• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

म पनि नेवार


आइतबार, जेठ ०९, २०७८ मा प्रकाशित

दामोदर न्यौपाने

Advertisement

त्यति बेला काष्ठमण्डप पुनर्निर्माण चर्चाको विषय बनेको थियो। विदेशीले यहाँका सम्पदा बनाउन हुने, जनताले बनाउने किन नहुने? यही बहस चलाइरहेका थिए काष्ठमण्डप पुनर्निर्माणका लागि अभियानका संयोजक वीरेन्द्रभक्त श्रेष्ठ। ‘हाम्रो सम्पदा बनाउन आफैं सक्छौं’ भन्ने विषयमा कुराकानी गर्न तारतम्य मिलाएका थिए श्रेष्ठले। काष्ठण्डप पश्चिमतिरको एउटा रेस्टुराँमा भेट्ने योजना बनेको थियो।

साथमा थिए सम्पदा संरक्षण अभियन्ताहरू।

रेस्टुराँको माथिल्लो तलामा थिए उनीहरू। परम्परागत भर्‍याङ उक्लिएर माथि चढें म पनि। श्रेष्ठ कुर्सीबाट उठे, हात मिलाए। केही बेर अनौपचारिक कुराकानी भयो। अनि उनले घोषणा गरे- ‘तपाईं नेवार ! आजैदेखि तपाईंलाई नेवारको उपाधि दियौं हामीले।’

श्रेष्ठले नेवार उपाधि दिनुको अर्थ पनि खुलाए।

‘नेपालमण्डलको जसले चासो दिन्छ त्यही हो नेवार। जो यहाँको भाषा, संस्कृति, परम्पराको पक्षमा लाग्छ, त्यही नेवार हो,’ श्रेष्ठले सुनाए- ‘तपाईं नेपालमण्डलको सम्पदा, संस्कृति जोगाउन ठूलो योगदान दिइराख्नुभएको छ। त्यही भएर तपाईं नेवार हुनुभयो।’

पहिलो भेट थियो उनीसँग। भेटघाटै नभए पनि मेरोबारेमा धेरै जानकारी राखेका रहेछन् श्रेष्ठले। यस्तै जानकारी राख्ने धेरै भेटें मैले।

आफ्नो सम्पदा, संस्कृति र पहिचानको विषयमा लेख्ता कसलाई खुसी नलाग्ला? लमजुङ र गोरखा बस्ता गुरूङ जातिका सम्पदा, संस्कृति खोतल्नु खोतलें। त्यसबापत थुप्रै सम्मान पाएँ। उनीहरूका विषय पत्रिकामा उठाएँ। पहिलो पुस्तक एम्बुसमा ६ वर्षमा समेटिएका छन् धेरै कुरा। त्यति बेला गुरूङ जातिको संस्कृति, सभ्यता उजागर गरेर जातीय स्वाभिमान बढाएको भन्दै मलाई सम्मान गरेको थियो ‘तमु छोंज धिँ’ ले।

अहिले राजधानी छ मेरो कार्यक्षेत्र छ। यहाँ कार्यक्षेत्र परेको बेला नेवार जातिका सम्पदा, संस्कृति खोतल्ने प्रयास गरिरहेछु। त्यही प्रयासबापत ‘नेवार’ उपाधि पाएँ। यसले दिएको खुसी शब्दमा व्यक्त गर्न कठिन हुन्छ सायद !

को हुन् नेवार?
‘नेवार’ उपाधि पाएपछि यस विषयमा मलाई झन् चासो बढ्यो। झन् खोजी गर्न थालें। नेवारका विषयमा लेखिएका पुस्तकहरू खोजेर पढ्न थालें। नेवारबारे धेरै तथ्य सङ्कलन गरें।

नेवार कुनै जात होइन। ब्राह्मण, क्षत्री, वैश्य, शुद्र चारै वर्णसहितको एउटा समुदाय मानिन्छ नेवार। नेपाल राष्ट्रसँग घनिष्ठ सम्बन्ध छ नेवारको। इतिहासकार डिल्लीरमण रेग्मीका अनुसार नेवार राष्ट्र हो। राष्ट्र हुन साझा पुख्र्यौली थलो, साझा भाषा, साझा आर्थिक सम्बन्ध, साझा संस्कृति र साझा मनोवैज्ञानिक भावना चाहिन्छ। नेवार समुदायमा राष्ट्र कहलिन आवश्यक पर्ने यी सबै तङ्खव छन्।

नेपाल र नेवारबीच गाढा सम्बन्ध छ।

प्राचीन काठमाडौं उपत्यका ठूलो तलाउ थियो। यहाँको भौगोलिक बनावटले पनि यसलाई पुष्टि गरेको छ। चोभारको गल्छी काटेर यहाँको पानी बाहिर पठाइयो। त्यसपछि बिस्तारै यहाँ मानव बस्ती बस्यो।

पहिलोपल्ट यहाँ गोपालवंशले शासन गरे। भुक्तमानलाई पहिलो शासक मानिन्छ। यिनै गोपालवंशीलाई वंशावलीमा गाईपालक भनिएको छ।

गोपालवंशपछि महिषपालवंशीले शासन गरे। महिषपाल भैंसीपालक समूह हुन्। यिनै गोपाल र महिषपाल वंशका सन्तान नै नेवार भएको उल्लेख गरेका छन् डा. तुलसीनारायण श्रेष्ठले नेपालका नेवारहरू : पहिचान र पृष्ठभूमिमा।

नेवारभित्रै पनि दुई समुदाय छन्- सापु र मेपु। सापु भनेको गाईपालक, मेपु भनेका भैंसीपालक अर्थात् गोपाल र महिषपाल। ‘श्रेष्ठ’ शब्दभित्र गोपाल र महिषपाल वंशका सन्तान अर्थात् यिनै सापु र मेपु छन्।

महिषपालपछि किराँतीले शासन हातमा लिए। श्रेष्ठ लेख्छन्- ‘किराँतपछि क्रमश: लिच्छवि, वैशठकुरी, मल्ल इत्यादि वंशका राजाले राज्य गरेका थिए। यी सबै वंशज र तत्कालीन अन्य निवासीहरूका सन्तान नै वर्तमान नेवार समुदायको अभिन्न अङ्गको रूपमा विद्यमान रहेको पाइन्छ।’

इतिहासकार रेग्मीका अनुसार ‘नेपाल’ शब्दसँग घनिष्ठ सम्बन्ध छ नेवार समुदायको। इतिहासकार बाबुराम आचार्यका अनुसार ‘नेवार’ शब्द नेपारबाट आएको हो। काठमाडौं उपत्यकाका खोकना लगायत ठाउँठाउँका अभिलेखमा नेपार उल्लेख छ। अनुसन्धाता डा. श्रेष्ठका अनुसार ‘नेपार’ बाट अपभ्रंश भई ‘नेवाल’ हुँदै जातिवाचक शब्द ‘नेवार’ भयो- ‘नेपार शब्दबाटै नेपाल शब्दको उत्पत्ति भएको हो। यस अर्थमा नेवार शब्दलाई नेपाल शब्दकै समानार्थी मान्न पनि सकिन्छ।’

नेपाल शब्दको पहिलो प्रयोग भारतका मौर्य सम्राट् चन्द्र गुप्तले गरेका थिए। इसापूर्व ३०० तिर आचार्य कौटिल्यले लेखेको अर्थशास्त्रमा पनि नेपाल उल्लेख छ। श्रेष्ठका अनुसार त्यहाँकोे बोलचालको भाषा मगधीमा ‘र’ लाई ‘ल’ प्रयोग गरिन्थ्यो। त्यही क्रममा ‘नेपार’ लाई ‘नेपाल’ लेखियो। तत्कालीन मगधको राजधानी पाटलीपुत्रमा लेखिएको थियो कौटिल्यको अर्थशास्त्र। सम्राट् समुद्र गुप्तको सन् ३३४ को अभिलेखमा पनि देशवाचक शब्दको रूपमा नेपाल लेखिएको पाइन्छ। यो अभिलेख इलाहावादमा छ।

लिच्छवि कालमा नेवारलाई देशवाचक मात्र नभई जातिवाचक शब्दको रूपमा प्रयोग गरिन्थ्यो। मकवानपुर टिस्टुङमा प्राप्त वसन्तदेवको शिलालेखमा नेपाल जातिवाचक नामको रूपमा प्रयोग भएको छ। टिस्टुङ हालका नेवार समुदायका पुर्खा गोपालीहरूको थलोको रूपमा परिचित छ। संस्कृत भाषा प्रयोग भएको उक्त शिलालेखमा ‘स्वस्ति नेपालभ्य’ लेखिएको छ। त्यसको अर्थ ‘नेपालहरूको भलो होस्’ हो।

अंशुवर्माको अभिलेखमा पनि यस्तै शब्द प्रयोग भएको छ।

फ्रान्सेली इतिहासकार सिल्भाँ लेभीले पनि ‘नेपाल’ र ‘नेवार’ बीच घनिष्ठ सम्बन्ध रहेको उल्लेख गरेका छन्- ‘नेवारको भौगोलिक क्षेत्रलाई नै नेपाल भनियो। उनीहरूको भाषालाई नै नेपाल भाषा भनियो।’

टोनी हेगनले नेपाल उपत्यकामा बसोबास गरी बस्ती बसाल्ने नेवार नै हुन् भनेका छन्। ब्रुक नर्देले नेपाल खाल्डोका जनता नेवार मानेका छन्।

‘समग्रमा भन्ने हो भने नेवार समुदाय नेपाल देशसित प्राचीन कालदेखि नै अति घनिष्ठ रूपले सम्बन्धित हुँदै आएको छ,’ श्रेष्ठ लेख्छन्- ‘नेपाल नै नेवार शब्दबाट आएको हो। नेवार नै नेपाल शब्दबाट आएको हो।’

पहिला नेपाल भन्नाले काठमाडौं उपत्यका र आसपासका क्षेत्र मात्र जनिन्थ्यो। यो क्षेत्रको प्राचीन नाम नेपालमण्डल थियो। लिच्छवि राजा जयदेवले पहिलो पटक ‘नेपालमण्डल’ शब्द प्रयोग गरेका थिए। उनको शासन काल सन् ७१३ देखि ७३३ सम्म थियो।

मल्ल कालमा नेपालमण्डल काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर, भक्तपुर र दोलखासम्मको क्षेत्र थियो। उपत्यकाका तीनसहित धादिङ, रसुवा, दोलखा, रामेछाप, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर गरी हालका १२ जिल्लामा पैmलिएको थियो नेपाल।

नेपालमण्डलभित्रका सबै राज्य शक्तिशाली मानिन्थे। त्यति बेलाको नेपालमण्डलको क्षेत्रफल वर्तमान नेपालको १२ प्रतिशत मात्र थियो- १८ हजार ७४२ वर्गमिटर।

नेवारमा विविधता छ, धेरै जात छन्। ती जातबीच साझा आर्थिक सञ्जाल छ, साझा सांस्कृतिक परम्परा छ। अनेकतामा एकता छ। हामी नेवार हौं भन्ने भावना छ। नेपालमण्डल हाम्रो साझा थलो हो भन्ने मनोविज्ञान छ।

इतिहासको विभिन्न कालखण्डमा दक्षिण र उत्तरबाट आएर उपत्यका र वरपरका क्षेत्रमा बसोबास गर्ने मानव समूह र यहाँको शासन सत्तासमेत आफ्नो हातमा लिन सफल वंशका सन्तान नै नेवार हुन्। ‘अत: नेवार समुदाय कुनै जात होइन,’ श्रेष्ठ लेख्छन्- ‘बरू यसमा हरेक तप्का र तहका जातजाति, विभिन्न धर्म, नश्ल एवं वंशका मानिस समाहित भएको पाइन्छ। जस्तो पूर्व मेचीदेखि पश्चिम कालीसम्मको भूभागमा बसोबास गर्ने सबै जाति, धर्म र नश्लका मानव समूहलाई सामूहिक रूपमा नेपाली भने जस्तै नेपालमण्डलमा बसोबास गर्ने सबै नेवार हुन्।’

वीरेन्द्रभक्तहरूले मलाई नेवार घोषणा गर्नुको कारण बुझेँ मैले तर मेरा लागि नयाँ थियो यो पगरी। इतिहास खोज्दै गएपछि मलाई लगाइदिएको पगरी झन्झन् गहकिलो लाग्दै गयो। किनभने ‘नेवार नेपाली राष्ट्रियताको पुराताङ्खिवक पहिचान हो।’

इतिहासकार आचार्यले नेवारलाई सापु र मेपु, किराँत नेवार, लिच्छवि, वैशठकुरी र थकुजुजुहरू, मल्ल सिंहमा विभाजन गरेका छन्।

जसअनुसार पहिलो शासक गोपाल (सापु) र महिषमाल (मेपु) आर्य समुदायका थिए। यी समुदायको भाषा पनि इन्डो-आर्यन थियो। बिस्तारै उनीहरू मूल भाषा परिवर्तन गरी भोट-बर्मेली भाषा अङ्गीकार गर्न थाले।

‘गोपाल, महिषपाल र किराँत भाषाको संयोजनबाट नयाँ भाषा जन्म्यो,’ श्रेष्ठ लेख्छन्- ‘त्यही भाषालाई नेपाल भाषा भन्न थालियो।’

किराँतीले गोपाल र महिषपाल वंशको जमिन आफ्नो हातमा लिएर उनीहरूलाई आफूले कब्जा गरेको जमिनमै कृषक बन्न बाध्य पारे।

‘त्यसैको फलस्वरूप उनीहरूका सन्तान वर्तमान ज्यापु-महर्जन समुदायमा समाहित हुन पुगे,’ श्रेष्ठ लेख्छन्- ‘साथै नेपाल उपत्यकाबाहिर सुनकोसीको किनारसम्म पनि किराँत नेवारको बस्ती पैmलिएको थियो।’

किराँत नेवारलाई लिच्छविले पराजित गरे। उनीहरू भारतको वैशालीबाट नेपाल प्रवेश गरेका हुन्। विक्रम संवत् सुरू हुनुभन्दा दुई सय वर्षअगि लिच्छवि नेपाल छिरेका हुन्।

लिच्छविसँगै विदेह पनि आएका थिए यहाँ। लिच्छवि क्षत्रिय थिए भने विदेहचाहिँ ब्राह्मण। लिच्छवि अल्पसङ्ख्यक थिए, किराँती बहुसङ्ख्यक। अल्पसङ्ख्यक लिच्छवि बहुसङ्ख्यक किराँतीकै भाषा बोल्न बाध्य भए, संस्कृति अपनाउन बाध्य भए। कालान्तरमा तिनीहरू पनि नेवारै भए।

लिच्छवि कालमा बौद्ध धर्मको प्रचार निकै भएको थियो। लिच्छवि कालको अन्त्यमा यो धर्मले झन् व्यापकता पायो। बौद्ध धर्मको नीति शान्तिवादी हो, जसबाट लिच्छवि प्रभावित भए। बौद्ध धर्मको प्रभाव भएपछि उनीहरूको क्षत्रियता ह्रास हुँदै गयो। यही समयमा व्यवसायको खोजीमा उत्तरी भारतमाबाट नेपाल प्रवेश गरेका वैशठकुरीले क्षत्रिय गुणको विकास गरे। नवौं शताब्दीमा यिनीहरूले लिच्छविलाई हराएर शासन आफ्नो हातमा लिए। यी वंशका प्रथम राजा राघवदेवको पालामा शङ्खधर साख्वाले नेपाल संवत् सुरू गरेको थिए।

वैशठकुरीले सत्ता हातमा लिएपछि पूर्व शासक लिच्छविलाई शासन व्यवस्थाबाट च्यूत मात्र गरिएन, सबै किसिमका राजनीतिक अधिकारबाट वञ्चित गरी व्यापार व्यवसाय, खेतीपातीमा सीमित गरियो।

‘कालान्तरमा तिनै लिच्छवि पनि ज्यापु वर्गमा समाहित हुन पुगे,’ श्रेष्ठ लेख्छन्- ‘बौद्ध धर्मावलम्बी लिच्छविका सन्तान भने आजका उदासीहरूमा समाहित हुन पुगे। त्यस्तै सनातन धर्मको पाशुपत सम्प्रदायका लिच्छवि भने गृहस्थ र संन्यासी गरी दुई वर्गमा विभाजित थिए।’

श्रेष्ठका अनुसार गृहस्थहरू नेवार समाजका विभिन्न समूहमा मिसिन पुगे। संन्यासी भने आफ्नो आचारविचार, व्यवहार, मर्यादा विपरीत गृहस्थ बन्न पुगेकाले समाजमा तिरस्कृत भए। यिनीहरूका सन्तान नै वर्तमान पोडे हुन पुगे। केही लिच्छवि कपाली समुदायका अनुयायी थिए। उनीहरूका सन्तान नै कुश्ले भए, कपाली भए।

मध्यकालमा देव र मल्ल दुई वंशको शासन हुन्थ्यो। श्रेष्ठका अनुसार देव वंशको राजा हुँदा मल्ल वंशको राजकुमार हुने र मल्ल वंशको राजा हुँदा देव वंशको राजकुमार हुने प्रचलन थियो। ठकुरी शासन कालमा केन्द्रीय सरकार कमजोर हुँदा टोलटोलमा पुस्तौंदेखि शासन चलाएकाहरूको जगजगी हुन्थ्यो। थुकजुजु भनिने यस्ता टोलिया राजा कान्तिपुरमा मात्र १२ जना थिए। यस्तै शासक भक्तपुर र ललितपुरमा पनि थिए। यिनै वैशठकुरी पनि नेवारी समाजमा मिसिए। नेपाल भाषा बोल्न थाले। नेवारी संस्कृति अङ्गीकार गरे।

ठकुरी वंशको पनि अन्त्य भयो। बाह्रौं शताब्दीमा नेपालको शासन मल्लले आफ्नो हातमा लिए। भारतबाटै आएका राजपुत थिए मल्लहरू।

मल्लहरूले अठारौं शताब्दीसम्म शासन चलाए। बिस्तारै यिनीहरूले पनि नेवारी संस्कृति अपनाए। नेवारी राजाको रूपमा चिनिदै गए। मल्ल राजाका सन्तान समाजमा स्तरीय जातिका नेवारमा गनिन्छन्।

विभिन्न जाति र वंशका सन्तान नै अहिलेका नेवार हुन्। आफ्नो क्षेत्रको विकासका लागि यी जातिले महङ्खवपूर्ण योगदान पुर्‍याएका छन्।

काठमाडौं उपत्यकाका बस्ती अहिलेका नेवारका पुर्खाले बसाले। राजा भए, शासन चलाए, सभ्यताको विकास गराए। भाषा, साहित्य, कला, सङ्गीतको विकास गरे।

उपत्यकाको आर्थिक विकास गरी यिनैले तत्कालीन अर्थतन्त्र मजबुत बनाए। त्यसका लागि उद्योगधन्दा खोले, व्यापार व्यवसाय चलाए।

कृषिको विकास गरे।

शासन सत्ता चलाउनु नेवार पुर्खाको अर्को महङ्खवपूर्ण काम हो। शासन व्यवस्थाको सूत्रपात गरेर शान्ति सुरक्षा, समाजको समृद्धिजस्ता कामको सुरूआत गरे। बाहिरी आक्रमण रोकेर आफ्नो भूमि सुरक्षित गर्नतिर लागे।

काठमाडौं उपत्यकालाई विश्वले ‘सम्पदा सहर’ भनेर चिन्छ। सम्पदा सहरका निर्माता नेवारकै पुर्खा हुन्। शाह वंश र राणाहरूले पनि सम्पदा निर्माण गरे। जसले निर्माण गरे पनि त्यसमा कुनै न कुनै रूपमा नेवारकै संलग्नता छ।

तत्कालीन समयमै अमूर्त र मूर्त कलाको विकास भयो। साहित्य, कला, सङ्गीत, नृत्य जस्ता अमूर्त कला सिर्जना गरे। वास्तुकला, चित्रकला जस्ता मूर्त कलाको भण्डार बढाए। नेवार समुदायभित्रै यस्ता कलाको काम गर्ने समुदाय विकसित भए। ढलोटका मूर्तिकला, काष्ठकला जस्ता अनेक नमुना देख्न सकिन्छ हाम्रा सम्पदामा।

यस्ता कलाले उद्यमशीलताको विकाससमेत भयो। सबै जाति कुनै न कुनै रूपमा उद्यमशीलतामा क्रियाशील थिए। ससाना घरेलु उद्योगको विकास भयो। कृषिको विकास भयो। उद्यमशीलताको विकासले जीवनशैली उन्नत बन्यो। आर्थिक अवस्था सुदृढ भयो।

मिलेर बस्नु नेवारी समाजको अर्को विशेषता हो। संयुक्त परिवारको प्रचलन अझै देख्न सकिन्छ। एकै आँगनमा दशौं घर भएका बस्ती थुप्रै छन्।

एकअर्कामा सहयोग गर्न गुठीको व्यवस्था हुँदै गयो। जन्मदेखि मृत्युसम्मका संस्कार गर्न अनेक गुठी छन्- मृत्यु संस्कार गर्न सीँ गुठी, कुलदेवताको पूजा गर्न देउपूजा गुठी आदि।

आमनेपालीको जीवन पद्धतिभन्दा अलग छ नेवारी जीवनशैली। मौलिक जीवन पद्धतिको विकास नेवार पुर्खाले गरेका हुन्।

नेवार पुर्खाको योगदान सहरी सभ्यताको विकासमा पनि उच्च छ। कोलिग्राम, दक्षिण कोलिग्राम जस्ता नगर विकास भए। उपत्यकामा गुचुमुच्च परेका बस्ती बने। त्यसमा आफ्नै मौलिक वास्तुकला विकसित भए।

यसरी विकसित भएका हाम्रा सम्पदामा पुराताङ्खिवक मूल्य मान्यता मिचिएका छन्। चिहान मासेर घर बनाइए, पोखरी मासेर भवन ठड्याइए। घरको जगमुुनि मूर्ति भेटिन्छन्, जङ्गलमा कङ्क्रिट हालिएका छन्। विशाल राणाकालीन दरबारहरू भत्काइँदै छन्, गुठीका जग्गा हडपिएका छन्, ढुङ्गेधारा सुकाइए। यही अवस्था रहने हो भने अबको पुस्ताले हाम्रा पुर्खाका वैभव देख्न पाउने छैनन्। यो चिन्ताको विषय हो। यही चिन्ताले सम्पदाको पक्षमा केही बहस चलोस्, केही अनुभूति गराउन सकिन्छ कि भन्ने एउटा प्रयास हो सम्पदा लडाइँ।

मूर्त, अमूर्त दुवै सम्पदालाई सँगसँगै संरक्षण गर्नुपर्छ। अमूर्त सम्पदामा ध्यान दियौं भने हामी विश्वमै सम्पन्न हुने आधार छन्। तिनै आधार अब खोजी गर्नुपर्छ। तिनको खोजी गर्न जातिबीच जानुपर्छ। समुदायमा जानुपर्छ। बस्ती बस्तीमा जानुपर्छ। गण्डकी प्रदेशमा बस्ता मैले गुरूङ सभ्यता खोजें। गुरूङ सभ्यता खोज्न म गुरूङ जस्तै बनें। अहिले नेवारी सभ्यता खोज्न नेवारबीचमै गएको छु। नेवारकै उपाधि पाएको छु। देशैभरि विभिन्न जाति, क्षेत्र, समुदायमा मूर्त र अमूर्त सांस्कृतिक सम्पदा छन्। तिनलाई राष्ट्रिय सम्पदामा सूचीकृत नगरी हुँदैन। सूचीकृत जसरी हुनुपर्ने हो, भएका छैनन्। त्यसका लागि आफ्नो तहबाट दबाब दिनुपर्छ। सम्पदाको मर्म बुझाएर दबाब सिर्जना गर्ने वातावरण हो सम्पदा लडाइँ।

(पत्रकार तथा लेखक न्यौपानेको पुस्तक सम्पदा लडाइँबाट )

आइतबार, जेठ ०९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.