• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

कांग्रेस महाधिवेशनमा विलम्व : नेतृत्वको अक्षमता


    Avatar photo
बिहिबार, साउन २१, २०७८ मा प्रकाशित

विधानतः प्रत्येक चार वर्षमा हुनुपर्ने नेपाली कांग्रेसको महाधिवेशन साढे पाँच वर्षको समयावधिभित्र पनि हुन नसक्नु नेतृत्वको अक्षमता हो। लोकतान्त्रिक लिगेसी बोकेको कांग्रेसको महाधिवेशनको मिति तय भएर पनि पटकपटक पछाडि धकेलिनुले नेतृत्वको चरम लापरवाहीसँगै असफलता पनि प्रदर्शित भएको छ ।

Advertisement

लोकतान्त्रिक मूल्यमान्यता बोकेको एउटा जीवन्त पार्टीमा महाधिवेशन निर्धारित समयमा हुनुले नेतृत्व विकास एवं पार्टीमा ऊर्जा दिन्छ। त्यसमा पनि स्वस्थ्य प्रतिस्पर्धाबाट नेतृत्वको छनौट लोकतन्त्रको सुन्दर पक्ष हो। त्यसैले त अद्यावधिक निर्वाचन को व्यवस्था संविधान र विधान मा अनिवार्य गरिएको हुन्छ।

काबुभन्दा बाहिरको परिस्थितिका लागि समयावधि थप गर्न पाउने वैधानिक व्यवस्थालाई टेकेर नेतृत्वको आयु लम्ब्याउन खोज्ने प्रवृत्तिलाई पद्धति बनाउदै जाँदा गलत नजीर स्थापित हुन्छ। त्यस्तो प्रवृत्तिले न त लोकतन्त्र सुदृढ हुन्छ न त पार्टी सङ्गठन नै।

त्यसमा पनि कांग्रेसजस्तो ऐतिहासिक लोकतान्त्रिक पार्टीले विधिविधानको मर्मलाई पालन नगर्ने हो भने सुसंस्कृत राजनीतिको शिक्षा अरू कुन पार्टीबाट आशा गर्न सकिन्छ र ? सक्षम, सुदृढ एवं सबल कांग्रेसको लागि गतिशील नेतृत्व चाहिन्छ।

महाधिवेशनको मुखमा क्रियाशील सदस्यताको विवाद विधानतः नहुनु पर्ने हो । तर, हरेक पटक उही पुरानो रोग दोहरिएको हुन्छ । यसप्रति नेतृत्वको उदासीनता र इच्छाशक्तिको कमी देखिन्छ। यसप्रति नेतृत्व गम्भीर बनोस् र अब निर्धारित हुने मितिमा दृढताका साथ महाधिवेशन सम्पन्न गरियोस्। यो कांग्रेस र लोकतन्त्रप्रति चिन्तनशील प्रत्येकका लागि चिन्ता र सरोकारको विषय बनेको छ ।

उपाध्याय नेपाली कांग्रेस पर्साका उपसभापति एवम् महासमिति सदस्य हुन् ।

बिहिबार, साउन २१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
एक अनर्थ शास्त्रीको अर्थशास्त्रीहरूलाई सुझाव
अत्यधिक र अनियन्त्रित लोकतन्त्रले बिगारेको नेपाली आदत (बुँदागत विश्लेषण)
संविधानको कसीमा राष्‍ट्रीय हित र राष्‍ट्रीय सुरक्षा
लागूऔषध नियन्त्रणमा सामाजिक सरोकार !
वर्तमान सरकार, लगानी र विकासको सम्भावना !

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.