• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

ह्यारी–मेघनको शाही हैसियत यथावत्

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

अबिच्युअरीः हिमालय बचाउ अभियन्ताको आजीवन संघर्ष


बुधबार, जेठ १९, २०७८ मा प्रकाशित

हिमालयको बिग्रँदो वातावरणीय स्थितिबारे विश्वव्यापी ध्यान तान्ने अभियान्ता सुन्दरलाल बहुगुनाको मृत्यु कोभिड-१९ र शोकबाट भयो

Advertisement

२१ मेमा कोभिड-१९ का कारण ९४ वर्षीय सुन्दरलाल बहुगुनाको मृत्यु भएपछि थुप्रै स्तुतिका शब्द ओइरिएका छन्। काठका लागि रूख काट्ने क्रियाकलाप र अदूरदर्शी विकास नीतिबाट हिमालयलाई बचाउन उनले गरेको आजीवन संघर्षको मर्मलाई श्रद्धाञ्जलीहरूले सावधानीपूर्वक छुँदैनन्। भारतको उत्तराखण्ड राज्यमा तेहरी बाँध निर्माण रोक्ने उनको असफल प्रयासलाई धेरैले उद्धृत गर्छन्। कमैले मात्र यसले उनलाई धेरै दुःखी बनाएको स्वीकार्छन्।

हिमालयमा अवस्थित तेहरी सहर नजिकैको मरोडा गाउँमा जन्मिएका बहुगुनाको ब्रिटिस शासित भारतको तेहरी राज्यविरुद्धको संघर्ष किशोरावस्थामै शुरु भएको हो। त्यति बेला उनलाई लाहोर भाग्न बाध्य पारिएको थियो। प्रजातन्त्रको आन्दोलनलाई समर्थन गरेकाले उनी राज्यबाट निर्वासित पनि भएका थिए।

सन् १९४७ मा भारतको स्वतन्त्रतापछि बहुगुनाले छुवाछुत र मदिराविरुद्ध काम गर्दै उत्तराखण्डका गाउँहरूमा वर्षौं बिताए। २६ मार्च १९७४ मा स्वतःस्फूर्त रूपमा प्रसिद्ध चिप्को आन्दोलन शुरु हुँदा यसबारे पहिला राष्ट्रव्यापी, त्यसपछि विश्वव्यापी रूपमा जानकारी दिने उनै थिए।

चिप्को आन्दोलन

चिप्को आन्दोलन विस्तार गर्ने प्रयासमा बहुगुना कहिल्यै थाकेनन्। उनले कार्यकर्तादेखि स्कुल समूह, कलेज समूह, पत्रकार, राजनीतिज्ञ, व्यवसायीलगायत सबैसँग छलफल गरे। हिमालयमा वन फँडानी स्वीकार्य छैन, स्थानीय नै जंगलका सबैभन्दा उत्तम संरक्षक हुन्, हिमालयलाई नबचाई दक्षिण एसियालाई बचाउन सकिन्न, अर्थतन्त्र वातावरणको हिस्सा हो, वातावरण अर्थतन्त्रको होइन भन्ने आफ्ना सन्देशहरूमा उनी सधैँ दृढ रहे।

आफ्नो सन्देश फैलाउन उनी हिमालयका गाउँगाउँ डुले। भारतका सबै भूभाग पुगे। चिप्को आन्दोलनको सफलता आन्दोलन शुरु भएका गाउँ वरपरका जंगल बचाउनु मात्र थिएन, सम्पूर्ण देशलाई विद्यमान विकास मोडलमा समस्या छन् भनेर जानकारी दिनु पनि थियो।

आन्दोलनका कारण देशव्यापी कानून पारित भए, जसले जंगल फँडानी गर्न धेरै गाह्रो बनायो। साथै एक हजार मिटर उचाइमाथि रूख काट्न पूर्ण प्रतिबन्ध पनि लगाइयो।

केन्द्रीकरणको समस्यासँगै खिचियो राष्ट्रिय ध्यान

चिप्को आन्दोलन राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय मुद्दामा परिणत हुनुका नकारात्मक प्रभाव पनि थिए। यो आन्दोलन व्यापारिक फाइदाका लागि बाहिरी व्यक्तिहरूद्वारा गरिएको अनियन्त्रित वन फँडानीविरुद्ध लामो समयदेखि चलिरहेको संघर्षको एउटा हिस्सा थियो। यस क्षेत्रका मानिस विदेशी श्रमिक ल्याएर रूख काट्ने बाहिरी ठेकेदार र उनीहरूले पुर्‍याएका क्षति देखेर उनीहरूप्रति क्रुद्ध थिए। त्यसकारण यो श्रम र वातावरणीय आन्दोलन दुवै थियो। केवल वातावरणीय आन्दोलनमा रूपान्तरणले एउटा पक्षलाई मात्र प्रकाश पार्थ्यो।

चिप्को आन्दोलनले प्राप्त गरेको राष्ट्रिय ध्यानका कारण सरकारले कडा नियन्त्रण गर्न थाल्यो। बाहिरी क्षेत्रबाट आएका ठेकेदारहरू कम समस्यामूलक भए पनि यस क्षेत्रका मानिसको जीविकोपार्जनको क्षति गम्भीर थियो। विडम्बना, केन्द्रीकृत निर्णयकर्ताहरूले स्थानीय पर्यावरणप्रति मानिसहरूको लगाव प्रदर्शनको प्रयोग उनीहरूलाई त्यसबाट टाढा राख्न गरे। यो किनभने वनसम्बन्धी कानूनहरू काठका लागि रूख काट्ने अभ्यासहरू जस्तै- स्थानीय जनतालाई बेवास्ता गर्ने बेलायती औपनिवेशिक अभ्यासमा आधारित थिए। उदाहरणका लागि, नन्दा देवी राष्ट्रिय उद्यान स्थापना त्यस्तै प्रतिबन्धात्मक कानूनका आधारमा भएको थियो। फलस्वरूप स्थानीयले त्यस क्षेत्रबाट जडीबुटी संकलन गर्न नपाउने भएका थिए।

तेहरी बाँध संघर्ष

त्यस्ता मुद्दाहरूका बाबजुद क्षेत्रीय र राष्ट्रिय दुवै सरकारको ध्यान हिमालयको वातावरणीय चासोमा खिच्न चिप्को सफल भएको थियो।

तेहरी बाँध रोक्न गरिएको आन्दोलन असफल भयो। हिमालयमा बनाइएको उच्च बाँधले हजारौं मानिसलाई विस्थापित गर्छ, भूकम्प आएको स्थितिमा सक्रीय भूकम्पीय क्षेत्रमा गम्भीर खतरा निम्त्याउन सक्छ। हरितगृह ग्यास मेथेनको उत्सर्जन धेरै गर्छ र परम्परागत जलस्रोतमा स्थानीय समुदायको पहुँच हुन दिँदैन भनेर कार्यकर्ता र स्वतन्त्र विज्ञहरूले बारम्बार औंल्याइरहे तर त्यो सुनिएन।

बहुगुना र उनकी श्रीमती विमला देवीले आन्दोलनको नेतृत्व गरेका थिए। बहुगुनाले ४५ दिने आमरण अनशन बसे। भारतका तत्कालीन प्रधानमन्त्री पीभी नरसिंह रावले बाँध परियोजनाको छानविन गर्न समीक्षा समिति गठन गर्ने वाचा गरेपछि मात्र उनले अनशन तोडेका थिए। तर त्यसबाट केही उपलब्धि हासिल भएन। निरन्तर र लामो समयसम्म गरिएका त्यस्ता अनशनले भने बहुगुनाको स्वास्थ्यमा गम्भीर एवम् दीर्घकालीन असर पार्‍यो।

बहुगुनाले ७४ दिने अर्को लामो आमरण अनशन नयाँ दिल्लीस्थित महात्मा गान्धी मेमोरीयल पार्कमा गरे। तत्कालीन प्रधानमन्त्री एचडी देवेगोउडाले अर्को समीक्षा समिति गठन गर्ने वाचा गरे। तर त्यसबाट पनि केही उपलब्धि हासिल भएन।निरन्तर र लामो समयसम्म गरिएका त्यस्ता अनशनले भने बहुगुनाको स्वास्थ्यमा गम्भीर एवम् दीर्घकालीन असर पार्‍यो।

अन्य कार्यकर्ताहरूसँग बहुगुना अदालत गए। तर पनि कुनै सफलता मिलेन। सरकारका दुई तर्क थिए- भारतलाई बिजुली र तीन सय किमि टाढा रहेको राष्ट्रिय राजधानी दिल्लीलाई पानीको आवशयकता छ। सन् १९९० को दशकमा छ वर्षभन्दा बढी समयमा सरकारले नागरिक समाजको विरोधलाई बल प्रयोग गरेरै नियन्त्रण गर्‍यो। अदालतमा सरकारका तर्कहरूले जिते।

तेहरी बाँध

जब २००१ मा तेहरी बाँधको काम पुनः शुरु भयो, बहुगुनालाई गिरफ्तार गरिहालियो। जब कि तत्कालीन प्रधानमन्त्री अटलबिहारी बाजपेयीले अघिल्ला दशकमा बहुगुनाप्रति सहानुभूति व्यक्त गरेका थिए।

एक प्रेरक व्यक्तित्व

सुन्दरलाल बहुगुनाले हिमालयको पर्यावरण बचाउनुको महत्वबारे कुरा गरिरहे। आफूलाई सुन्ने जोकसैसँग पनि उनी कुरा गर्थे। उनी पर्यावरणकर्मीका धेरै पुस्ताका लागि अनुकरणीय व्यक्ति थिए। उनले विद्यालय र कलेजका विद्यार्थीलाई ऊर्जा प्रदान गर्थे। साथै उत्तराखण्डका हजारौं बासिन्दाले उनलाई पिताका रूपमा हेर्थे।

बहुगुनाको मुस्कान उस्तै थियो। पुरानो परिचित व्यक्तिहरूलाई सम्झन सक्ने र सबैसँग सजिलै घुलमिल हुन सक्ने उनको क्षमता थियो।

तर सन् १९७० र ८० को दशकदेखि उनलाई चिनेकाहरूले पछिल्लो समय उनको उत्साहमा फिक्कापना आएको, आँखा उत्तिकै तेजसँग नचम्किएको सजिलै देख्न सक्थे।

जब मे महिना शुरु हुँदै थियो, बहुगुना कोभिड-१९बाट संक्रमित भए, बिग्रिएको स्वास्थ्यका कारण उनलाई निमोनिया भइहाल्यो। ‘आफ्नो मृत्यु हुनुभन्दा केही दिनअघि बहुगुनाले विमला देवीलाई आफ्नो शोकमनाउ नगर्न र हिमालय बचाउने संघर्षलाई जारी राख्न भनेका थिए,’ बहुगुणाका एक साथीले भने।

(यो सामग्री द थर्डपोल डट नेटले उत्पादन गरेको)

बुधबार, जेठ १९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

भर्खरै

  • १.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • २.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ३.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ४.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ५.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ६.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ७.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

  • ८.
    बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.