• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

म आफूलाई गतिलो पुलिस ठान्थें तर होइन रहेछ


    Avatar photo
शनिबार, चैत १८, २०७९ मा प्रकाशित

मैले १ वर्षको आधारभूत तालिममा नपढेको र एसपी होउन्जेल नसिकेको ‘कानून’ धनुषाले सिकायो । मेरो लागि पुलिसिङ सिक्ने ‘युनिभर्सिटी’ बन्यो धनुषा । 

Advertisement

नेपाल प्रहरीमा २० वर्ष जागिर गरेपछि ०६८ सालमा म एसपी भएँ। मेरो ब्याचका धेरैको जिल्ला प्रहरी कार्यालयमा सरुवा हुँदा मेरो भएन। सबैको सरुवा भयो, मेरोचाहीं किन भएन भनेर आईजीपी रवीन्द्रप्रताप शाहलाई सोधें। उहाँले ‘ए, तिमी पनि जिल्ला जाने ? पहिल्यै भन्‍न पर्दैन ? मलाई के थाहा तिमी जिल्ला जान इच्छुक छौं भनेर; ल अर्कोपटक हेरौंला’ भन्‍नुभयो। अर्कोपटकको सरुवामा मेरो सरुवा जिल्ला प्रहरी कार्यालय धनुषा पर्‍यो। झसंग भएँ, त्यतिबेलाको धनुषा, मधेश आन्दोलनको आगो भर्खर निभेको भए पनि रापताप सेलाएको थिएन, भूमिगत सशस्त्र समूहहरूका जगजगी थियो। मुलधारको राजनीतिको केन्द्रविन्दु। आदिआदि।

मभन्दा अघिका एसपीहरू, नामै लिनपर्दा हरिबहादुर पाल, उहाँभन्दा अघिका सर्वेन्द्र खनाल सर, दिनेश अमात्य सर, यादव खनाल सरहरूले मधेश आन्दोलनताका काम गर्नुभएको थियो। सानोतिनो प्रयासले धनुषा चल्नेवाला थिएन। त्यसबेलाका प्रहरीहरूले आफ्नो व्यक्तिगत जीवन भन्‍ने कुरा चाल पाउन सक्ने कुरै थिएन। रातदिन काम गर्दा पनि कुनचाहीं काम सफल हुने र कुन चाहींले डुबाउने हो यकिन थिएन। सर्वेन्द्र सरले आफ्नै डीएसपीलाई निलम्बन गर्नपर्‍यो र त्यो काम सजिलो थिएन। माओवादी र भूमिगतहरूको ‘थ्रेट’ यति चर्को थियो कि एसपीहरू ‘कुलडाउन’ हुनै सक्दैनथे। त्यतिबेलाका एसपीहरूका कार्यकाल हेर्ने हो भने बढीमा ६ महिना। सीडीओको कार्यकाल बढीमा ३ महिना। कोही कहीं टिक्नसक्ने अवस्था थिएन।

म आफूलाई गतिलो एसपी ठान्थें तर होइन रहेछ। समस्याहरू बिग्रँदै जाँदा क्रोनिक भएर जब संकटमा परिणत हुन्छन्, त्यतिबेला एसपीको परीक्षण हुने रहेछ। मैले एकप्रकारले हार खाएको अवस्था थियो। तर, सीडीओ साब र एसएसपी साबहरूको सहयोगले जीवितै रहन सफल थिएँ। वसन्तराज गौतम सर, वीरेन्द्रकुमार सिंह सर र हरिकृष्‍ण सरसमेत ३ जना सीडीओ साबहरूसँग काम गर्ने अवसर पाएँ। तत्कालीन अञ्‍चल प्रहरी कार्यालयका एसएसपी माधव जोशी सर हुनुहुन्थ्यो। उहाँहरूले नटिकाएको भए मेरो हालत नाजुक हुनेवाला थियो। खासगरी, रामानन्दचोकमा बम विष्‍फोट भएपछिको अवस्था र अरू पनि धेरै घटनामा उहाँ सरहरूले आफैं खटेर काम गरिदिनुभयो, जिल्ला प्रहरीको एसपीका लागि। आईजीपी रविन्द्रप्रताप शाह सरले पनि ‘तिमी हरेश खाने होइन, त्यहाँबाट छुटकारा पाउँदैनौ, लड, भिड, काम गर, नथाक’ भनेर निर्देशन दिइरहनुभयो। पौडी खेल्न नआउनेलाई स्विमिङ पुलमा फालिदिएको जस्तै अवस्था थियो। या त पौडी खेल या डुबेर मर भनेजस्तो।

मैले माथि नाम लिएका सरहरूलाई व्यक्तिगत रूपमा कहिल्यै आभार प्रकट गरेको थिइनँ। हालै हरि पाल सरको छोरोको ब्रतबन्धको निम्तो मान्‍न जाँदा करिब ११ वर्षपछि रवीन्द्रप्रताप सरसँग भेट भयो, साथै सबै पुराना कुराहरू स्मरण गर्ने अवसर जुट्यो। जिल्ला प्रहरी कार्यालय धनुषाको कार्यानुभवले मलाई आफूले महशुस गर्नेगरी प्रहरी बनाएको तथ्य प्रकट गरें। साथै राजनीतिक वृत्तबाट एसपी हटाउन लबिङ हुँदा पनि मेरो निरन्तरताका लागि सबै खपेर बस्ने नेतृत्वप्रति कृतज्ञ भएँ। मलाई अहिले कतिपय पूर्वप्रहरी अधिकृतहरूसँग भेट हुँदा लाज लाग्छ किनकि म आफूलाई त्यतिबेला विशिष्‍ट ठान्दथें। तर, मभन्दा अघिका सरहरूले अझ ठूलो भारी बोक्नुभएको रहेछ र उहाँहरू मभन्दा धेरै व्यावसायिक पनि हुनुहुँदो रहेछ।

म तालिम केन्द्रको कमान्डेन्ट छँदा प्रदेश प्रहरी कार्यालयको डीआईजी केदार रिजाल सर हुनुहुन्थ्यो। उहाँको काम गर्ने स्टाइल देख्दा म चकित पर्थें। म पनि एउटा प्रदेशको प्रमुख भएँ तर मलाई लाग्दैन मैले उहाँले जति काम गरें। उहाँको सकृयता जति थियो, त्यसको ५० प्रतिशत काम मैले गरें होला। सफल-असफलको कुरा छाडौं। व्यावसायिकताको कुरा गर्दा म उहाँहरू जति हुनुहुन्थ्यो, त्यसको आधाजति मात्र थिएँ। मेरो सौभाग्य के रह्यो भने म कहिल्यै नेताको फेरो समातेर इन्चार्ज खान गइनँ। जति गएँ संगठन प्रमुख आईजीपीको ‘बल’ले गएँ। र, त्यस कारण कसैलाई नटेरी उस्तै परे मुखमुखै लागेर आफ्नो कार्यकाल बिताउन सफल भएँ। मलाई कसैले असमयमा आफ्नो दरबन्दीबाट हटाएनन् पनि। यसमा भने मलाई अहिले पनि गर्व लाग्छ। अबका प्रहरी अधिकृतहरू मजति भाग्यशाली होलान् कि नहोलान्।

मैले जिप्रका धनुषाको कार्यभार बुझ्दा भूमिगत मात्रै होइन, भूमिमाथिका सतहमा देखिने डनहरूको उत्तिकै बिगबिगी थियो। मैले नसके पनि मपछिका उत्तम सुवेदीजीले ठेगान लगाउनुभएको थियो, तिनीहरूलाई। मैले धनुषा टेकेको दिन सर्वत्र बन्द थियो र त्यो पनि महिनौंदेखि। आज खुल्यो भोलि बन्द। यातायात बन्द। नगरपालिका बन्द। शिक्षा कार्यालय बन्द। स्कुलहरू बन्द। त्राहीमामको अवस्था। त्यसमाथि कुनै अनुभव नभएको, काम नजानेको, अनुसन्धानको ‘अ’ पनि नजानेको तर आफूलाई धुरन्धर ठान्‍ने मजस्तो एसपी कार्यालय प्रमुख भएको अवस्था। मेरो धतुरो झर्नसम्म झर्‍यो, धुवाँ पुतपुतायो। कसैगरी टिक्नपर्ने, भाग्‍न नपाइने वाध्यता आइलागेपछि मान्छे कठोर हुंदै जाने रहेछ। विस्तारै मलाई ऐन-कानूनका दफाहरू कण्ठस्थ हुन थाले। काम गर्ने तौरतरिकाहरू पनि जान्‍न, बुझ्‍न थालें। सीमावर्ती भारतका मधुवनी र सीतामढी जिल्लाका एसपीहरूसँग पनि भेटघाट भयो। र, तिनीहरूका कुरा सुन्दा मलाई एउटा व्यावसायिक प्रहरी नबनी नहुने बाध्यता आइलाग्यो।

मेरो अर्को सौभाग्य के रह्यो भने मेरो मातहतका इन्स्पेक्टरहरू खुङ्खार थिए। गोविन्द पुरी, नारायण चिमोरिया, मछिन्द्र केसी, अभय जोशी, नवराज अधिकारीहरूले राम्रोगरी मिहिनेत गरे, जसको फाइदा मलाई पुग्यो। त्यति मात्र होइन, मातहत अधिकृतहरूबाट मेरो ३० वर्षे करिअरमा कहिल्यै धोका भएन। किन र कसरी भन्‍ने थाहा भएन तर मैले सधैं राम्रा अधिकृतहरूको साथ पाएँ। मेरो लागि खटेर काम गर्ने मातहत पाएको थिएँ मैले सदैव। यस्तो कसरी भयो म आफैं अचम्भित हुन्छु अहिले। सुदूर पूर्वदेखि सुदूर पश्चिमसम्म काम गरें, सधैं मैले मातहतको मन जितें; मेरो प्रतिष्‍ठाका लागि सबैले अमूल्य मिहिनेत गरेका छन्।

पुलिसमा जति मिहिनेत गरे पनि नदेखिने मात्र होइन, सरुवा भएको भोलिपल्टै बिर्सिइँदो रहेछ। निरन्तर खट्ने प्रहरीको अलिकति मात्र सुनुवाइ हुँदोरहेछ। म आफैं पनि एक दिन क्याजुअल विदा नबसी कैय्यौं वर्ष बिताएको छु। कुनै साल त ३६५ दिन नै कार्यालय गएको छु। ज्वरो आउँदा पनि कसैलाई बिरामी परेको छनकसम्म नदिई काम गरेको छु। किनकि, काम बिग्रँदा वा ढिलासुस्ती हुँदा त्यसको अपजस आईजीपीलाई पर्ने हुन्छ। मैले नजिक भएर काम गरेका आईजीपी साबहरू यस्ता थिए कि गृह मन्त्रालयमा ‘डाइलग’ खान-सुन्‍न परे पनि मातहतलाई ‘टर्चर’ नदिने। संगठन प्रमुखलाई कसैले छेडखानी गर्लान् कि भन्‍ने पीरले मैलेजस्तो रातोदिन खटेर काम गर्ने अरू पनि धेरै छन्। अहिले पनि प्रहरी कर्मचारीहरू जति खटेर काम गर्छन्, त्यसको ५० प्रतिशत काम गर्दा निजामतिमा उत्कृष्‍ट कहलाइन्छ।

धनुषावासीले अन्यथा नठानून् तर म खासमा प्रहरी भएको चाहीं त्यहींबाटै हो। त्यसअघि म ठिटौले डीएसपी थिएँ। मैले १ वर्षको आधारभूत तालिममा नपढेको र एसपी होउन्जेल नसिकेको ‘कानून’ धनुषाले सिकायो। मेरो लागि पुलिसिङ सिक्ने ‘युनिभर्सिटी’ बन्यो धनुषा। पछिल्लो भेटमा मैले रवीन्द्रप्रताप सरलाई सबै कुरा भन्‍न नभ्याए पनि कृतज्ञताचाहीं टक्र्याएँ। यतिका दिनपछिको भेटले मन प्रफुल्लित बनायो।

शनिबार, चैत १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एक अनर्थ शास्त्रीको अर्थशास्त्रीहरूलाई सुझाव
अत्यधिक र अनियन्त्रित लोकतन्त्रले बिगारेको नेपाली आदत (बुँदागत विश्लेषण)
संविधानको कसीमा राष्‍ट्रीय हित र राष्‍ट्रीय सुरक्षा
लागूऔषध नियन्त्रणमा सामाजिक सरोकार !
वर्तमान सरकार, लगानी र विकासको सम्भावना !
त्रिभुवन विश्‍वविद्यालयमा पढाइने लोकतन्त्र र अहिलेका युवाले चाहेको लोकतन्त्र

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.