• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

फाइभ जीबाट कोरोनाभाइरस सर्ने दाबी गलत


आइतबार, जेठ ०९, २०७८ मा प्रकाशित

दीपक अधिकारी

Advertisement

नेपालमा फाइभ जीको शुरुवात नभएकाले कोभिड-१९ कम फैलिएको तर भारतमा फाइभ जीको रेडिएसन (विकिरण) ले गर्दा फैलिएको अनि भारतमा फाइभ जी शुरु गरेको ठाउँमा मृत्युदर बढेको दाबी गर्दै तस्बिर सहितको सामग्री फेसबुकमा फैलाइएको छ। पोखरास्थित फोटोग्राफर तथा डिजे ओम लामाले फेसबुकमा गत बैशाख २६ गते उक्त सामग्री सेयर गरेका थिए। उनको पोस्ट ४ हजार ५ सयभन्दा बढी सेयर गरिएको छ।

उक्त पोस्टमा भनिएको छः

नेपालमा अहिले फाइभ जी शुरु नभएको हुँदा कोभिडको केस कम छ। र, जे जति छ, त्यो सब इण्डियामा फाइभ जीको रेडिएसनले गर्दा हो। भारतमा जहाँ जहाँ फाइभ जी शुरु गरिएको छ, त्यहाँ मृत्युदर बढिरहेको छ। जस्तै बम्बई, मध्य प्रदेश, उत्तर प्रदेश, दिल्ली र कर्नाटकमा फाइभ जी टेस्टिङ फेज चलिरहेको छ। र, त्यसको वरिपरि विभिन्न प्रकारका लक्षणहरू देखा पर्न थालेका छन् जस्तै आँखा पोल्नु, आँखा रातो हुनु, घाँटी सुख्खा हुनु, तिर्खा धेरै लाग्नु, सास फेर्न अप्ठ्यारो हुनु आदि इत्यादि।

सोही सामग्री फेसबुकमा यहाँ, यहाँ र यहाँ पनि सेयर गरिएको छ। त्यसमा समावेश गरिएका तस्बिरहरूमध्ये सन् २०२० को जनवरीमा लण्डनमा भएका फाइभ जी विरोधी प्रदर्शन र नेदरल्यान्ड्सको राजधानी आम्सटर्डमका प्रदर्शनका छन्।

यसअघि यस्तै दाबी बेलायत लगायतका युरोपेली मुलुक हुँदै भारतमा पनि फैलिएको थियो। त्यसबारे भारतको अल्ट न्युज र फ्याक्टलीले तथ्य जाँच गरेका छन्। फाइभ जीले कोरोना भाइरस फैलाउँछ भन्ने गलत दाबीको साउथ एसिया चेकले तथ्य जाँच गरेको छ।

के हो फाइभ जी ?

फाइभ जी मोबाइल प्रयोगका लागि अहिलेसम्मकै सबैभन्दा उन्नत प्रविधि हो। यो पाँचौ पुस्ता (फिफ्थ जेनेरेसन) को प्रविधिले इन्टरनेटमार्फत हुने गतिविधिमा आमुल परिवर्तन ल्याउने विज्ञहरू बताउँछन्। नेपालमा हाल फोर जी सेवा उपलब्ध छ भने फाइभ जीको पनि परीक्षण गर्ने तयारी गरिएको नेपाल टेलिकमका बरिष्ठ इन्जिनियर मधुसुदन दाहालले साउथ एसिया चेकलाई बताए। नेपालमा हाल फोर जी चालु छ। दाहालका अनुसार फाइभ जी भनेको फोर जीभन्दा विकसित प्रविधि हो। उनका अनुसार फाइभ जीका लागि फोर जीकै सफ्टवेर अपडेट गरी केही एन्टेना लगायतका हार्डवेर थपिन्छ।

मोबाइलले विद्युत चुम्बकीय तरंग फैलाउने गरेता पनि त्यसले हानि नगर्ने विभिन्न अध्ययनहरूबाट प्रमाणित भएको उनले बताए। ‘सायद मोबाइलको तरंग पनि नदेखिने र कोरोना भाइरस पनि नदेखिने भएकाले मानिसहरूमा भ्रम फैलिएको होला,’ उनले भने, ‘मोबाइलले ५ देखि १० मिलिवाटको ऊर्जा प्रसार गर्छ (फाइभ जीमा यो कम वा बढी हुनसक्छ)। यो हानिकारक हुँदै होइन।’

उनले मोबाइलको फ्रिक्वेन्सीले कसरी काम गर्छ भन्ने कुरा यसरी बुझाए, ‘मैले बोलेको कुरा तरंगको माध्यमबाट मेरो नजिकैको टावरमा पुग्छ। त्यसपछि त्यो तपाईको दुरसञ्चार सेवा प्रदायकको सर्भरमा पुग्छ र त्यसले तपाईले फोन गरेको व्यक्तिको नजिकैको टावरमा पठाइदिन्छ। जुन टावरले सबैभन्दा राम्रो सिग्नल दिन्छ, त्यसबाट मेरो आवाज प्रेषित हुन्छ।’

फाइभ जीका लागि अहिलेका जस्ता ठूला तर टाढा ठडिएका थोरै टावरको साटो साना तर नजिकै रहने धेरै टावर राखिनुपर्ने विज्ञहरू बताउँछन्।

ओम लामाकाे फेसबुक पाेस्टकाे स्क्रिनसट

भारतमा रिलायन्स जियो, भारती एयरटेलजस्ता टेलिकम कम्पनीले फाइभ जीको परीक्षण गरे पनि आम उपभोक्तामा सेवाको शुरुवात भएको छैन। भारतमा कोभिड-१९ को दोस्रो लहरबाट ती फेसबुक पोस्टमा उल्लेखित राज्यहरू बढी प्रभावित भएको सही भएपनि ती राज्यमा फाइभ जीको परीक्षण चलिरहेको दाबी गलत हो।

फाइभ जीबाट कोरोना भाइरस फैलिँदैन भन्दै विश्व स्वास्थ्य संगठनले गत वर्ष नै एक सामग्री प्रकाशित गरेको छ। उक्त सामग्रीमा भनिएको छ, ‘फाइभ जी वा मोबाइलको सञ्जालबाट कोरोना भाइरस सर्दैन। फाइभ जी नभएका कैय देशमा कोभिड-१९ फैलिएको छ।’

गत वर्ष बेलायतमा फाइभ जीको शुरुवात गर्नुअघि उक्त प्रविधि बनाउने चिनिया मोबाइल कम्पनी हुवावेले मोबाइल प्रयोगकर्ताको अभिलेख राख्ने अफवाह फैलिएकोले यसलाई कोरोना भाइरस सँग जोडेर भ्रम फैलाइएको हुनसक्ने टेलिकम इन्जिनियर दाहालले बताए। ‘मानिसहरूमा यसबाट सरकारले नागरिकमाथि निगरानी राख्छ कि भन्ने पर्यो,’ उनले भने।

(यो सामग्री साउथ एसिया चेक डट ओआरजीले तयार पारेको हो)

आइतबार, जेठ ०९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.