• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

औषधिमा व्यवसायीको मोनोपोली- कोही दर्तै नगरी बिक्री गर्छन्, कोही कृत्रिम अभाव सिर्जना गर्छन्


शनिबार, भदौ १२, २०७८ मा प्रकाशित

Advertisement

काठमाडौं- औषधि व्यवस्था विभागले गत वर्ष कुवापानी मेडिसिन सप्लायर्सको सेवा ठप्प हुनेगरी ६ महिनाका लागि स्वीकृति निलम्बन गर्‍यो। त्यसको कारण थियो- औषधि सञ्‍चय। सो सप्लायर्सले ट्रमाडोल ३०० क्याप्सुल, जेनेग्रा १०० को १५६ ट्याब्स, जेनेग्रा रेड १०० को ३२ ट्याब्स सञ्‍चय गरेको विभागको आरोप थियो। विभागले सप्तरीको शम्भुनाथ नगरपालिका-३ को सिद्धि मेडिकल हलको स्वीकृति पनि ३५ दिनका लागि निलम्बन गर्‍यो। सो मेडिकलले पनि बिनादर्ताको औषधि सञ्‍चय गरेर राखेको थियो।

कानूनअनुसार औषधि स्टक गरेर बजारमा कृत्रिम अभाव सिर्जना गर्नु र दर्ता नभएका औषधि स्टक गर्नु दुवै अपराध हुन्। विभागले औषधि ऐन, ०३५ को दफा-२० को उपदफा-४ (क) बमोजिम कानूनविपरीत गर्ने त्यस्ता औषधि पसलहरूलाई अनुगमन गरी कारवाही गर्दै आएको छ।

माथि उल्लेखित कुवापानी मेडिसिन र सिद्धि मेडिकल हललाई जस्तै विभागले आर्थिक वर्ष ०७७-७८ मा मात्रै ८७ वटा औषधि पसललाई कारवाही गर्‍यो। तर, यतिले मात्रै औषधि व्यवसायी र कम्पनीहरूको मोनोपोली रोकिनेवाला छैन। विभागले कानूनविपरीत काम गर्ने औषधि पसलहरूको अनुगमन र नियमन त गर्छ, तर त्यो पर्याप्त छैन। बरु कतिपय ठाउँमा विभागकै मिलेमतोमा समेत मानव स्वास्थ्यजस्तो संवेदनशील विषयमा खेलबाड गर्ने काम भइरहेको छ। विभागले कर्मचारी अभावलाई कारण देखाएर बलियो निगरानी गर्न सकेको छैन भने कोभिड-१९ महामारीलाई मौका बनाएर व्यवसायीले मनपरि गरिरहेका छन्। बजारमा न्यून गुणस्तरका औषधिको बिगबिगी छ। मूल्यमा पनि व्यवसायीकै मनपरी चलेको छ। तर, विभागले त्यसको नियमन गर्न सकिरहेको छैन।

महामारीसँगै माग बढ्यो, कृत्रिम अभाव अर्को समस्या

कोभिड-१९ महामारी फैलिएसँगै विश्वभर औषधिको माग बढेको छ। मानिसहरूको ध्यान स्वास्थ्य सावधानीमा परेको छ, जसका कारण मानिसहरू सामान्य रोगमा पनि औषधि सेवन अनिवार्य ठानिरहेका छन्। त्यहीकारण औषधिको माग संसारभरि उच्च छ। नेपालमा पनि औषधिको माग मात्रै होइन, आपूर्ति पनि बढेको छ। स्थानीय उत्पादनको खपत पनि उच्च छ। माग बढेको मौकामा व्यवसायीले कृत्रिम अभावसमेत खडा गर्ने गरेका छन्।

सरकारले केही समयअघि सिटामोलको मूल्य घटाएर एक रुपैयाँमा झार्‍यो। तर, व्यवसायीले त्यसमा नाफा नहुने भन्दै त्यसको बिक्री वितरण नै बन्द गरे। त्यहीकारण बजारमा कृत्रिम अभाव नै सिर्जना भयो। समय-समयमा अभाव सिर्जना हुनुका पछाडि कच्चा पदार्थ अभावका कारण औषधिको उत्पादन घट्नु हो।

बेला-बेलामा यस्तो समस्या दोहोरिने गरेको छ। व्यवसायीहरूका अनुसार कतिपय ठाउँमा ढुवानी समस्या छ त कतिपय ठाउँमा कारोबारको। बिक्रेताको तहसम्म आइपुग्दा आवश्यक पर्नेजति पुँजी अभावले व्यवसायीले भनेजति लगानी गर्न सक्दैनन् र ढुवानीमा ढिलाइ हुँदा बजारमा अभाव सिर्जना हुन्छ। त्यसभन्दा जटिल समस्या भने कृत्रिम अभाव सिर्जनाकै हो।

नेपाल औषधि व्यवसायी संघ काठमाडौंका कोषाध्यक्ष तथा स्वयम्भु फर्माका सञ्‍चालक शंकर महर्जन औषधि अभाव र स्टकजस्ता समस्यामा ठूला व्यवसायी र कम्पनीहरूको हात हुने बताउँछन्। ‘समय-समयमा त्यस्तो समस्या देखिन्छ। अस्ति मात्रै सिटामोलकै अभाव थियो, जसको मुख्य कारण त्यसको मूल्य हो। सरकारले मूल्य घटाएपछि व्यवसायीले त्यति मूल्यमा दिन सक्दैनौँ भनेका हौँ,’ उनले भने, ‘मेरो विचारमा हरेक औषधिको अभावका पछाडि फरक-फरक कारण हुन्छन्।’ त्यस्ता समस्या सिर्जना गर्नेमा साना व्यवसायी वा स्थानीय डिस्ट्रिब्युटरहरूको ठूलो भूमिका नहुने उनको भनाइ छ।

नेपालमा उत्पादित औषधिले मुलुकको कुल आपूर्ति वा प्रयोगमा ४० प्रतिशतभन्दा माथि धानिरहेको व्यवसायीको दाबी छ। त्यसबाहेक ६० प्रतिशत औषधिका लागि विदेशी उत्पादनमै निर्भर हुनुपर्ने अवस्था छ। त्यसमा पनि ९० प्रतिशत त भारतमै निर्भर छ। औषधि कारोबारमा पनि भारतीय कम्पनीहरू नै हाबी छन्। एक ढंगले हेर्ने हो भने नेपाली बजार भारतको कब्जामा छ। ‘उसले मूल्य बढायो भने यहाँ पनि बढ्छ, घटाए घट्छ। बजार उसैको नियन्त्रणमा छ,’ एक व्यवसायीले भने, ‘यो त एकप्रकारको कब्जा नै हो।’

नेपाली औषधि व्यवसायीहरू पनि भारतीय कम्पनीहरूले नेपाली बजार प्रभावित पार्ने बताउँछन्। कतिपय विदेशी कम्पनीले मागभन्दा दोब्बर-तेब्बर उत्पादन पठाउँछन्, ओभर स्टक हुन्छ। कतिपयले भने मूल्यमा चलखेल गर्न कृत्रिम अभाव सिर्जना गर्ने गरेका छन्।

नेपाल औषधि व्यवसायी संघका कोषाध्यक्ष महर्जनले भने, ‘साना व्यवसायीले चार-पाँच महिना धान्‍ने गरी औषधिको डिमान्ड गर्ने हो। ल्याएर अनावश्यक स्टक गर्ने वा थन्क्याएर राख्‍ने भन्‍ने हुँदैन, छिटो बिक्री भए फेरि मगाउन पैसाको पनि समस्या हुँदैन,’ महर्जन भन्छन्, ‘यसमा मुख्य कुरा त माग र आपूर्तिको सन्तुलन मिलाउने नै हो।’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार ११ चैत ०७६ देखि २८ साउन ०७७ सम्मको अवधिमा नेपालमा दुई अर्ब ८२ करोड ५५ लाख ८० हजार रुपैयाँबराबरको औषधिको कच्चापदार्थ आयात गरिएको थियो। सो अवधिमा तयारी औषधि भने आठ अर्ब ६१ करोड ५८ लाख ६ हजार रुपैयाँबराबरको आयात भएको थियो।

शनिबार, भदौ १२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

भर्खरै

  • १.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • २.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ३.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ४.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ५.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ६.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ७.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ८.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.