• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. मन्त्रिपरिषद् बैठक बस्दै

यो घरेलु उपचारले अक्सिजन लेभल बढाउने दाबी आधारहीन


बिहिबार, बैशाख १६, २०७८ मा प्रकाशित

दीपक अधिकारी-साउथ एसिया चेक

Advertisement

नेपालमा कोभिड-१९ को दोस्रो लहर फैलिरहेको बेला सामाजक सञ्जाल प्रयोगकर्ताले यससम्बन्धी विभिन्न सामग्री सेयर गरिरहेका छन्। यसै सिलसिलामा ट्वीटर र फेसबुकमा ‘अक्सिजन लेभल कम हुँदा गरिने पुरानो उपाय’ भन्दै यस्तो सामग्री सेयर गरिएको छः

३-४ टुक्रा कपुर, ३-४ वटा ल्वाङ, सानो चम्चाको १ चम्चा ज्वानो र २-३ थोपा नीलगिरीको तेल मलमलको सुती कपडामा पोको पारेर बाँध्नुस् र बेला बेलामा सुँघ्नुस्। सुँघिसकेपछि प्लाष्टिकको जिपर ब्यागमा राख्नुस्। नीलगिरीको तेल घरमा छैन भने नराख्दा पनि हुन्छ ।

यो सन्देशसँगै ती सामग्री राखिएको तस्बिर नेपाल टेलिभिजनकी पूर्व समाचार वाचिका रमा सिंहको फेसबुकमा बैशाख १४ गते सेयर गरिएको थियो। उक्त फेसबुक पोस्टमा प्रतिक्रिया जनाउँदै धेरैले जानकारीका लागि सिंहलाई धन्यवाद दिएका छन्।

एकजनाले हिन्दी भाषामा बनाइएको त्यसको भिडियो पनि सेयर गरेकी छन्। सिंहको पोस्टमा ३० वटा प्रतिक्रिया आएका छन् भने त्यसलाई ४ हजारभन्दा बढी सेयर गरिएको छ। उक्त सामग्री ट्वीटरमा यहाँ र यहाँ अनि फेसबुकमा यहाँ र यहाँ सेयर गरिएको छ। भारतमा यस अघि नै भाइरल भएको यो सामग्री नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताले सिंहको पोस्टबाट फैलाएको देखिन्छ।

तथ्य जाँच

साउथ एसिया चेकले तथ्य जाँच गर्दा यो सामग्री भ्रामक र आधारहीन भएको फेला परेको छ।

आयुर्वेदिक चिकित्सक प्रकाश ज्ञवालीका अनुसार कपुर, ल्वाङ र ज्वानो परम्परागत रूपमा घरेलु उपचारमा प्रयोग गरिने जडिबुटी भएता पनि तिनको प्रयोगले मानिसमा अक्सिजन लेभल बढाउँछ भन्ने दाबी प्रमाणित होइन। ‘यी चिजलाई आयुर्वेदमा औषधिको रूपमा वर्णन गरिएको छैन। आयुर्वेदिक औषधि हुनका लागि त त्यससम्बन्धी पुस्तकमा वर्णन गरिएको हुनुपर्‍यो,’ डाक्टर ज्ञवालीले साउथ एसिया चेकलाई बताए।

उनका अनुसार कपुरले रुघा लागेमा नाक खोल्न मद्दत गर्छ भने ल्वाङले कफलाई सुकाउँछ। ‘ज्वानोलाई पनि विभिन्न औषधिमा मिसाइन्छ। छातिसम्बन्धी समस्या भएमा यसमा कफ निकाल्ने वा सुकाउने गुण भएकोले यसको प्रयोग गरिन्छ,’ उनले भने। त्यसैगरी नीलगिरीको तेल अरु चिजसँग मिसाएर भिक्स जसरी लिने गरिएको उनले बताए। ‘त्यसलाई भिक्सको रूपमा प्रयोग गरेर बन्द नाक खुलाउन सकिन्छ। यसले सास फेर्न सजिलो हुन्छ तर अक्सिजन लेभल बढाउँछ भन्ने कुनै प्रमाण छैन।’

काठमाडौंको मुलपानी नगर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर पुष्पमणि खरालले त्यस्ता जडिबुटीको प्रयोगले अक्सिजन लेभल बढ्ने कुनै प्रमाण नभएको बताए। ‘अक्सिजन लेभल बढाउन फोक्सो तन्दुरुस्त हुनुपर्‍यो र कृत्रिम अक्सिजन दिनुपर्‍यो। फोक्सोको एक्सर्साइज गर्नुपर्‍यो,’ उनले साउथ एसिया चेकलाई बताए, ‘अरु उपाय पनि छन्। जस्तो प्रोन पोजिसन (घुँडा र पेटमा सिरानी राखेर घोप्टो परेर सुत्ने), डिप ब्रिदिङ (गहिरो सास लिने) आदि।’ यी प्रक्रियाले सास फेर्न सहज बनाउने उनले बताए।

हामीले गुगलको प्रयोग गरी इन्टरनेटमा प्रकाशित यसबारेका सामग्री खोजी गर्दा ती जडिबुटीको सेवनबाट अक्सिजन लेभल बढ्छ भन्ने दाबीलाई पुष्टि गर्ने कुनै सामग्री फेला परेन। स्वास्थ्य खबर नामक अनलाइनले कपुर र ल्वाङबाट हुने फाइदाको बारेमा सामग्री प्रकाशित गरेको पाइयो।

दुई जना चिकित्सकको भनाइ र अन्य सन्दर्भ सामग्रीको आधारमा उक्त पोस्टमा गरिएको कपुर, ज्वानो, ल्वाङ र नीलगिरीको तेलको प्रयोगले अक्सिजन लेभल बढ्छ भन्ने दाबी भ्रामक र आधारहीन ठहर्छ।

(यो सामग्री साउथ एसिया चेक डट ओआरजीले तयार पारेको हो)

बिहिबार, बैशाख १६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.