• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

भारतमा गर्मी प्रतिरोधी गहुँको नयाँ प्रजाति !


सोमबार, फागुन २९, २०७९ मा प्रकाशित

नयाँदिल्ली- भारतीय कृषि अनुसन्धान परिषद (आईसीएआर)ले गहुँको नयाँ प्रजाति विकास गरेको छ।

Advertisement

‘एचडी ३३८५’ नाम दिइएको यो प्रजातिले जलवायु परिवर्तनबीच बढ्दो चर्को गर्मीमा पनि राम्रो उत्पादन दिने अपेक्षा कृषि वैज्ञानिकहरूको छ। परिषदको चामल अनुसन्धान संस्थानले उक्त प्रजाति विकास गरेको हो।

यो प्रजातिमा अत्यधिक गर्मी सहन सक्ने क्षमता रहेको वैज्ञानिकहरूले बताएका छन्। बढ्दो गर्मीमा मानिसलाई खाद्यान्‍न संकटबाट जोगाउन यो एक महत्त्वपूर्ण पहलकदमी रहेको उनीहरूको भनाइ छ।

गहुँ बालीले खासगरी फूल लाग्ने बेलामा उच्च तापमान अनुभव गर्छ। त्यसलाई ‘टर्मिनल हिट स्ट्रेस’ भनिन्छ। सोही अवस्थाको बालीलाई गर्मी सहन सक्ने बनाउनु नै त्यसबाट राम्रो फसल प्राप्त गर्नु रहेको कृषि वैज्ञानिकहरूको भनाइ छ।

‘एचडी ३३८५’लाई तापमान सहन गर्न सक्ने गरी विकसित गरिएको संस्थानका शोधकर्ताले जनाएका छन्। ‘गत वर्ष २७-२९ मार्चमा चर्को गर्मीको लहर चलेको थियो। त्यतिबेला नै गहुँ बालीमा गम्भीर असर देखिएको थियो,’ संस्थानका निर्देशक अशोककुमार सिंह भन्छन्, ‘त्यसैले हामीले त्यस्तो गर्मी सहन सक्ने गहुँको प्रजाति विकास गरेका हौं।’

सरकारी आँकडाअनुसार आर्थिक वर्ष २०२१-२२ को जुन-जुलाईमा ‘हिट वेभ’ अर्थात ‘लु’का कारण भारतमा गहुँको उत्पादन घटेर अघिल्लो वर्षका १०९.५९ मिलियन टनबाट १०६.८४ मिलियन टनमा समेटिएको थियो। त्यसयता भारत सरकारले गर्मी प्रतिरोधी खेतीमा जोड दिँदै आएको छ।

भारतका खेतमा गहुँ खासगरी १ देखि २० नोभेम्बरबीचमा छरिन्छ। त्यसको अर्थ मार्चसम्म पुग्दा गहुँको दानामा भरखर रस बस्‍न थालेको हुन्छ। र, मार्च अन्तिममा गहुँ उठाउन योग्य हुन्छ। त्यतिबेलै चल्ने ‘लु’ले फसल बिगारिदिन्छ।

त्यसबाट बचाउन वैज्ञानिकहरूले गहुँका विभिन्‍न प्रजातिलाई क्रस ब्रिडिङ गराएर नयाँ प्रजाति विकास गरेका छन्। यो नयाँ प्रजातिको बीउ साविकभन्दा १५ दिनअघि खेतमा छर्नुपर्ने वैज्ञानिकहरूको सिफारिस छ। १५ दिनअघि नयाँ प्रजातिको बीउ छर्दा अधिक बायोमास जम्मा गर्न सक्ने र तापमान सहन गर्ने शक्ति बटुल्ने उनीहरूको भनाइ छ।

गहुँको यो नयाँ प्रजाति यही वर्षदेखि बजारमा आउने संस्थानका अधिकारीहरूले बताएका छन्। र, सन् २०२४ को फसलमा यही प्रजातिको बाहुल्य रहने पनि उनीहरूको विश्‍वास छ।

सोमबार, फागुन २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

टाउको दुखिरहन्छ ? यसो गर्नूस्
यी हुन् चिसोमा सताउने रोग
मकै : स्वाद मात्र होइन, शरीरलाई ऊर्जा पनि !
गुनी सख्खरका गुनै गुन !
कोलोन क्यान्सरबाट बचौं !
पहिले ऋण चुक्ता कि लगानी ?

भर्खरै

  • १.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • २.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ३.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

  • ४.
    ५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

  • ५.
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

  • ६.
    संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

  • ७.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ८.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.