• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

हराएको अग्‍निहोत्रमा जुटाएको जानकारी !


    Avatar photo
शुक्रबार, भदौ ०८, २०८० मा प्रकाशित

काठमाडौं- वैदिक संस्कृतिले प्रतिपादन र व्याख्या गरेको जीवन पद्धति हो, अग्‍निहोत्र। वैदिक संस्कृति भनेको वेदमा आधारित संस्कृति हो। वेदमा अग्‍निको ज्यादै ठूलो महत्त्व दर्साइएको छ। अग्‍निहोत्र कसले ग्रहण गर्थे अथवा कसले यसको शुरुवात गरेका थिए भन्‍ने किटान कतै पाइँदैन। त्रेता युग र त्यसभन्दा अगाडिका ऋषिमुनि र राजाहरूले पनि अग्‍निहोत्र ग्रहण गरेको विभिन्‍न ग्रन्थहरूबाट पुष्‍टि हुन्छ। उक्त समयको जीवन पद्धतिमा अग्‍निहोत्र अभिन्‍न अंग थियो। त्यस कारण पनि अग्‍निहोत्र परम्परागत रूपमा शुरुदेखि नै चल्दै आएको अनुमान गर्न सकिन्छ।

Advertisement

त्यतिबेलाको गुरुकुल र अहिले हामीले बुझ्‍ने गुरुकुलमा पनि ठूलो अन्तर छ। त्यतिबेलाको गुरुकुलमा कुनै व्यक्ति विशेषतः पुरुष वा केटा बुझ्‍न सक्ने भएपछि उनीहरूलाई गुरुको आश्रममा लगेर छोड्ने परिपाटी थियो। सानो उमेरदेखि नै उनीहरू गुरुकुलमै सिक्दै र हुर्किंदै आउँथे। बालसुलभ समय त्यसै पनि जिज्ञासु हुन्छ। र, त्यतिबेलै उनीहरूलाई गुरुकुलमा कर्मकाण्डको शिक्षा दिइन्थ्यो।

त्यो समय पुस्तकहरूको व्यवस्था थिएन। त्यसैले बालसुलभ प्रकृतिसँगै गुरुको सान्‍निध्यमा बसेर उनीहरूले सिक्थे। त्यस समय हुने यज्ञ यज्ञादीमार्फत प्रयोगात्मक सिकाइ हुन्थ्यो। यसर्थ, पुस्तक वा किताबी स्वरुपभन्दा पनि गुरुमुखबाट उक्त समय शिष्‍यहरूले सिक्थे।

वेदलाई हामी कुनै व्यक्तिको मुखबाट सिर्जित नभई ईश्‍वरीय वरदान मान्छौं। त्यसकारण पनि वेदलाई गुरुमुख गरेर नै सिक्नुपर्छ। सोही परम्परालाई आर्ष परम्पराका रूपमा वैदिक कालदेखि मानिँदै आएको छ। ऋषिहरूले निरन्तरता दिइरहेको यो परम्पराको समयमा राजा, ब्राह्मणका साथै कतिपय वैष्‍णवहरू पनि अग्‍निहोत्री थिए।

‘ब्राह्मण, क्षत्री, वैष्‍णव’ले आफ्नो मन, शरीर र आत्मा शुद्धी गर्नुपर्छ। उनीहरूले गर्नुपर्ने ती कामहरूबारे वेदमा उल्लेख गरिएको छ। जति पनि जीवन पद्धति तथा मार्ग छन्, तिनलाई अग्‍निहोत्रमा उल्लेख गरिएको छ। अग्‍निहोत्रको मुल आशय पनि त्यही नै हो। र, वेदले सबैभन्दा ठूलो तत्त्व सूर्य हो भन्छ। सूर्य तथा अन्य देवताहरूमा पुग्‍ने माध्यम पनि अग्‍निको उपासना नै हो।

अग्‍निहोत्रमा सूर्य र सूर्यको उपासना एकदमै महत्त्वपूर्ण मानिएको छ। यो उपासना अग्‍निको मात्र नभई सूर्यको पनि हो। यसकारण सूर्य र अग्‍निबीच अन्तरनिहित सम्बन्ध छ।

आर्ष परम्परा कहाँबाट कसरी शुरु भयो भन्‍ने विषयमा हालसम्म निष्‍कर्ष निस्किन सकेको छैन। यद्यपि, आर्ष परम्परा ईश्‍वर, ब्रह्मा, सूर्य वा अलौकिक शक्तिबाट आएको मानिन्छ। त्यसैले आर्ष परम्परालाई अलौकिक मानिन्छ। लौकिक भनेको संसारमा देखिएको, भएको अथवा मानेको भयो भने अलौकिक भनेको यस लोकबाट नभई ईश्‍वरबाट प्राप्त भएको मानिन्छ। वेद ईश्‍वरबाट प्राप्त भएको भनिन्छ। यसको पुरानो सम्बन्ध कहाँसम्म छ भन्‍ने खोज्दै गएमा हामी पूर्वीय सभ्यता मान्‍नेहरूका लागि ईश्‍वरसँगै जोडिन जान्छ।

के हो अग्‍निहोत्र ?

सामान्य बुझाइमा अग्‍निमा हवन गर्नुलाई अग्‍निहोत्र भनिन्छ। विवाह, व्रतबन्धमा प्रयोग हुने सुरो, जसलाई संस्कृतमा ‘श्रुब’ भनिन्छ। उक्त काठको कुनै आकारप्रकार छैन। यद्यपि, अग्‍निहोत्रका लागि निश्‍चित आकारप्रकार तथा परिमाणको आवश्यकता हुन्छ। अग्‍निहोत्रमा नियमको कुरा हुन्छ। काल, समय, तपस्याको महत्त्व पनि उत्तिकै छ। अग्‍निको महत्त्व स्वयं हुने नै भयो।

अग्‍निको महत्त्व किन पनि  छ भने ‘अग्‍नि मुखाहवै देवाहाः’ अर्थात यदि हामी देवतासम्म पुग्‍ने हो भने त्यसको माध्यम अग्‍नि नै हुन्। अग्‍निको उपासना गरेपछि हरेक देवताको उपासना गरेसरह हुन्छ। यसको अर्थ हामीले हवन गरेर ईश्‍वरसँग साक्षात्कार गर्न सक्छौं। उसको अर्को उपाय छैन।

अग्‍निहोत्र गर्नका लागि के के आवश्यक पर्छ ?

अग्‍निहोत्रमा सीमित नीतिनियम पनि हुन्छन्। ‘आवश्यक्या धानम्’। अग्‍निहोत्रको स्थापना गर्न प्रमुख दुई परिधि छन्। (१) कुनै पनि मूल घरमा बसेको व्यक्ति वा आश्रममा बसेको व्यक्ति छुट्टै आश्रम खोल्न चाहन्छन् भने उसले अग्‍निहोत्र लिनुपर्छ। अन्यथा, एउटै अग्‍निहोत्रमा काम गरिन्छ। (२) विवाहपछि पनि अग्‍निहोत्र लिइन्छ। कारण- अग्‍निहोत्रान श्रीमान् वा पुरुषको नाम मात्र आउँछ। श्रीमती वा पत्‍नीको नाम भने आउँदैन। यद्यपि, अविवाहित व्यक्ति अग्‍निहोत्री हुन पाउँदैन। अर्थात्, अग्‍निहोत्री हुनका लागि विवाहित हुनुपर्छ। र, उसकी पत्‍नी पनि साथमै हुनुपर्छ।

सामान्य साँझबिहान गरिने हवनका लागि विवाहित हुनु परेन। तर, अग्‍निहोत्र ग्रहणका लागि विवाहित हुनु आवश्यक छ। र, दुवै पति-पत्‍नी संयुक्त रूपमा अग्‍निको उपासनामा सँगै लागेको हुनुपर्छ। कहिलेकाहीं बिरामी परेको अवस्थामा ‘यजमान’ र ‘यजमानकी पत्‍नी’ अर्थात ‘अग्‍निहोत्री’ र ‘अग्‍निहोत्रीकी पत्‍नी’बाट यज्ञ सञ्‍चालन हुन नसकेमा र भिक्षा लिन जान अग्‍निहोत्रीको सट्टामा अन्य कोही उनको प्रतिनिधिको रूपमा जानुपर्छ। रजस्वलाको अवस्थामा भने धर्मपत्‍नीको प्रतिमूर्ति बनाएर यज्ञ सञ्‍चालन गर्न सकिन्छ।

यद्यपि, दुई जनामध्ये एकजना भने अनिवार्य उपस्थित हुनुपर्छ। कुनै पनि रूपमा अनिवार्य उपस्थिति भने हुनैपर्छ। यो व्रत नियम हो, जसलाई ‘तपस्तर्या’ भनिन्छ। यी तपस्याका नियम हुन्।

अग्‍निहोत्र धेरै किसिमका हुन्छन्। एउटा हुन्छ- स्मार्त अग्‍नि जसमा अपसव्य र सव्य अग्‍निको ग्रहण गरिन्छ। यो सामान्य यज्ञ हो भने अर्को सौद यज्ञ हुन्छ, जुन स्मार्तको तुलनामा केही कठिन पनि हुन्छ। सौद यज्ञमा आवहनीय, दक्षआवहनीयलगायत तीनवटा यज्ञ हुन्छन्। यसरी हेर्दा अग्‍निहोत्रीको घरमा पाँचवटा कुण्ड हुनुपर्छ। ती कुण्डहरूमा प्रत्येक दिन यज्ञ पनि हुनुपर्छ। अग्‍निहोत्रीले यज्ञ गर्नका लागि एक त विवाहित हुनुपर्ने प्रावधान छँदैछ। यसका साथै उनको पुत्र अथवा शिष्‍य हुनुपर्छ। तथापि, अग्‍निहोत्रको यज्ञमा धर्मपत्‍नीबाहेक अन्य महिला वर्जित छन्।

अग्‍निहोत्र दैनिक हुने भएकाले सहयोगका लागि अन्य व्यक्ति पनि साथैमा हुनुपर्छ। पारिवारिक अथवा बाहिरबाट निरन्तर सहयोग गर्न सक्ने व्यक्ति भएको अवस्थामा मात्र अग्‍निहोत्री बन्‍न सकिन्छ वा अग्‍निहोत्र सञ्‍चालन गर्न सकिन्छ। यसरी अग्‍निहोत्रका लागि ‘अग्‍निहोत्री’ र ‘यज्ञकुण्ड’ आधारभूत आवश्यकता हुन्।

अग्‍निहोत्री, यज्ञकुण्डसँगै हवनीय द्रव्य अर्को महत्त्वपूर्ण तत्त्व हो। कुनै पनि यज्ञमा हवनका लागि प्रयोग गरिने पदार्थ वा वस्तुलाई हवनीय द्रव्य भनिन्छ। अग्‍निहोत्रमा चामल, ध्यू, जौको हवन हुन्छ। तर, यी द्रव्यलाई मिसाएर नभई अलग-अलग हवन गर्नुपर्छ। विवाह, व्रतबन्धमा जस्तो तिल, जौ पनि मिसिएर हवन गर्न मिल्दैन। उक्त द्रव्यको हवन गर्ने समयावधि पनि निर्देशित हुन्छ। तोकिएको नीति नियमअनुसार मात्र द्रव्य हवन हुन्छ। आर्ष परम्पराको अर्थ पनि यही नै हो।

यस्तै, समय हवनको अर्को महत्त्वपूर्ण पक्ष हो। वैदिक परम्पराअनुसार बिहान सूर्य उदय हुनुअघि नै अग्‍निको ‘आधाम’ अर्थात ‘हवन वा उपासना’ हुनुपर्छ। उक्त उपासना सूर्यको उदय हुनुभन्दा अघि प्रातः कालमा गरिनुपर्छ भने, ‘सायंकाल’मा सूर्यास्त हुनु पहिले उपासना गर्नुपर्छ। कुनै पनि ऋषि, महर्षि, जसको दिनचर्या अग्‍निहोत्रको छ, उनले बिहान सूर्यको उपासना गरी दैनिकी शुरुवात गर्छन्। दैनिकी कार्य, अन्य पूजा, वेद अध्ययन-अध्यापन गरी पुनः साँझमा सूर्य उपासना गरेर मात्र विश्राम गर्छन्। यसरी नै अग्‍निहोत्रीको दिनचर्या बित्छ। त्यसकारण पनि अग्‍निहोत्रलाई साधारण भन्‍न मिल्दैन।

त्यसका लागि ‘सबोरता’ आवश्यक पर्छ। आफूले अग्‍निहोत्र लिइसकेपछि अन्य केहीमा लाग्दिनँ भन्‍ने दृढता हुनुपर्छ। सोही प्रकारको सामर्थ्य अग्‍निहोत्रीमा आवश्यक छ। परापूर्वकाल जति बेला यातायातका साधन थिएनन्, अन्य कामकाज थिएन, त्यस समय वेद पढाउने र अग्‍निहोत्र गर्ने गर्थे ऋषिमुनिहरू।

ब्रह्मचार्य हुन नमिल्ने वा विवाहित हुनुको आवश्यकता

माथि नै भनियो विवाह गरिसकेपछि मात्र अग्‍निहोत्री हुन पाइन्छ। आजीवन ब्रह्चर्यका लागि वेदमा छट्टै आश्रमको उल्लेख छ। यद्यपि, वेदले विवाहलाई महत्त्वपूर्ण स्थान दिएको छ। वेदमा पनि मानवले कर्म गर्नुपर्छ भनी लेखिएको छ।

ब्राह्मण भएर जन्मिएपछि उसले निःस्वार्थ र बिनाकारण वेद र वेदांगको अध्ययन गर्नुपर्छ। पैसा कमाउने वा अन्य मनसायले भन्दा पनि निःस्वार्थ अध्ययनमा अघि बढ्नुपर्छ। यसमा अग्‍निहोत्र भनेको संन्यासी जीवन शैली हो कि भनेर ‘कन्फ्युज’ हुनुपर्दैन। तर, अहिले परिवर्तित समाजमा भेद भने आउन थालेका छन्।

अग्‍निहोत्रीका परिधिहरू

अग्‍निहोत्र ग्रहणपश्‍चात अग्‍निहोत्रीले कहिल्यै सामाजिक भेला, पारिवारिक जमघट र सम्मेलन कहीं पनि जान मिल्दैन। हरेक ‘अमावश्या’ अर्थात ‘औंशी’मा अग्‍निहोत्रीले कपाल खौरिनैपर्ने नियम छ। र, प्रत्येक औंशीमा ‘सोह्र श्राद्ध’ गर्नुपर्छ। जुन ३-४ घण्टाको हुन्छ। पूर्णिमामा पनि सोही नियम लागू हुन्छ। तर, श्राद्ध गर्नुपर्दैन।

प्रतिपदा तिथिमा प्रारम्भदेखि ३-४ घण्टाको यज्ञ गर्नुपर्छ। उक्त यज्ञमा चारजना ‘ऋतिक’ अर्थात वेद पढेका आफूबाहेकका अन्य चार ब्राह्मणसहित उक्त यज्ञ गर्नुपर्छ। औंशी र पूर्णिमाको भोलिपल्ट उक्त यज्ञ गरेकै हुनुपर्छ।

यज्ञका संविधाहरू

अग्‍निहोत्रका नियम कठोर नै छन्। यज्ञका आफ्नै संविधाहरू हुन्छन्। संविधाले निर्देशित गरेअनुसारका हवन द्रव्य आवश्यक पर्छन्। गाई नित्य हुनुपर्छ भने गाईको ध्यू पनि नित्य आवश्यक पर्छ। गाई पाल्नु अग्‍निहोत्रको एउटा नियमसरह नै भयो।

अग्‍निहोत्र सञ्‍चालनका क्रममा प्रत्येक बिहान अघि भनेझै सूर्योदयअघि गरेको हवन पछि छुट्टै एउटा कर्म गर्नुपर्छ। हवनपश्‍चात जुन आवसत्य यज्ञको होमको आगोबाट आगोको टुक्रा लिई अग्‍निसँग उक्त आगोको टुक्राबाट खाना पकाउने स्कीकृति लिएर खाना खाना बनाउन मिल्छ। अन्य आगोमा बनेका खाना सेवन गर्न मिल्दैन।

उक्त अग्‍नि दिउँसो असावधानीवश निभ्यो भने बेलुका खान केही मिलेन। पानी, गाईको दूध र दही मात्र खान मिल्छ। पकाएको पानी खान मिलेन।

नेपालका अग्‍निहोत्रीहरू

नेपालमा गौतमहरूमा अझ विशेष रूपमा अग्‍निहोत्र ग्रहण गर्ने परम्परा छ। तथापि, गौतमहरूका बारे खासै भएको अध्ययन छैन। राणा र राजाहरूले अग्‍निहोत्रका लागि तराईमा जग्गा छुट्याउने गरेका थिए।

गौरीघाटका नारायण लामिछाने अग्‍निहोत्री थिए। उनको निधन ०५९-६० सालतिर भयो। यस्तै, अन्य १२-१३ जना अग्‍निहोत्री  नेपालमा थिए। ठमेलको अग्‍निहोत्रीका रूपमा तीर्थराज आचार्य थिए। पाटनस्थित अग्‍निशाला भने तन्त्रसम्बन्धी हो, जसमा नेवार तान्त्रिक छन्। उनीहरूसँग परम्परागत अग्‍निहोत्रीको कुनै संस्कार मिल्दैन।

पात्रको महत्त्व

अग्‍निहोत्रमा ‘पात्र’ महत्त्वपूर्ण पक्ष हो। स्टिल, फलामबाहेक सुन, चाँदी, तामा, पित्तलका पात्रको प्रयोग आवश्यक छ। चिम्टा, ओदान पनि तामाकै पात्रको प्रयोग हुन्छ। यस्तै, कुण्ड निर्माणको विधि पनि फरक छ। अग्‍निहोत्रीको हातको परिमाणअनुसारले कुण्ड बनाउनुपर्छ। यस कारण अग्‍निहोत्रीहरूको कुण्ड फरक-फरक हुन्छ।

जीवन पद्धति हो अग्‍निहोत्र

अग्‍निहोत्रीले आफ्नो नितान्त जीवन नै अग्‍निहोत्रमा लगाउनुपर्छ। अग्‍निहोत्र अग्‍निहोत्रीको मात्र हुन्छ। यसको उत्तराधिकारी भने हुँदैन। अग्‍निहोत्र व्यक्तिगत रोजाइ हो। हालको साधन स्रोतको आधारमा यज्ञ सम्भव हुन नसक्ला।

पारिवारिक, सामाजिक तथा आस्था पनि उस्तै अबको लागि छैन। अग्‍निहोत्रीले सधैं धोती लगाउनुपर्छ। उनीहरूले सिलाएको कपडा लगाउन मिल्दैन। यस्तै, खुट्टामा पनि खराउ तथा सावर (मृगको चरण) लगाउनुपर्छ। घरमा खराउ र बाहिर जाँदा सावर लगाउनुपर्छ।

यस्तै, सबैभन्दा महत्त्वपूर्ण विषय हो, आगोको अरणी। अग्‍निहोत्रीले आजीवन सेवा गरेको आगोको मन्थन निकालेको अरणीको महत्त्व अग्‍निहोत्रीको मृत्यु संस्कारमा आउँछ। अग्‍निहोत्री अन्तर्गत श्रीमान् वा श्रीमती जो पहिले बित्छ, सोही अग्‍निले उसको लाश जलाउनुपर्छ। यससँगै उक्त अग्‍निले विश्राम लिन्छ। सोही कारण अग्‍निहोत्रमा उत्तराधिकारीको प्रसंग नै उठ्दैन। यस्तै, अग्‍निहोत्रीले प्रयोग गरेका काठ, पात्रसमेत अग्‍निहोत्रीको दाहसंस्कारमा निर्देशित स्थानमा जलाउनुपर्छ। यसकारण पनि अग्‍निहोत्र मनिसको जीवनपद्धति भनिएको हो। काठमाडौंस्थित वाल्मिकी क्याम्पसमा अग्‍निहोत्रबारे अध्ययन त भइरहेको छ। तर, प्रयोगात्मकतातर्फ जोड दिइएको छैन।

शुक्रबार, भदौ ०८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

भर्खरै

  • १.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • २.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ३.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ४.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ५.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ६.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ७.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ८.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.