• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

चितवनका किसान र नेपाल प्रहरीका अधिकृतहरू : एउटै कथा एउटै नियति


    Avatar photo
मङ्गलबार, फागुन ०२, २०७९ मा प्रकाशित

देशका किसान र नेपाल प्रहरीका उच्च पदस्थ अधिकृतहरूको नियती एउटै छ। एउटा सिंगै ब्याच एकै दिन अवकाशको संघारमा पुगेको छ । र, उनीहरूको हातमा अवकाशपछि अपनाउने अन्य कुनै सीप उपलब्ध छैन।

Advertisement

 

‘कृषिकर्म गरौं भविष्‍य छैन, खाडी जाऊँ उमेर छैन’ यो अभिव्यक्ति चितवनका तरकारी किसानको हो। झापाका कुखुरा किसानहरूले पनि विद्रोहको भाषा बोलेका छन्। प्रदर्शनमा उत्रिएका छन्। तर, राज्यको कुनै निकाय जवाफदेही छैन।

नेपाल प्रहरीका उच्च पदस्थ अधिकृतहरूको एउटा सिंगै ब्याच एकै दिन अवकाशको संघारमा पुगेको छ। छिटोमा ५२ र ढिलोमा ५६ वर्ष उमेरमा बहुसंख्यक अधिकृतहरू अवकाश हुने गर्छन्। अवकाशको अर्थ राज्यले ‘तिमी अब काम गर्न सक्दैनौ पेन्सन खाएर बस’ भनेको हो।

विगत केही वर्षयता काम गर्दागर्दैको, एउटा होनहार, कर्तव्यपरायण, व्यावसायिक अधिकृत जागिरबाट ‘आउट’ हुँदै आएको छ। काम गर्ने सीप छ, जाँगर छ, ‘प्रब्लम सल्भिङ स्किल’ छ, शारीरिक/मानसिक रूपले हट्टाकट्टा एउटा अधिकृत राज्यको पेन्सन थापेर बस्‍ने इच्छा राख्दैन।

औसतमा ५५ वर्षमा रिटायर्ड हुने प्रहरी आईजीपी वा एआईजीपी ‘पेन्सन खाएर बसेको छु’ भन्‍न लजाउँछ। यहींनेर माथिको अभिव्यक्ति पुनः प्रासंगिक भएर आउँछ। कुनै व्यवसाय गरौं भने त्यससम्बन्धी ज्ञान छैन, पुँजी छैन, प्रविधि छैन, श्रमिक छैन। कसैगरी कोही पूर्व अधिकृत कुनै व्यवसायमा आवद्ध भएमा महान् ‘समाजवादी’ नेताहरू श्रमिक भड्काउन पुगिहाल्छन्।

आफ्नो व्यवसायमा ताला लगाएपछि गर्ने के ? विदेश जानलाई उमेर बाधक बन्छ, यहीं काम गरी खानलाई राज्यका संयन्त्रहरूले लम्बेतान प्रकृया देखाएर हतोत्साहित गर्छन्। धेरैले भोगेको यो अवस्थाप्रति राज्यको कुनै निकायको चासो छैन। कोही कसैप्रति जिम्मेवार छैनन्।

यो आर्थिक वर्षमा सरकारको राजस्व लक्ष्‍यको करिब २५ प्रतिशत कम उठेको छ। लक्ष्‍यबमोजिम पूरै राजस्व उठेका विगत वर्षहरूमा पनि समस्याहरू थिए। जस्तै- साढे १० खर्बजति राजस्व उठ्ने र त्यति नै रकम चालु खर्चमा विनियोजित हुनु भनेको समस्या हो। राजस्व जति तलबभत्ता र पेन्सनजस्ता सामाजिक सुरक्षा कार्यमा सकिन्छ। विकास गर्ने पुँजी अत्यन्त न्यून हुन पुग्छ। मुल समस्या नै यही हो।

युवा प्रहरी अधिकृतहरूलाई रिटायर्ड गराएर घर पठाई पेन्सन खर्च लेख्‍नु राज्यको समस्या हो भन्‍ने तथ्य निजामति प्रशासनलाई भलिभाँती थाहा छ। यो समस्यालाई सतहमा ल्याउँदा आफूलाई नभई प्रहरीलाई फाइदा पुग्‍ने उनीहरूको अभिमत हुन सक्छ। प्रहरीलाई बलियो बनाउँदा आफू कमजोर देखिने भय छ यो वर्गलाई।

राजनीतिका मालिकहरूलाई पनि प्रहरी कमजोर हुँदा फाइदै फाइदा हुने लाग्छ। कमजोर प्रहरी, कामचोर प्रहरी रातोदिन आफ्नो पछि पर्ने र सेवा पुर्‍याउने लोभ जो उनीहरू राख्छन्। प्रहरीलाई आफूखुशी कज्याउन पाउँदा शक्तिशालीमा गणना हुन पाउने र कार्यकर्ताहरूलाई भुलाइराख्‍न पाउने दोहोरो फाइदा उठाउने संस्कृतिकै रूपमा विकसित हुँदै आएको छ।

राज्यकोषबाट तलब खाने तमाम कर्मचारीहरूमध्ये असमान अवकाश पाउने प्रहरी मात्र हो। यसबारे धेरै लेखिएका छन्, बोलिएका छन, अदालतबाट फैसला भई आएका छन् तर सुनुवाइ कतै छैन। यसमा प्रहरी पीडित छन्। ‘प्रहरीलाई न्याय’को अभियान चलाउनुपर्ने भएको छ। आफूले फाइदा उठाएको भनी ठान्‍ने नेता र निजामतीहरूलाई पनि कहिँकतै फाइदा छैन किनकि, कमजोर प्रहरीले उनीहरूलाई सुरक्षा प्रदान गर्न सक्दैन। आफू बलियो हुँदा प्रहरीलाई कमजोर बनाइराख्‍नेहरूले ‘म कुनैदिन कमजोर हुनसक्छु’ वा ‘मलाई सशक्त स्वरूपको प्रहरीले मात्रै सुरक्षा दिनसक्छ’ भनी सोचेको देखिएन। शायद यस्तै कारणले हुनसक्छ विश्व आईक्यू इन्डेक्समा नेपालको स्थान पुछारमा पुगेको छ।

आज परिस्थिति कस्तो भएको छ भने एउटै करिअरको छिमेकी भारतको काउन्टरपार्ट प्रहरी सेवामै रहेको हुन्छ। आपसी संवादमा उताको प्रहरी अचम्मित हुन पुग्छ यताको अवकाशको प्रावधान सुनेर। नेपालकै निजामतीतर्फका काउन्टरपार्टहरू अटल रूपमा सेवामै रहँदा प्रहरी भने आफूले कुनै गल्ती गरेर शीघ्र अवकाशमा जानुपरेको जस्तो आत्मग्लानीबोध भएको देखिन्छ। मैले भेटेका धेरैजसो रिटायर्डहरू आफूलाई अन्याय परेको महशुस गरेको अभिव्यक्ति दिने गर्छन्।

अहिले एउटा सिंगै ब्याच अवकाशको संघारमा पुगेको छ। धेरै अनुभवी, कर्तव्यपरायण र व्यावसायिक छविका अधिकृत अवकाशमा जानु राज्यको लागि अभिशाप हो। विगतमा भएका गल्ती सच्याउने उचित अवसर छ अहिले। ३० वर्षे अवकाशको प्रावधानलाई खारेज गर्दा जो जसको वृत्ति विकास रोकिन्छ, उनलाई क्षतिपूर्ति वा विकल्प दिनेबारे सोच्‍न सकिन्छ।

मङ्गलबार, फागुन ०२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाहुण्डाँगीको मानव-हात्ती द्वन्द्व : जैविक मार्ग कि किसानको पीडा ?
निजामतीमा अवकाशको नयाँ प्रावधान : अनुभवी कि नयाँ ?
मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
एक अनर्थ शास्त्रीको अर्थशास्त्रीहरूलाई सुझाव
अत्यधिक र अनियन्त्रित लोकतन्त्रले बिगारेको नेपाली आदत (बुँदागत विश्लेषण)
संविधानको कसीमा राष्‍ट्रीय हित र राष्‍ट्रीय सुरक्षा

भर्खरै

  • १.
    गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

  • २.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • ३.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ४.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ५.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ६.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ७.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ८.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.