• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता

स्रोत नखुलेको नगदसहित पक्राउ

जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो

होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ

अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

लोकप्रिय समाचार

  • १. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • २. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ

    Avatar photo
आइतबार, भदौ २८, २०८३ मा प्रकाशित

सान्टियागो-  चिलीमा पूर्वसैन्य शासक अगस्टो पिनोचेको तानाशाहीका पीडितहरूको स्मरणमा आयोजित प्रदर्शनका क्रममा २८४ जना पक्राउ परेका छन् । सरकारले शनिबार यसको जानकारी दिएको हो ।

Advertisement

सन् १९७३ देखि १९९० सम्म चलेको पिनोचेको शासनले चिलीमा गहिरो राजनीतिक र सामाजिक घाउ छोडेको थियो । शासनको अन्त्यपछि पहिलोपटक यस वर्ष उक्त अवधिको सम्झनामा सरकारले कुनै आधिकारिक कार्यक्रम आयोजना नगरेको बताइएको छ ।

राष्ट्रपति जोसे एन्टोनियो कास्टले इतिहासलाई मेट्न नसकिने बताउँदै देशले विगतबाट पाठ सिकेर भविष्यतर्फ अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । कास्टलाई मार्चमा पदभार सम्हालेका पिनोचेपछिका चिलीका पहिलो अति–दक्षिणपन्थी राष्ट्रपतिको रुपमा हेरिन्छ ।

पिनोचेको शासनकालमा तीन हजार २०० भन्दा बढी मानिस मारिएका वा बेपत्ता पारिएका थिए भने हजारौँलाई यातना दिइएको वा जेलमा राखिएको थियो ।

समाजवादी राष्ट्रपति साल्भाडोर एलेन्डेको सरकारविरुद्ध पिनोचेको नेतृत्वमा ११ सेप्टेम्बर १९७३ मा भएको सैन्य ‘कू’को सम्झनामा चिलीमा हरेक वर्ष प्रदर्शन हुँदै आएको छ ।

यस वर्षका प्रदर्शनमा केही प्रदर्शनकारीले दङ्गा नियन्त्रण प्रहरीमाथि लाठी र ढुङ्गा प्रहार गरेका थिए । प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेर उनीहरूलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो ।

सार्वजनिक सुरक्षामन्त्री मार्टिन अराउले ‘एक्स’मार्फत बिहीबार र शुक्रबार गरी २८४ जना पक्राउ परेका जानकारी दिनुभयो । उहाँका अनुसार यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ८० प्रतिशत बढी हो । पक्राउ पर्नेमा १६ विदेशी नागरिक र ३१ नाबालिग पनि छन् । प्रदर्शनका क्रममा १९८ वटा हिंसात्मक घटना भए पनि सर्वसाधारण घाइते नभएको उहाँले बताउनुभयो ।

सान्टियागोको ‘जेनेरल सिमेट्री’मा भएको प्रदर्शन सबैभन्दा ठूलो थियो । त्यहाँ एलेन्डे परिवारको समाधिस्थल रहेको छ र ¥यालीमा वामपन्थी पूर्वराष्ट्रपति गाब्रियल बोरिक पनि सहभागी हुनुभयो ।

राष्ट्रपति भवन ‘ला मोनेडा प्यालेस’ तथा ‘नेशनल स्टेडियम’मा पनि स्मृति कार्यक्रम आयोजना गरिए । पिनोचेको शासनकालमा नेशनल स्टेडियमलाई बन्दी बनाउने र यातना दिने स्थलका रूपमा प्रयोग गरिएको थियो ।

आइतबार, भदौ २८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता
स्रोत नखुलेको नगदसहित पक्राउ
जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो
होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते
राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा
अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

भर्खरै

  • १.
    इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता

  • २.
    स्रोत नखुलेको नगदसहित पक्राउ

  • ३.
    जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो

  • ४.
    होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते

  • ५.
    राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

  • ६.
    पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ

  • ७.
    अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

  • ८.
    कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.