• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

इबोला प्रकोपले बढायो विश्व चिन्ता

सुनचाँदीको मूल्य घट्यो

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

यी हुन् चिसोमा सताउने रोग


    Avatar photo
शनिबार, कार्तिक २३, २०८२ मा प्रकाशित

(१) निमोनिया

Advertisement

जाडो मौसममा निमोनियाको संक्रमण बढी हुने गर्छ। जाडोयाममा ब्याक्टेरिया र भाइरसहरू सक्रिय हुन्छन्, जसका कारण धेरैलाई निमोनिया हुने गर्छ। फोक्सोका तन्तुहरू संक्रमित भई निमोनिया हुन्छ। जाडोयाममा विशेषगरी बालबालिका, दीर्घरोगी, ज्येष्‍ठ नागरिक, गर्भवतीहरूमा रोग प्रतिरोधी क्षमता कम हुने हुँदा बढी जोखिममा हुन्छन्।

निमोनिया हुँदा खोकी लाग्‍ने, खोकीसँगै बाक्लो र पहेंलो खकार आउने, उच्च ज्वरो आउने, कामज्वरो आएको महशुस हुने, सास फेर्न गाह्रो हुने, श्‍वासप्रश्‍वास छिटो-छिटो चल्ने वा सास लिन कठिनाइ हुने, अक्सिजनको मात्रा कम हुने, छाती घ्यारघ्यार हुने, कमजोर र थकित महशुस हुने, बेचैनी बढ्नेजस्ता समस्या देखिन्छन्। त्यसैले स्वस्थकर खानपानसँगै यो समयमा न्यानो भएर रहनुपर्छ।

(२) पिनास

पिनासले जाडो मौसममा विशेषगरी दुःख दिने गर्छ। शुरुमा रुघा लाग्छ र बेवास्ता गर्दै जाँदा त्यसले थप जटिलता निम्त्याउँछ। हाम्रो नाकसँग जोडिएको हड्डीभित्र खोपिल्टो हुन्छ। नाकभित्रको पानी चिसोका कारण बाहिर निस्कन नसकेपछि खोपिल्टो बस्छ। यसरी पानी भरिएपछि नाकभित्रको साइनस तन्तुमा आक्रमण गर्छ र पिनासको समस्या उत्पन्‍न हुन्छ। पिनास सामान्य रोगजस्तो देखिए पनि यसले दीर्घकालीन रूपमा ठूलो समस्या सिर्जना गर्छ।

यसले गर्दा नाकबाट पानीजस्तो पातलो सिंगान बग्छ, नाक बुझिन्छ, शिरमा अत्यन्त पीडा हुन्छ। रिंगटा लाग्‍ने, नाक सुक्खा हुने, रुघा लाग्‍ने, टाउको भारी भएर दुख्‍ने, पिनासले ग्रन्थीहरूमा दबाब दिँदा दुख्‍ने, स्वर परिवर्तित हुने, नाकको वरिपरि वा आँखाको ठीकमाथि पीडा हुने, गन्ध ग्रहण शक्ति कमजोर हुने, ज्वरो आउने, निरन्तर रुघा लाग्‍ने, बेचैनी बढ्ने, पटक-पटक हाच्छ्युँ आउने, नाकबाट सास फेर्न गाह्रो हुन्छ। यसको समयमै उपचार नगरे संक्रमणको समस्या नाकसँगै मस्तिष्‍क, आँखा र घाँटीसम्मै पुग्छ।

(३) दम

जाडो मौसममा बढी हुने समस्यामध्ये दम पनि एक हो। जाडो मौसममा दमका रोगीलाई निकै गाह्रो हुने गर्छ। जाडो मौसममा चिसो र सुख्खा हावाले श्‍वासप्रश्‍वासका नलीहरू खुम्चने समस्या हुन्छ। यसरी नली खुम्चिएपछि श्‍वासनली साँघुरो बन्दै जान्छ र श्‍वासप्रश्‍वासमा बाधा उत्पन्‍न हुन थाल्छ। यस्ता रोग भएकाहरूले विशेष ख्याल गर्नुपर्छ।

धेरै दम बढेमा त्यसले मुटुमा पनि असर गर्छ र मुटुको समस्या पनि थपिन सक्छ। चिसो हावा, धुलो, धुवाँ आदिका कारण यो समस्या पैदा हुन्छ। तसर्थ, जाडो भयो भनेर घरमा अनावश्यक आगो वा धुवाँ बाल्नु हुँदैन। घरबाट बाहिर निस्किँदा न्यानो कपडा लगाएर मात्र हिँड्नुपर्छ।

(४) रुघाखोकी

जाडोयामको अर्को मुख्य समस्या भनेको रुघाखोकी हो। जाडोयाम शुरु हुनासाथ मौसममा आउने परिवर्तनका कारण अधिकांशमा रुघाखोकीको समस्या देखिन थाल्छ। सिजनल भाइरसका कारण जाडो मौसममा रुघाखोकीका बिरामी अत्यधिक बढ्ने गरेको पाइन्छ। किनभने, जाडोमा इन्फ्लुएन्जाका कीटाणु र भाइरसहरू बढी सक्रिय हुन्छन्, जसका कारण मानिसमा रुघाखोकी लाग्‍ने गर्छ।

यस्तो संक्रमण एकबाट अर्कोमा सर्ने भएकाले पनि थुप्रै मानिसलाई प्रभाव पर्ने गर्छ। यो भाइरस कुनै संक्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा, बोल्दा, मुखबाट निस्किने पानीका कणहरू हावाका माध्यमबाट अर्को व्यक्तिमा सर्छन्। त्यसैले रुघाखोकी लागेको मानिससँग दूरी कायम गर्नुपर्छ। उनीहरूले प्रयोग गरेको सामान सकेसम्म प्रयोग गर्नु हुँदैन।

(५) बाथ, जोर्नी दुख्‍ने

जाडो मौसममा जोर्नी दुख्‍ने समस्या र बाथ रोगले पनि धेरैलाई सताउने गर्छ। हाम्रो शरीरभित्र र बाहिरको तापक्रम नमिल्दा जोर्नीसम्बन्धी समस्या देखा पर्छन्। त्यसैले अधिकांश मानिस यस समस्याबाट पीडित हुने गर्छन्। जोर्नी दुख्‍ने समस्याले हिँडडुल गर्नमै कठिनाइ उत्पन्‍न हुन्छ। उमेर धेरै भएका व्यक्तिहरूको उमेरसँगै हड्डी खिइँदै जाने हुँदा यो समस्याले बढी सताउँछ।

बाथका रोगीलाई चिसो मौसममा निकै गाह्रो हुन्छ। त्यसैले चिसो मौसममा जिउलाई न्यानो पारिराख्‍ने, राति सुत्दासमेत बाक्लो कपडा ओढ्ने, जिउलाई सक्रिय राखिराख्‍ने, न्यानो लुगा लगाउने, पैतालालाई न्यानो बनाउने, पर्याप्त तातो झोलिलो खानेकुरा खाने, भिटामिन ‘सी’ र ‘डी’युक्त खानेकुरा पर्याप्त खाने, क्याल्सियम खाने, सागपात, पोषणयुक्त खानेकुरा प्रशस्त मात्रामा खाने गर्नुपर्छ।

(६) एलर्जी

जाडोको समयमा एलर्जीको समस्या धेरै हुन्छ। एलर्जीका कारण रुघाखोकी, घाँटी दुख्‍ने, सुन्‍निनेजस्ता समस्या हुन्छन्। जाडोमा हुने यस्ता एलर्जीले स्वास्थ्यमा पनि भिन्‍नै प्रकारको समस्या निम्त्याउने गर्छ। यसको मुख्य कारण रोगप्रतिरोधी प्रणाली नै हो भने कतिपय अवस्थामा भने यो सधैंभरि देखा पर्छ।

जाडोमा लगातार हाच्छ्युँ आउनु र रुघाखोकी लाग्‍नु आफैंमा एक प्रकारको एलर्जीको संकेत हो। सामान्यतया, एलर्जी हुनुमा हानिकारक भाइरस र ब्याक्टेरिया मुख्य कारण हुने गर्छन्। विशेषगरी, चिसो वा जाडो मौसममा शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुने गर्छ, जसका कारण यस्ता भाइरस र ब्याक्टेरियाले शरीरमा छिट्टै असर गर्छन्। संवेदनशील छाला भएका व्यक्तिलाई पनि यो समयमा छालासम्बन्धी धेरै समस्या हुने गर्छ।

(७) हृदयाघात

जाडोमा धेरै मानिसलाई हृदयाघात हुने गर्छ। तापक्रममा आएको गिरावटले रक्तनली साँघुरिने र मुटुमा रगत पम्प गर्न गाह्रो हुने हुन्छ। यस्तै, जाडोमा रक्तचाप उच्च हुन्छ, जसले गर्दा नशा फुट्ने गर्छ। मुटुमा जमेर बसेको बोसो जाडोमा अझ धेरै जम्‍ने भएकाले यसले मुटुको नलीमा अवरोध उत्पन्‍न गरी हृदयाघातको जोखिम बढाउँछ।

त्यसैले जाडोमा बिहानै मर्निङ वाकमा निस्कनु हुँदैन। घाम लागेपछि मात्र निस्कनुपर्छ। खानपानमा विशेष ध्यान दिनुपर्छ।

(८) घाँटीको समस्या (टन्सिल)

चिसोमा देखिने अर्को प्रमुख समस्या हो, घाँटीको समस्या। जाडो मौसममा धेरैलाई घाँटीको संक्रमण हुने गर्छ। यस्ता संक्रमणमध्ये धेरैजसो भाइरल इन्फेक्सनका कारण हुने गर्छ।

 

शनिबार, कार्तिक २३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री
स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

भर्खरै

  • १.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • २.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ३.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ४.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ५.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ६.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

  • ७.
    खैरो हेरोइनसहित चार जना पक्राउ

  • ८.
    इबोला प्रकोपले बढायो विश्व चिन्ता

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.