
नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’
मनोज महर्जन फिचर्ड बिबेकको ‘ढ्याप्पा’ सार्वजनिक
‘कौडा किङ्ग’ गणेश गुरुङको ‘पियारी’ सार्वजनिक( भिडियो )

भर्खरै

  • १.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • २.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ३.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ४.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

  • ५.
    ५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

  • ६.
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

  • ७.
    संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

  • ८.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.