• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

किन बढिरहेको छ नेपालको बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ आक्रमण ?


बिहिबार, जेठ १३, २०७८ मा प्रकाशित

तुलसी रौनियार

Advertisement

बाघ र निकुञ्ज वरिपरि बस्ने मानिसबीच बढ्दो द्वन्द्वका मुख्य कारणमध्ये एक निकुञ्जमा पानीको अभाव मानिएको छ। मार्चको अन्त्यतिर तरकारी खोज्न डल्ली रावत बर्दिया राष्ट्रिय निकुञ्जभित्र पसिन्। ६२ वर्षीय रावत निगुरो टिप्न घोप्टो मात्र के परेकी थिइन्, बाघले उनलाई आक्रमण गरिहाल्यो। उनीसँग भएका तीन जना आफ्नो ज्यान बचाउन भागे। सेनाका अधिकारीहरूसँग जब उनीहरू फर्किए, उनीहरूले रावतको आंशिक खाइएको शरीर मात्र फेला पारे।

लोपोन्मुख पाटे बाघको संख्या नेपालमा बढ्दो छ। सन् २०१८ मा भएको बाघ गणनाअनुसार नेपालमा २३५ बाघ थिए, जुन सन् २००९ मा गरिएको पहिलो गणना गर्दा पाइएको १२१ बाट ९४ प्रतिशत वृद्धि थियो। सन् २०१८ को गणनाले देशको सबैभन्दा ठूलो बर्दिया राष्ट्रिय निकुञ्जमा करिब ८७ बाघ रहेको निष्कर्ष निकालेको थियो, जब कि सन् २००९मा त्यहाँ बाघको संख्या जम्मा १८ थियो।

सन् २०१० मा शुरु भएको ग्लोबल टाइगर इनिसिएटिभको छलफलमा बाघ पाइने १३ देशले निर्धारण गरेको बाघको संख्या दोब्बर बनाउने लक्ष्य प्राप्त गर्ने पहिलो देश हुने क्रममा नेपाल छ। सन् २०१९ अघिको दशकमा मानव-बाघ द्वन्द्वसँग सम्बन्धित कुनै पनि मानवीय क्षति नेपालको दक्षिण-पश्चिममा पर्ने बर्दियामा रिपोर्ट गरिएको थिएन, जुन उल्लेख्य ‘संरक्षण सफलता’को कथा मानिएको थियो।

तर पछिल्लो समयमा त्यो स्थिति परिवर्तन भएझैं देखिन्छ। गत नौ महिनामा निकुञ्ज क्षेत्रभित्र मात्रै १० जना मानिस बाघबाट मारिएका छन्।

रावत ठाकुरबाबा नगरपालिकाको मोहनपुर गाउँमा बस्थिन्। उनकी बुहारी भावना रावत अहिले शोक र आर्थिक कठिनाइसँग जुझ्दै छिन्। ‘वैदेशिक रोजगारीमा गएका लोग्ने मलेसियामा अड्किएकाले म असुरक्षित महसुस गर्छु,’ उनी भन्छिन्, ‘हाम्रो जीवन वनमा निर्भर थियो। तर अहिले म त्यहाँ नजिक जान पनि डराउँछु।’

मधुवन, गेरुवा र ठाकुरद्वारा नगरपालिकामा बस्ने गाउँलेहरूमा बाघको आवाज र पदचिह्नले डर मात्रै जगाएको छ। ‘हामीलाई लाग्छ, हामी निरन्तर खतरामा छौं,’ बेथली गाउँका देव चौधरी भन्छन्, ‘केही वर्षअघि हामी गैंडा र हात्तीसँग डराउँथ्यौँ, अहिले बाघसँग।’

बाघ आक्रमण रोक्न निकुञ्ज बन्द

अझ धेरै आक्रमण नहोस् भनेर निकुञ्ज अधिकारीहरूले स्थानीय बासिन्दाहरू माथि धेरै प्रतिबन्ध लगाएका छन्। जनवरीदेखि पदयात्री र दुईपांग्रे साधनलाई निकुञ्जको अमरेनी-चिसापानी खण्डमा पर्ने राजमार्ग प्रयोग गर्न दिइएको छैन। खाता जैविक मार्ग तथा सम्झना

सामुदायिक वनलगायत बारम्बार बाघ देखिने निकुञ्ज वरिपरिका सीमावर्ती क्षेत्रका भूभाग पनि बन्द गरिएका छन्।

मध्यवर्ती क्षेत्र के हो?

संरक्षित क्षेत्र वरिपरिको भूभाग जहाँ मुख्य संरक्षित भूभागमा भन्दा बढी वन्य संशाधनमाथि गाउँलेहरूको अधिकार हुन्छ। बाघ आक्रमणबाट मर्ने १० जनामध्ये तीनजना गेरुवा नगरपालिकाको एकै गाउँका हुन्। अहिले त्यस गाउँमा २० किमी लामो तारबार लगाइएको छ। पर्यटक र गाइडहरूको सुरक्षाका लागि राष्ट्रिय निकुञ्जले पैदल सफारी जस्ता पर्यटकीय गतिविधि पनि रोकेको छ। र, निकुञ्ज अधिकारीहरूले मानिसलाई घाँस र दाउरा लिन एक्लै जंगल जान निषेध गरेको छन्।

जति धेरै बाघ, उति धेरै आक्रमण ?

बाघ आक्रमणबाट मृत्यु हुनु र मानव बस्तीमा बाघ अधिक देखिनु सँगसँगै भएको छ। यसका पछाडिका कारणहरुबारे संरक्षण विज्ञहरू भन्छन्, ‘धेरै जटिल मुद्दाहरू छन्।’

सबै बाघ मान्छे खाने हुँदैनन्। तर जब बाघको संख्या बढ्छ, आक्रमणको जोखिम पनि बढ्छ। किनकि बूढा र कमजोर बाघहरू नयाँ क्षेत्र र जंगली बँदेल, गाई, भैंसी र कहिलेकाहीँ मानिसको शिकारको खोजीमा यताउता भौंतारिनुपर्छ,’ बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकृत असीम थापा भन्छन्, ‘अरू आक्रमण भने मानिस बाघको क्षेत्रमा गल्तीवश प्रवेश गरेका कारण हुन्छन्।’

मध्यवर्ती क्षेत्रको वनलगायत आफ्नो ९६८ वर्गकिमी भूभागमा बर्दियाले बाघको ठूलो संख्यालाई पाल्न सक्छ। अध्ययनले देखाएको छ, नेपालका वयस्क भाले बाघ ५-२० वर्गकिमीको आवास क्षेत्र (होम रेन्ज)मा आफूलाई अनुकूलन गराउन सक्छन्। ‘अन्य ठाउँका बाघलाई भने ६०-१०० वर्गकिमीको अलि फराकिलो क्षेत्र आवश्यक हुन्छ,’ थापा भन्छन्।

आवास क्षेत्रका आधारमा बाघको संख्या दोब्बर बनाउन सकिन्छ,’ बर्दियामा मानव-बाघ द्वन्द्वमा काम गर्ने अक्सफोर्ड विश्वविद्यालयका वन्यजन्तु अनुसन्धाता एमी फिट्जमौरिस भन्छिन्, ‘नरभक्षी प्राणीको ठूलो संख्याका लागि त्यहाँ जंगली शिकार र क्षेत्र पर्याप्त भएको अनुसन्धानले देखाएको छ।’

निकुञ्जलाई गाउँलेहरूको पीडा थाहा छ। बाघ आक्रमणबारे उनीहरूको विचार जान्न र उनीहरूले आफू र आफ्ना पशुलाई कसरी सुरक्षित राख्न सक्छन् भनेर सल्लाह दिन एउटा कार्यक्रम आवश्यक भएको पनि निकुञ्जले महसुस गरेको अधिकारीहरुले बताए। तर बाघ आक्रमणको संख्या केले बढाइरहेको छ भनेर अहिले नै भन्न हतार हुन्छ भन्ने निकुञ्जको ठम्याइ छ।

‘वास्तवमा धरातलीय यथार्थ अलि जटिल छ,’ प्रकृति संरक्षणका लागि राष्ट्रिय कोष (एनटीएनसी)का बर्दिया प्रमुख रविन कडारिया भन्छन्, ‘द्वन्द्व सम्भवत: विभिन्न कारकको मिश्रित परिणाम हो। त्यसको कुनै एकल समाधान छैन। द्वन्द्वको खतरा कम गर्न कि त बाघहरूलाई अन्यत्र सार्न वा स्थानीय जनताको व्यवहारमा परिवर्तन ल्याउन तत्कालै निर्णायक कदम चाल्नु आवश्यक छ।’

खडेरीले मानव-वन्यजन्तु द्वन्द्व बढाउँछ

बर्दिया राष्ट्रिय निकुञ्जको पश्चिमी सीमा नै गेरुवा नदी हो र यो वन्यजन्तुहरूको महत्त्वपूर्ण पानीको स्रोत हो। त्यही नदी किनारसँगैको वन उनीहरूको वासस्थान हो।

‘विगत केही वर्षदेखि गेरुवा नदीले आफ्नो बाटो परिवर्तन गरिरहेको छ,’ थापा भन्छन्। केही किलोमिटर उत्तरमा चिसापानीमा जहाँ कर्नाली नदी भगालिएर एउटा साखा गुरुवा नदी बन्छ, १५ वर्षदेखिको ढुंगा र बालुवाको निरन्तर उत्खनन भइरहेका कारण तल पानीको सतह शीघ्र घटेको छ।’

सुक्खा मौसममा खडेरीले बाघलगायत जंगली जनावरहरूलाई पानीको खोजमा मानव बतीमा प्रवेश गर्न बाध्य पारेको छ। पानीको सतह घटेकाले गाउँलेहरूलाई नदी पार गरेर वनमा प्रवेश गर्न सजिलो भएको छ।

चालू पानी संकटलाई सम्बोधन गर्न राष्ट्रिय निकुञ्जले सन् २०१५ देखि करिब १५२ ओटा कृत्रिम पोखरी र सौर्य पम्प बनाएको छ। तर पनि चालू संकटलाई सम्बोधन गर्न ती पर्याप्त छैनन्। पानीको संकट अझ विकराल हुँदै गइरहेको देखिन्छ। रानीजमरा सिँचाइ नहर र बर्दिया राष्ट्रिय निकुञ्जमाथि बबईमा निर्माण भइरहेको बहुजलाशय सिँचाइ र जलविद्युत् परियोजनाले भविष्यमा अझ संकट बढाउनेछ,’ कडरिया भन्छन्।

पानीको बहावलाई सुधार्न स्थानीय समुदायले अधिकारीहरूलाई गेरुवा नदीमा भइरहेको उत्खनन रोक्न माग गरेका छन्। नगरपालिकाहरूका अधिकारीहरूले चलिरहेको उत्खनन नियन्त्रणका लागि कडा नियमन भइरहको बताउने गरेका छन्।

स्थानीय जीवकोपार्जनमा कोभिड-१९ को असर

एउटा सर्वेक्षणमा बर्दियाका धेरै मानिसले वन प्रवेश गर्नुपरेको मुख्य कारण गरिबी हो भनेको छ। दाउरा, घाँसपात र काठका लागि उनीहरू वनमा निर्भर छन्। कोभिड-१९ ले गरिबीको चाप बढाएको छ भने पर्यटकको अभाव र पैदलयात्री तथा सफारीको रोकले स्थानीय गाइडहरूको आय गुमेको छ।

राष्ट्रिय निकुञ्ज नजिकैको मोहनपुरकी ६८ वर्षीया जयसरा भण्डारी त्यो आक्रमणको दिन जंगलमा डल्ली रावतसँगै थिइन्। प्रवेशमा प्रतिबन्ध लगाइएका भए पनि भण्डारी आफ्नो गाईवस्तुहरूका लागि घाँस काट्न बारम्बार जंगल छिर्छिन्। किनभने उनीसँग अरू कुनै जीविकोपार्जनको माध्यम नै छैन।

वन्यजन्तुसँगको जम्काभेट हुने र पार्क अधिकारीहरूले कानुनी कारबाही गर्ने खतरा हुँदाहुँदै पनि भण्डारीले जस्तै धेरै गाउँलेले वन संशाधन संकलन गर्न आफ्नो जीवन जोखिममा पार्छन्।

कोभिड-१९ र वन्युजन्तु द्वन्द्वको सम्बन्धबारे कुनै वैज्ञानिक प्रमाण नभए तापनि यसका कारण जब मानिस शहरबाट गाउँ फर्किन्छन्, तब उनीहरूको आवतजावत र उपस्थितिका कारण वन्यजन्तुसँगको सम्पर्क बढ्छ भन्ने कुरा एकदम छर्लंग छ,’ वन्यजन्तु अपराध अनुसन्धाता कुमार पौडेल भन्छन्।

नयाँ अवसर सिर्जना गरेर वनमाथि स्थानीयको निर्भरता घटाउने उपाय खोज्न आवश्यक छ,’ पौडल थप्छन्, ‘सरंक्षण प्रयासहरूमा स्थानीय समुदायलाई छाडेर होइन, जोडेर उनीहरूसँग काम गर्नु नै यसको समाधान हो।’

नेपाल र भारतका अन्य ठाउँमा विभिन्न कार्यक्रमार्फत मानिस र वन्यजन्तु सम्पर्कमा आउने सम्भावनालाई कम गर्ने प्रयास गरिएका छन्। यी कार्यक्रम दाउरा, घाँसपात र काठका लागि मध्यवर्ती क्षेत्रमा रूखहरू रोप्ने वा बायोग्यासमा मानिसहरूको नि:शुल्क पहुँच पुर्या‍उने जस्ता कुराहरुमा केन्द्रित छन्। बाघ आक्रमणको खतरा घटाउने उपाय स्वरूप खाद्यान्न वितरण गर्ने सोच निकुञ्ज अधिकारीहरूले बनाएका छन्,’ थापाले द थर्ड पोललाई भने।

हालै प्रकाशित एउटा रिपोर्टमा फिट्जमौरिस र उनको टोलीले बर्दिया र छिमेकी बाँके राष्ट्रिय निकुञ्जमा मानव-बाघ द्वन्द्वको वर्तमान स्तिथिलाई अझ राम्रोसँग बुझ्न र कम गर्न आग्रह गरेका छन्। त्यसो गर्न सकिएन भने उनीहरू लेख्छन्, ‘द्वन्द्व अझ बढ्ने स्पष्ट खतरा छ।’

तत्काल कदम लिनुपर्ने दबाबमा निकुञ्ज अधिकारीहरू परेकाले बर्दिया राष्ट्रिय निकुञ्जको बाघ बहन क्षमता मूल्यांकनको तयारी भइरहेको छ।

बहन क्षमता र गणना : व्याख्या

यससँगै एनटीएनसी, बर्दिया राष्ट्रिय निकुञ्ज, प्रकृति संरक्षणका लागि अन्तराष्ट्रिय सघ, मिचिगन विश्वविद्यालयका संरक्षणवादीको टोलीले निकुञ्जका बाघको चाल र व्यवहारको अध्ययन सुरु गरेका छन्। सो टोलीले बाघको गतिविधि पत्ता लगाउन र द्वन्द्व पैदा गर्ने बाघको पहिचान गरी अन्यत्र पुन:स्थापना गर्न बाघहरूमा ‘रेडियो कलर’ राख्ने योजना बनाएको छ।

यसैबीच पार्क अधिकारीहरूले एनटीएनसी र लन्डनको जुओलजिकल सोसाइटीको सहयोगमा बर्दिया जिल्लाका समुदायहरूमा सहअस्तित्वलाई बढावा दिने व्यवहारको प्रबर्द्धनका लागि अभियान सञ्चालन गरिरहेको छ। मानिस र वन्यजन्तुहरूले एउटै ठाउँ उपयोग गर्छन्। तर, सँगै बस्नका लागि प्रभावकारी रूपमा आफूलाई अनुकूलन गरेनन् भने द्वन्द्व सिर्जना हुन्छ। ‘सहअस्तित्व सम्भव हुन दुवै वन्यजन्तु र मानिसले आफूलाई अनुकूलन गर्नुपर्छ,’ फिट्जमौरिस भन्छिन्।

(यो सामग्री द थर्डपोल डट नेटले तयार पारेको हो)

बिहिबार, जेठ १३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.