• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता

स्रोत नखुलेको नगदसहित पक्राउ

जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो

होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ

अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

लोकप्रिय समाचार

  • १. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • २. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

लुभ्र, ओस्लो र हार्भर्डसँग जोडिएको सारंगी घराना


बिहिबार, फागुन २५, २०७९ मा प्रकाशित

कीर्तिपुर- हजुरबुबा कान्छा मगर नेपाली र बा रामशरण नेपाली तथा त्यसअघिका दशौं पुस्ता। श्याम नेपालीको परिवारले सारंगी रेट्दै नेपाली संगीतको सेवा गरिरहेको छ। त्यति मात्र होइन, नयाँ पुस्ता अर्थात छोरा प्रिन्सले समेत सारंगीका तारहरूमा हात चलाएर संगीतकै जीवनवृत्ति शुरु गरिसके।

Advertisement

आधुनिक सुगम संगीत र लोकप्रिय गीतहरूभन्दा फरक छ श्याम नेपालीहरूले बिताउन खोजेको सांगीतिक लय। देशका विभिन्न भागमा प्रेम, वीरता, वेदनाका कथा बोक्ने सारंगीको धुनलाई गन्धर्वहरूले निकै अघिदेखि जोगाउँदै आएका छन्। यही संगीत परम्पराको डोरोलाई अहिलेको समयसँग समेत जोडेर व्यापक बनाउने ठूलो अभियान छ नेपालीको।

यसै अभियानलाई ‘सारंगीको कीर्तिपुर घराना’ नामबाट अगाडि बढाउँदै छन्, श्याम नेपाली। घरानाका रूपमा अघि बढाउने निष्कर्षमा पुग्नुको कारक भने फ्रान्सलगायत संसारका विभिन्न स्थानमा पुग्दा भेटिएका आफ्ना पुर्खाको संगीत साधनासम्बन्धी सामग्री हुन्। सारंगीलाई चिनाउन विश्वका विभिन्न देश पुगेका श्यामलाई कतिपय स्थानमा पुग्दा त्यहाँका कतिपय संस्थाले उल्टो उनलाई आफ्ना पुर्खाको योगदानबारे चिनाइदियो। आफ्ना हजुरबुबाले राजा महेन्द्रसामु प्रस्तुत गरेको सारंगी वादन अर्बाजा र त्यसैताका यसबारे गरेका थुप्रै खोज श्यामले फ्रान्सको लुभ्र संग्रहालयमा पाए। नर्वे घुम्ने बाबु रामशरण नेपाली र कीर्तिपुरमै लामो समय बिताएका झलकमान गन्र्धवका बारेमा ओस्लो विश्वविद्यालयमा गरिएको शोधपत्र भेटे।

ती सामग्री भेटेपछि श्याम नेपाली आफ्ना पुर्खाले सयौं वर्ष लगाएर विकास गरेको मौलिक सारंगी धुनलाई सकेसम्म उस्तै रूपमा संरक्षण गर्नुपर्ने निष्कर्षमा पुगे। ‘हजुरबुबा र बाले बजाएका धुनभन्दा अहिलेका धुन निकै फरक हुँदा रहेछन्। उनीहरूकै सन्तति मेरोसमेत सारंगी वादनमा आधुनिकताले छोएको कुरा उनीहरूको वादन राम्ररी सुन्न थालेपछि थाहा पाएँ,’ उनको अनुभूति छ।

पुर्खाले संगीतमार्फत समाचार भन्थे। आजका सञ्चारमाध्यमले जसरी कर्खामार्फत कुनै घटनाको कहिले राजाका कामको बयान त कहिले जनताका वेदना, कहिले युद्धको विवरण सारंगी रेट्दै घटनालाई प्रस्तुत गर्ने जमाना थियो त्यो। त्यसलाई खोजेर जगेर्ना गर्नुपर्ने दायित्व संगीतप्रेमीहरूको भएको उनको भनाइ छ। तर, यस्तो खोजबिनको काम धेरैको प्राथमिकतामा नपर्ने तर कसैले मिहिनेतपूर्वक खोजेर ल्याएको वस्तुलाई विभिन्न ढंगले प्रयोग गर्नचाहिँ खोज्ने प्रवृत्ति रहेको उनी बताउँछन्। ‘बोटबिरुवा रोप्न, गोडमेल गर्न र मल हाल्न धेरैजना अघि नै सर्दैनन्। फल पाकेपछि भने सबैलाई त्यही मन पर्छ,’ उनी भन्छन्।

जे होस्, आफ्नो क्षेत्रबाट हुनसक्ने जति खोज गरेर कीर्तिपुर घरानाको विकास गर्ने र त्यसको पहिचानलाई अगाडि बढाउने सोच उनको छ। यसका लागि आफू र संगीतमै लागेका छोरा प्रिन्सले पहल गरिरहेको पनि उनले बताए। छोराले पुर्ख्यौली संगीत शैलीलाई आनी छोइङ डोल्मा र न्ह्यू बज्राचार्यसँगको सहकार्यबाट केही आध्यात्मिकपन दिँदै गएका छन्।

त्यसो त सारंगीलाई ‘ए यो त गन्धर्व बाजा हो’ भन्ने र हरेक दिन त्यस्तै टिप्पणीबाट होच्याउने र निरुत्साहित गर्ने प्रवृत्ति छ। आफू काठमाडौंवासी हुँदासमेत त्यस्तो व्यवहार हुन्छ भने गाउँतिर त झन् कस्तो होला ? उनको प्रश्न छ। गन्धर्व गीत भनेर हेपिएपछि राम्रा धुनहरू भने चोरीसमेत हुने गरेको अनुभव उनको छ। ‘ए दाजु न समाऊ नारीमा बोलको गीतको नक्कल गरियो, जसको सिर्जना हाम्रा पुर्खाले सारंगी रेटेरै गरेका थिए,’ उनी भन्छन्। सम्पदाका रूपमा रहेका मौलिक धुनलाई संरक्षण गर्नेभन्दा पनि पाएमा त्यसका व्यापारिक उद्देश्यका साथ प्रयोग गर्ने प्रवृत्ति हावी रहेको उनको निष्कर्ष छ।

सारंगीलाई चिनाउन संसारका विभिन्न ठाउँ पुग्ने क्रममा हार्भर्ड विश्वविद्यालयमा एक वर्ष बिताए, श्याम नेपालीले। विश्वविद्यालय र त्यसअन्तर्गतका कलेजहरूमा नेपाली मौलिक बाजा, यसको धुनबारे फरक पृष्ठभूमिबाट आएका र नेपाल कहिल्यै नदेखेकालाई समेत सारंगीबारे बताउने अवसर पाए। आफ्नो त्यही अभियानमा छोराहरूको समेत साथ पाएका छन् उनले।

आफूले विकास गर्न र फैलाउन चाहेको कीर्तिपुर घराना भने सयौं वर्ष अघिदेखि कीर्तिपुरमा बसेर पुर्खाले विकास गरेको धुनलाई सकेसम्म त्यसको मौलिकता बचाएरै आधुनिक युगसँग परिचित गराउने अभियान भएको भनाइ उनको छ। ‘पोखरा, प्युठान र भोजपुरजस्ता ठाउँमा बज्ने सारंगीभन्दा फरक छ, कीर्तिपुरको सारंगी वादन,’ उनी भन्छन्। धुन मात्र नभई त्यसले बोक्ने शब्दसमेत अर्थपूर्ण र इतिहास बोक्ने खालका छन्। तिनलाई दोहोरीको भाकाजस्तो आफूले चाहेको शब्द हालेर गाउन नसकिने उनी बताउँछन्।

प्रकृति र इतिहास, पोखरामा बज्ने सारंगीको धुनमा गाइने गीत र कीर्तिपुरमा आफ्ना बाबुबाजेले गाउने गरेको गीतमा मुख्य दुई भिन्नता पाउँछन्, श्याम नेपाली। आफ्ना पुर्खाले सारंगी रेट्दै गाएको गीतमा तत्कालीन शासक र व्यवस्थाभित्रका कथाव्यथा बढी भेटिने र पोखरातिरका गीतमा भने प्रकृतिको बयान भेटिने उनी बताउँछन्। गन्धर्वहरूलाई गाउनका लागि निश्चित स्थान तोकिदिने र त्यसवापत जग्गा जमिन दिने चलनसमेत कुनै बेला थियो। त्यतिबेला छोराबाट नाति, नातिबाट पनाति हुँदै पुस्तान्तरण हुँदा एउटा विशेष शैलीको सारंगी वादन सिर्जना भएको छ। त्यसैलाई कीर्तिपुर घरानाको नाम दिइएको उनी बताउँछन्।

उतिबेला घराना नभनिए पनि आफ्नो परिवारले बजाउँदै आएको सारंगी वादन थुप्रै लोकप्रिय गीतमा प्रयोग भएको उनी बताउँछन्। उदाहरणका लागि श्यामले बजाएको कर्ण दासको ‘पुरानो डुंगा पानीको छाल’ बोलको गीतमा प्रयोग भएको सारंगीको धुन। आनी छोइङको ‘फूलको आँखामा फूलै संसार’मा पनि सारंगी प्रयोग भएको छ। ‘त्यस्ता थुप्रै गीतमा कीर्तिपुर घरानाको धुन बजेको छ,’ उनी भन्छन्। त्यति मात्र नभई विभिन्न एफएमका जिंगल र एनसेलको धुनमा समेत कीर्तिपुर घरानाको सारंगी बजेको छ।

आफूभन्दा अघि पिताले त्यतिबेलाको चर्चित लोकगीत ‘घरबेटी नानी आँगनमा देऊ न मलाई बास’ बोलमा पनि कीर्तिपुर घराना बजेको छ। एउटा परिवारले पुस्तौं संगीत अभ्यास गर्दा विकास भएको शैलीलाई घरानाको रूप दिएर नेपाली संस्कृतिमा एउटा आयाम थप्न खोजेको उनको भनाइ छ। यसलाई अगाडि बढाउन आफूले सकेसम्म प्रयास गर्ने उनी बताउँछन्।

बिहिबार, फागुन २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

क्यानाडाबाट ‘लाली’ लिएर आए निर्वाण-कुश
नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’
मनोज महर्जन फिचर्ड बिबेकको ‘ढ्याप्पा’ सार्वजनिक
‘कौडा किङ्ग’ गणेश गुरुङको ‘पियारी’ सार्वजनिक( भिडियो )

भर्खरै

  • १.
    सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

  • २.
    इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता

  • ३.
    स्रोत नखुलेको नगदसहित पक्राउ

  • ४.
    जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो

  • ५.
    होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते

  • ६.
    राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

  • ७.
    पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ

  • ८.
    अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.