कैलाली- लगातारको वर्षाले कैलालीमा एकसय भन्दा बढी घर डुबानमा परेका छन् । मंगलबार रातिदेखी परेको अविरल बर्षाका कारण यहाँका धनगढी उपमहानगरपालिका, कैलारी गाउँपालिका, भजनी नगरपालिका, गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिकालगायत क्षेत्रका करिब एकसय भन्दा बढी घर डुबानमा परेका हुन् ।
कैलारी गाउँपालिकाका वडा नं ५ र ७ का करिब ७२ घर डुबानमा परेको छ । त्यस्तै गौरीगंगा नगरपालिकाका वडा नं. ७, ९ स्थित महादेवा, भगवानपुर, शंकरपुर गाउँका गरी २२ घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले बताए ।
डुबानका कारण सुखड-भजनी सडक अबरुद्ध भएको छ । सडक अबरुद्ध हुँदा सर्वसाधारण हिडेरै गन्तब्यमा पुग्न बाध्य भएका छन ।
यसैगरी घोडाघोडी नगरपालिका–५ सेउकलिया, वडा नम्बर ९ रत्तीपुर क्षेत्रको पनि दर्जनौँ घर डुबानमा परेकाको जोशीले बताए । उनले धनगढी उपमहानगरपालिकाका केही घरहरु समेत डुबानमा परेको बताए ।