• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

भक्तपुरका सहरः अरनिको वारि, अरनिको पारि


आइतबार, चैत १५, २०७७ मा प्रकाशित

अरनिको राजमार्गले नेपाललाई चीनसँग मात्र जोड्दैन, भक्तपुरको हकमा पुरातन संस्कार, संस्कृति अनि आधुनिकताबीच विभाजन रेखाको काम पनि गरेको छ।

Advertisement

काठमाडौं- नेपाल र चीन जोड्ने पहिलो सडक हो, अरनिको राजमार्ग। काठमाडौं, भक्तपुर, काभ्रे र सिन्धुपाल्चोक हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको खासासम्म जोड्छ, यस मार्गले। यही राजमार्गले भक्तपुरमा भने सूर्यविनायक र भक्तपुर नगरपालिका गरी दुई महत्त्वपूर्ण हिस्सालाई विभाजन गरेको छ।

काठमाडौंतर्फबाट जाँदा अरनिको राजमार्गको वारि रहेको भक्तपुर नगरपालिका दरबार स्क्वायर, पोट्री स्क्वायर, दत्तात्रेय र न्यातपोल मन्दिरजस्ता पुरातात्त्विक महत्त्वका सम्पदाले भरिपूर्ण छ। पारिपट्टि भने सूर्यविनायक र डोलेश्‍वर महादेव मन्दिर, घ्याम्पेडाँडा, रानीकोटजस्ता मठमन्दिर र पर्यटकीय गन्तव्य छन्। अरनिको राजमार्गले यी दुई नगरपालिकाको प्रशासनिक विभाजन मात्र गरेको छैन, भिन्‍न रहनसहन र संस्कृतिलाई पनि छुट्याएको छ।

बायाँतर्फ भक्तपुर नगरपालिकामा रैथाने नेवार समुदाय र उनीहरूको पुरानो रहनसहन पाइन्छ। दायाँतर्फ बाह्मण, क्षत्री, तामाङ र मंगोलियन समुदायको बाहुल्यता छ। भक्तपुर नगरपालिका क्षेत्रमा पुरातन संस्कृति झल्काउने घरहरू छन्। सूर्यविनायकतर्फ भने आधुनिक जीवनशैली, कंक्रिटका भवन र मिश्रित बसोवास देख्न सकिन्छ। भाषा, बोलीचाली र व्यवसायमा भिन्‍नता पाइन्छ। एकातर्फ परम्परागत शैली र अर्कोतर्फ आधुनिक समाजको ऐनाजस्तो देखिन्छ। भक्तपुरतर्फ हाकुपटासी र दौरासुरुवालमा सजिएका महिला र पुरुषको आवतजावत बाक्लो देखिन्छ। सूर्यविनायकतर्फ ठ्याक्कै नेवारी परम्पराको सिको कम देखिन्छ।

भक्तपुरतर्फ हाकुपटासी र दौरासुरुवालमा सजिएका महिला र पुरुषको आवतजावत बाक्लो देखिन्छ। सूर्यविनायकतर्फ ठ्याक्कै नेवारी परम्पराको सिको कम देखिन्छ।

‘भक्तपुरको पुरानो राजनीतिक र भौतिक प्रणाली अनि आधुनिक समाजबीच विभाजन रेखा बनेको छ, अरनिको राजमार्ग,’ संस्कृतिविद्ते जेश्‍वरबाबु ग्वंग भन्छन्। पुरानो नगर राज्यको झल्को दिन्छ, भक्तपुरले। जतिवेला भक्तपुर नगर बनिसकेको थियो, सूर्यविनायकतर्फ घना जंगल थियो। भक्तपुरकै वरिपरि रहेका नगरकोट र चाँगुनारायण क्षेत्र पनि जंगल नै थिए। भक्तपुरले आफ्नो पुरानो पहिचान कायमै राख्यो। घना जंगल फाँडेर बसेका बस्तीले भने आधुनिक स्वरूप पाए।

भक्तपुरतर्फका नगरकोट र चाँगुनारायणमा पनि केही हदसम्म पुरातन नेवारी संस्कारको झल्को पाइन्छ। बदलियो त केवल सूर्यविनायक नगर क्षेत्र। मिश्रित समुदायको बसोवासका कारण त्यस क्षेत्रमा पुरातन नेवारी संस्कृतिको विस्तार कम भयो। विभिन्‍न जातजातिको विविधता पाइन्छ, त्यस क्षेत्रमा। सूर्यविनायक नगरपालिकाका स्थायी बासिन्दा ग्वंग भन्छन्, ‘मैले घर बनाउँदा वरिपरि फाँट मात्र थियो। घर विरलै थिए। तर, अहिले थोरै खुला स्थान पनि देखिँदैन।’ उनको पैतृक घर भने भक्तपुर नगरपालिकामा पर्छ।

भक्तपुर क्याम्पसमा इतिहास विषयका पूर्वसह-प्राध्यापक विश्‍वमोहन जोशीका अनुसार सूर्यविनायकभित्रका गुन्डु, सिपाडोललगायत स्थानमा पहिल्यैदेखि थोरै नेवार थिए भने ब्राह्मण, क्षत्री र तामाङ जातिको बाहुल्यता थियो। यस्तै, उपत्यकाबाहिरबाट आएकाहरूले पनि त्यहीँ घरजग्गा जोडे। ‘सोहीअनुसारले त्यहाँ रहनसहनको विकसित भयो,’ उनी भन्छन्।

भक्तपुरवासीले परम्परागत जात्रा, पहिरन र जीवनशैलीलाई निरन्तरता दिए। राजमार्ग पारिपट्टि बसेका मिश्रित समुदायले आधुनिकता अंगीकार गरे।

भक्तपुर नगरपालिकाका एकदेखि १० नम्बर वडासम्म पहिल्यैदेखि नेवार समुदायको बसोवास थियो। उनीहरूले नै परम्परागत जात्रा, पहिरन र जीवनशैलीलाई निरन्तरता दिए। अरनिको पारिपट्टि भने मिश्रित समुदायको बसोवासका कारण भक्तपुरभन्दा भिन्‍न रहनसहन विकास भयो। ‘यसखाले विविधतालाई स्वाभाविक मान्‍नुपर्छ,’ जोशी भन्छन्।

नेपाल सरकारले सम्पदा संरक्षणका लागि परियोजना नै सञ्चालन गरेको थियो, भक्तपुरतर्फ। काठमाडौं र पाटनमा रहेका पुरातात्त्विक सम्पदाका लागि पनि उक्त सरकारी योजना कार्यान्वयनमा थियो। सम्पदा संरक्षण अभियान काठमाडौं र पाटनमा भन्दा भक्तपुरमा बढी सफल देखिएको ग्वंग बताउँछन्। उनका अनुसार त्यसको कारण पनि रैथाने नेवार समुदायको बाहुल्यता रहनु हो। ‘आफ्नो घरको माया परिवारकै सदस्यलाई बढी हुने रहेछ,’ ग्वंग भन्छन्, ‘त्यही परिपाटी नेपाल सरकारका योजनाहरूमा पनि लागू भएको पाइन्छ।’

उपत्यकामा देशभरका मानिसको बसोवास छ। दशकौँदेखि यहाँ बसिरहेकाहरूको ध्यान कला र सम्पदाको संरक्षणमा देखिनु स्वाभाविकै हो। हुन त पछि आएका काठमाडौंका बासिन्दामा यहाँका कला र संस्कृतिको जगेर्नामा ध्यान कम देखिँदैन। यहाँको मौलिकता बचाउन उपत्यकाका बासिन्दा सचेत देखिन्छन्। किनकि, त्यही मौलिकतामा पुरातन नेपालको पहिचान संरक्षण गर्दै यहाँको पर्यटकीय विकासको पाटो अन्तरनिहित छ। अरनिको वारि र पारिको विविधता देशभरका लागि उदाहरणीय मान्‍न सकिन्छ।

आइतबार, चैत १५, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
प्रदेशको राजनीतिले फेरि बामपन्थीलाई एकै थलोमा उभ्याउँदै ! सिद्धान्तको एकता कि सत्ताको बाध्यता ?
झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !
झटारो : सरकार, तिमी हरायौ कि जनता हराए ?
घर फर्किएका चार सपना : एउटा पत्र, एउटा यात्रा र पुनर्मिलनको क्षण

भर्खरै

  • १.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • २.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ३.
    टिपरको ठक्करबाट मृत्यु

  • ४.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

  • ५.
    कारागारबाट फरार माझी पक्राउ

  • ६.
    घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

  • ७.
    देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

  • ८.
    इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.