मेष- श्रमले उचित मूल्य नपाउन सक्छ। सोचेभन्दा कमै फाइदा मिल्नेछ। व्यवसायमा आम्दानी बढ्ने देखिन्छ।
वृष- सरसापटमा धन खर्च हुनेछ। आम्दानी बढाउने काम शुरु गर्न सकिनेछ। धार्मिक यात्राको योग छ।
मिथुन- प्रतिभाको कदर हुनेछ। बौद्धिक प्रतिस्पर्धामा अरूलाई उछिन्न सकिनेछ। दीगो आम्दानी हुने काम शुरु गर्ने मौका छ।
कर्कट- अरूको भर नपर्दा राम्रो हुनेछ। परिस्थितिअनुसार चल्न सके फाइदा हुनेछ। सहयोगीहरूको साथ मिल्नेछ।
सिंह- ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ। कसैसँग सामान्य मनमुटाव पर्न सक्छ। अप्ठ्यारा कामको बोझ थपिन सक्छ।
कन्या- महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिनेछ।
तुला- घरेलु कामबाट फाइदा पुग्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गरे सफलता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ।
वृश्चिक- आश्वासन दिनेहरूबाट टाढै रहनुहोला। व्यापार व्यवसायमा लाभ हुनेछ। विशेष उपहार प्राप्त हुनुका साथै धन लाभ हुनेछ।
धनु- अध्ययनमा ध्यान दिनुहोला। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। नचिताएको ठाउँमा धन खर्च हुनेछ।
मकर- काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ। शत्रुहरूको चलखेल बढ्नाले चुनौती बढ्ला। विशेष उपहारका साथ प्रेम प्रस्ताव आउन सक्छ।
कुम्भ- आश मारेको काम बन्नेछ। लगनशीलताले राम्रै उपलब्धी दिलाउनेछ। व्यवसायमा लगानी बढाउने मौका छ।
मीन- वैदेशिक क्षेत्रबाट लाभ मिल्नेछ। पढाइ लेखाइमा सामान्य प्रगति हुनेछ। लामो यात्रा गर्ने अवसर आउन सक्छ।