बनारस- भोजपुरी फिल्मकी अभिनेत्री आकांक्षा दुवे भारत बनारसको होटलमा मृत फेला परेकी छन्।
Advertisement
उनी एक फिल्म सुटिङ क्रममा बनारसमा थिइन्। आज होटलको कोठामा उनलाई मृत फेला पारिएको हो।
बनारसको सारनाथस्थित होटलमा उनी बसेकी थिइन्। घटनाबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको बनारसको वरुणा जोनका डीसीपीले ट्विटमार्फत जनाएका छन्।
उनको मृत्युको कारण खुल्न बाँकी छ। उनले आत्महत्या गरेको अनुमान पनि गरिएको छ।