• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

स्वर्णिम वाग्लेसँग अपेक्षा ५० प्रतिशत, मूलधारका नेताहरूको शून्य


    Avatar photo
मङ्गलबार, चैत २१, २०७९ मा प्रकाशित

एउटा पटर-पटर बोल्ने सांसदले केही परिवर्तन ल्याउन सक्दैन भन्‍ने पनि देखिसकिएको छ। उनले अरू सांसदहरूलाई आफ्नो पक्षमा नल्याई हुँदैन। भोलि उनका ‘कुरा’मा अरू पनि आउलान् या नआउलान् यसै भन्‍न सकिँदैन।

Advertisement

 

स्वर्णिम वाग्लेको त्यो ‘कनक्लेभ’

कसैले वास्तविक धरातलमा ओर्लेर काम गरेर नदेखाउन्जेल उसप्रति विश्‍वास गर्ने आधार २ वटा रहन्छन्। पहिलो- उसले के बोल्छ र दोस्रो- उसले के गर्छ भन्‍ने नै हो। अलिक मिहिनेत गरेर हेर्दाचाहीं उसको विगत अर्थात् ‘ट्रयाक रेकर्ड’ हेर्ने हो।

स्वर्णिम वाग्ले तेज तर्रार छन्। यो उनको ‘देखिने’ क्षमता हो, तर यति भन्दैमा उनले मूलुकलाई सही दिशामा लगिहाल्छन् भन्‍न सकिँदैन। त्यसमाथि अहिले उनी हुन खोजेको एउटा ‘सांसद’ मात्र हो। यत्रो विधि सांसदको हुलमा उनी फगत् ‘एउटा अर्को’ सांसद हुन मात्र खोजेका हुन्। एउटा पटर-पटर बोल्ने सांसदले केही परिवर्तन ल्याउन सक्दैन भन्‍ने पनि देखिसकिएको छ। उनले अरू सांसदहरूलाई आफ्नो पक्षमा नल्याई हुँदैन। भोलि उनका ‘कुरा’मा अरू पनि आउलान् या नआउलान् यसै भन्‍न सकिँदैन।

मैले चिनेको स्वर्णिम वाग्ले ‘इकोनोमिस्ट पोलिटिसियन’ हुन्। उनी आफ्नो विषयमा धाराप्रवाह बोल्छन्, उनको बोल्ने शैली प्रखर लाग्छ मलाई। उनी प्रष्‍ट र स्पष्‍ट छन्। गालीगलौज र आक्षेपको भाषा उनी प्रयोग गर्दैनन् आजका दिनसम्म, भोलि कस्ता निस्कन्छन् भन्‍न सकिँदैन।

धेरैले सुनेको हुनपर्छ उनको एउटा मन्तव्य ‘अन कन्टेम्पोररी पोलिटिक्स’, जुन मैले भर्खरै सुनेपछि केही लेख्‍न वाध्य महशुस गरें। (https://www.youtube.com/watch?v=W0d4c-NO8N8)

उनको एउटा गजबको क्षमताचाहीं ‘म्याप टु ग्राउन्ड एन्ड ग्राउन्ड टु म्याप’ गर्न सक्ने कला हो। यो कलामा मात्र सीमित नहोओस्। अहिलेलाई यत्ति मात्रै भन्‍न सकिन्छ।

समकालीन राजनीतिका डाक्टरहरू शक्तिहीन, ऊर्जाहीनको बाटो हुँदै विवेकहीन हुने बाटोमा लागेका छन्। कोही शेरबहादुरका भरिया, कोही खड्गप्रसादका हली मात्र सावित भएका छन् तिनीहरू। अर्का एकजना राजनीतिका डाक्टर बाबुराम भट्टराईका बारेमाचाहीं २ शब्द खर्चने काम पनि छैन। आफैं दिग्भ्रमित भएका अरू कतिपय डाक्टरहरू विदेशीका खेताला मात्र छन्। वाग्लेलाई पनि अमेरिकाको एजेन्ट भन्‍ने जमातको कमी छैन। त्यो झुटो सावित होस्।

मैले भर्खरै ज्वाइन गरेको एमफिल कक्षामा सुनेको ‘फिलोसफिकल थ्योरिज’ वाग्लेलाई नआउने कुरै भएन। ‘थ्योरी’बाट ‘प्राक्टिकल’ र ‘प्राक्टिकल’बाट ‘थ्योरी’मा उनी जसरी सरस-सरल ढंगले पदार्पण गर्थे, त्यो विलक्षण प्रकृतिको छ। भलै, यो क्षमताले केही गरिहाल्छ भन्‍नेचाहीं होइन।

स्वर्णिम वाग्लेको प्रतिष्‍पर्धी सांसद को हुनसक्छ ?

मूलधारका समसामयिक नेताहरूका अनुहार सम्झिउँ त एकपटक। अन्तर्राष्‍ट्रिय फोरमहरूमा ‘स्पिच डेलिभर’ गर्ने त धेरै टाढाको कुरा, यही नेपाली धर्तिमै दोहोरो संवाद गर्ने रुचि, क्षमता, जाँगर कसैमा म देख्दिनँ। यसमा मेरो जानकारी अधुरो-अपुरो हुन सक्छ। फोरमहरूमा धाराप्रवाह बोल्दैमा योग्यता प्रमाणित भइहाल्दैन। तर, गालीगलौजबिनाको, राग-ईर्ष्‍या-द्वेषबिनाको, कुण्ठारहित तवरले अगाडिको बाटो बताउन सक्ने कुनचाहीं माइकालाल छन् त यो देशमा, मलाई बताउनुहोस्। भविष्‍यमा जे गर्लान्-नगर्लान् शंका-आशंका गर्न पाइन्छ तर ‘बेनेफिट अफ डाउट’ उनले पाउनै पर्छ। किनकि, ‘अरू’का चरित्र, क्षमता, विश्‍वसनीयता, विगत-आगत सबै देखिएकै छ।

स्वर्णिम वाग्लेले कांग्रेस छाड्नुका भित्री कारण शीर्षकमा हिमाल खबरपत्रिकामा आलेख छापिएको छ। पत्रकारहरूले पाएको सूचनामा आधारित आलेख छाप्नु छपाउनु ठूलो कुरो भएन। (https://www.himalkhabar.com/news/135124)।

उनलाई चरम व्यक्तिवादी मात्र नभई अवसरवादीको रूपमा त्यस आलेखमा चित्रित गरिएको छ। यसैलाई लिएर सामाजिक सञ्‍जाल खासगरी ट्विटरमा धेरै आरोप प्रत्यारोप चुलिएको छ। उनी वास्तवमै अर्को प्रकाशशरण महत वा ज्ञानेन्द्र कार्कीजस्ता डाक्टर नहोऊन् भन्‍ने कामना मात्र गर्न सकिन्छ।

बेलायतका अहिलेका प्रधानमन्त्री ऋषि सुनाक राजनीतिमा होमिएको केही वर्षमै प्रधानमन्त्री चुनिएका छन्। बेलायती जनताको भरोसा छ उनीप्रति। उनी पार्टीमा क्याडर बनेर वर्षौं आफ्नो पालो कुरेर बसेका होइनन्, बरु ‘ल्याटरल’ प्रवेश पाएका व्यक्ति हुन्। न उनी कुनै विद्रोहात्मक आन्दोलनमा लागेका वा १४ वर्ष जेल बसेका वा जेल तोडेर भाग्न सफल भएका वा यस्तै कुनै किसिमका हुन्। नेपालमा भने यसप्रकारको विगतलाई ‘खतरा’ योग्यता मान्‍ने चलन छ। उता बेलायतमा भने ‘मेरिट’लाई मात्र राजनीतिक योग्यता मानिँदोरहेछ।

अहिलेका यी वाग्लेले पनि ५ वर्ष कुरेर बस्‍न नसक्ने, त्यसो गर्दा आफ्नो उमेर र ऊर्जा ढल्कँदै जाने बताएका छन्, नेपाली कांग्रेस छाड्ने बेलामा। ऊर्जा सकिएपछि बन्‍ने व्यक्तित्व भनेको फेरि पनि उही प्रकाशशरण महतकै ‘नेक्स्ट भेरियन्ट’ हो।

अहिले उनीसँग भएको भनेको एउटा बोल्ने मुख मात्र छ। रवि लामिछानेको पार्टीबाट उनले सपोर्ट पाउने होइन, उनबाटै ‘रास्वपा’ले सपोर्ट पाउने देखिन्छ।

मङ्गलबार, चैत २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाहुण्डाँगीको मानव-हात्ती द्वन्द्व : जैविक मार्ग कि किसानको पीडा ?
निजामतीमा अवकाशको नयाँ प्रावधान : अनुभवी कि नयाँ ?
मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
एक अनर्थ शास्त्रीको अर्थशास्त्रीहरूलाई सुझाव
अत्यधिक र अनियन्त्रित लोकतन्त्रले बिगारेको नेपाली आदत (बुँदागत विश्लेषण)
संविधानको कसीमा राष्‍ट्रीय हित र राष्‍ट्रीय सुरक्षा

भर्खरै

  • १.
    गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

  • २.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • ३.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ४.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ५.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ६.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ७.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ८.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.