• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

झण्डै ३ वर्ष पुरानो पूर्वराजा-रानीको तस्बिरबारे गलत दाबी


बुधबार, असोज १३, २०७८ मा प्रकाशित

काठमाडौं- गत असोज ११ गते काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको एटिआर जहाज ल्यान्डिङ गियर (पाङ्ग्रा) नखुलेकाले काठमाडौंमा सुरक्षित अवतरण गरिएको थियो। जहाजको सुरक्षित अवतरणसँगै सामाजिक सञ्जाल फेसबुक र टिकटकमा पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमल शाह उक्त जहाजमा सवार भएकाले ठूलो दुर्घटना नभएको दाबी गर्दै बुद्ध एयरका पाइलट आङ गेलु शेर्पा, विमानस्थल कर्मचारीहरुसँग पूर्व राजारानीको सामुहिक तस्विर सेयर गरिएकाे छ।

Advertisement

फेसबुकमा करिब ६० हजार सदस्य रहेको ‘राजा ज्ञानेन्द्र King Gyanendra (राष्ट्रभक्त राजा)’ नामक फेसबुक पेजमा विशाल राजभण्डारीले उक्त दाबीका साथ फोटो पोष्ट गरेका छन्। उनले लेखेका छन्, “जहाँ राजरानी हुन्छ त्यहाँ भगवानको बास हुन्छ भन्ने सही साबित भयो। आजको बुद्ध एयरमा राजारानी पनि सवार भएर भगवान श्री पशुपति नाथको कृपाले दुर्घटना हुनुबाट जोगियो।” उक्त पोष्टमा ३००० भन्दा धेरै प्रतिक्रिया आएका छन् भने ४७७ पटक सेयर भएको छ। यस्तै दाबीका साथ अन्य प्रयोगकर्ताले पनि फेसबुक पेजहरुमा सो सामग्री सेयर गरेका छन्। सोही दाबीका साथ फेसबुक प्रयोगकर्ता सन्तोष लिम्बु र आर्यन अलीले पनि उक्त फोटो पोष्ट गरेका छन्।

अर्को लोकप्रिय प्लेटफर्म टिकटकमा पनि यस्तै दाबी सहित बनाइएका भिडियो सेयर भएका छन्। @astro_neeraj15 नामक टिकटक एकाउन्टबाट ‘जहाँ राजा रानी, त्यहाँ पशुपतिको कृपा। फ्लाइटमा राजारानी पनि होइसिन्थ्यो’ भन्ने दाबी गरिएको छ। उक्त भिडियोमा झण्डै २२ हजार प्रतिक्रिया आएका छन् भने ५८ पटक सेयर भएको छ।

यस्तै अर्का टिकटक प्रयोगकर्ता @dahaltharka ले पनि पूर्वराजारानी उक्त जहाजमा भएको कारणले बुद्ध एयरकाे विमान ठूलो दुर्घटनाबाट बचेको दाबी गरेका छन्। उक्त टिकटक भिडियोमा १ लाख १७ हजार प्रतिक्रिया आएको छ भने ८०५ पटक सेयर भएको छ।

साउथ एसिया चेकले सामाजिक सञ्जालमा फैलिएको उक्त तस्बिर र दाबीको तथ्य जाँच गरेको छ।

बुद्ध एयरको आधिकारिक ट्वीटर अकाउन्टमा राखिएको तस्बिरको स्क्रिनसट

यसक्रममा हामीले विभिन्न अनलाइन प्लेटफर्ममा ‘रिभर्ज इमेज सर्च’ गर्दा भेटिएन। गुगलमा सम्बन्धित किवर्ड टाइप गरेर खोज्दा हामीले बुद्ध एयरको ट्वीटर अकाउन्टमा सामाजिक सञ्जालमा शेयर गरिएको तस्बिरसँग मिल्दोजुल्दो तस्बिर फेला पार्यौ। बुद्ध एयरको आधिकारिक ट्वीटरबाट २०७५ पुष २ गते पाइलट आङ गेलु शेर्पा, एअरपोर्टका कर्मचारीसँग पूर्व राजारानीको सामुहिक तस्वीर ट्वीट गरिएको पाइयो। बुद्ध एयरले आफ्नो विमानबाट पूर्व राज दम्पत्ति काठमाडौंबाट पोखरा जाँदै गर्दा खिचिएको तस्बिर भएको जनाएको छ ।

हामीले सामाजिक सञ्जालमा सेयर गरिएकाे तस्बिरकाे स्राेत फेला पार्न सकेनाैँ । तर बुद्ध एयरले नै प्रकाशित गरेकाे तस्बिर त्यसैबेला खिचिएका मध्येकाे एक भएकाे निष्कर्षमा हामी पुग्याैँ । त्यतिबेला पूर्व राजा र रानीले लगाएकाे लुगा, क्याप्टन शेर्पा र अन्य कर्मचारीकाे पाेजिसनले सामाजिक सञ्जालमा फैलिएकाे तस्बिर झण्डै तीन वर्ष अघिकाे हाे भनी निर्क्योल गर्न सकिन्छ ।

त्यसैले गत असोज ११ गते काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरकाे विमानमा पूर्व राजारानी चढेको भन्ने दाबी गलत छ।

(यो सामग्री साउथ एसियाचेक डट ओआरजीले तयार पारेको हो)

बुधबार, असोज १३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.