• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

संसदीय अभ्यासमा कलाकार : दुई मात्र विजयी, अधिकांश चर्चामै सीमित


शुक्रबार, मङि्सर ०९, २०७९ मा प्रकाशित

काठमाडौं- यसपटकको निर्वाचनमा होमिएका कलाकारहरूमध्ये थोरैले मात्र जित निकाले भने धेरैजसो चर्चामै सीमित रहे। कलाकारहरू विभिन्‍न पार्टीमा प्रवेश मात्रै गरेनन्, जित्छु भन्‍ने अठोटका साथ चुनावी मैदानमा पनि उत्रिए। तर, आफ्नो कलाले जस्तो सजिलै मतदाताको मन लोभ्याउन पहाडै फोरेभन्दा कम सकस भएन।

Advertisement

निर्वाचनअघि धेरै चर्चामा रहेकी कलाकार हुन्, रेखा थापा। उनको चुनावी प्रचारप्रसार हेर्दा सहजै जित निकाल्ने अड्कल धेरैको थियो। नतिजा भने विपरीत आयो। हाल मतगणना जारी रहेको मोरङ क्षेत्र नम्बर ३ मा राप्रपाबाट चुनाव लडेकी थापाले १० हजार ७१० मत बटुलेकी छिन्। उनको प्रतिस्पर्धा कांग्रेसका सुनिल शर्मा, एमालेका भानुभक्त ढकालसँग थियो। कांग्रेसका शर्मा ४६ हजार ९३६ मतका साथ अग्रस्थानमा छन् भने एमालेका ढकाल २५ हजार ७४ मतसहित दोस्रो स्थानमा छन्। राप्रपाकी थापा तेस्रो स्थानमा छिन्।

यस्तै, हास्य टेलिश्रृंखला सक्किगोनीका कलाकार ‘सितेबा’ अर्थात् मधुसुदन पाठक काठमाडौं-५ मा हाम्रो नेपाली पार्टीबाट चुनाव लडेका थिए। उनले जम्मा ३६४ मत प्राप्त गरे। सोही क्षेत्रबाट कांग्रेसका प्रदीप पौडेल १५ हजार २३७ मतका साथ विजयी भए।

कलाकारहरूले काठमाडौं मात्र होइन, आफ्ना गृहजिल्ला र अन्य क्षेत्रबाट चुनावमा भाग लिए। चलचित्र निर्देशक मनोज पण्डित काभ्रे क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार हुन्। ७० करोड भ्रष्‍टाचार गरेको काण्डमा मुछिएका एमाले नेता गोकुल बाँस्कोटालाई हराउन आफ्नो उम्मेदवारी रहेको उनले चुनावअघि भन्दै आएका थिए। तर, उनले जम्मा ५२ मत प्राप्त गरे। यस क्षेत्रमा एमालेका बाँस्कोटाले जितेका छन्।

चुनावमा भाग लिएका कलाकारमध्ये प्युठान प्रदेशसभा ‘ख’तर्फ निर्माता तथा कलाकार सरोज थापा (रोज राणा) विजयी भएका छन्। कांग्रेसका क्षेत्रीय सभापतिसमेत रहेका राना २२ हजार ५१८ मतका साथ विजयी भएका हुन्।

यसैगरी फिल्म निर्माता मधुकुमार श्रेष्‍ठ धादिङ १ प्रदेशसभा ‘क’तर्फ निर्वाचित भएका छन्। कांग्रेसबाट चुनाव लडेका उनले १७ हजार ८३२ मत प्राप्त गरेका छन्। यी दुईबाहेक अन्य कलाकारले जित हासिल गर्न सकेका छैनन्।

यस्तै, काठमाडौं ६ मा स्वतन्त्र उम्मेदवार बनेका गायक सञ्जय श्रेष्‍ठले ४९९ मत पाउँदा उक्त क्षेत्रबाट राष्‍ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल १४ हजार २०४ मतका साथ विजयी भएका छन्। धादिङ १ मा राष्‍ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लडेका कमेडियन हिमेश पन्तले १२ हजार ४७५ मत ल्याएका छन्। चुनावी मैदानमा उत्रिएका कलाकारहरूमध्ये राम्रै मत ल्याएर पराजित भएका कलाकारमा पन्त पर्छन्।

यसैगरी, कपिलवस्तु क्षेत्र नम्बर १ मा एकीकृत शक्ति नेपालबाट चुनाव लडेका चलचित्र तथा टेलीश्रृंखला निर्देशक वसन्त पोखरेलले जम्मा १७ मत प्राप्त गरे। उक्त क्षेत्रबाट एमालेका बलराम अधिकारी ३४ हजार ६७५ मतका साथ विजयी भएका छन्। लोकदोहोरी गायक मिलन लामा (विष्‍णु लामा) ले पनि यसपटकको निर्वाचनमा भाग लिएका थिए। चितवन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका लामाले ४५६ मत ल्याए। उक्त क्षेत्रबाट राष्‍ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल ३४ हजार २८९ मतका साथ विजयी भए।

यसअघि समानुपातिकबाट संसद छिरेकी नेकपा एमालेकी नेतृ एवम् गायिका कोमल वली यसपटकको निर्वाचनमा भने प्रत्यक्षतर्फका उम्मेदवार थिइन्। दाङ क्षेत्र नम्बर ३ बाट चुनाव लडेकी वलीको संसद यात्रा टुंगिएको छ। उनले २९ हजार ३२ मत प्राप्त गर्दा कांग्रेसका दिपक गिरी ३६ हजार ८४२ मतका साथ विजयी भए। चुनावमा उठेका कलाकारहरूमध्ये सबैभन्दा बढी मत ल्याएर पनि हार बेहोरेका कलाकारमा पहिलो नम्बरमा गायिका वली पर्छिन्।

शुक्रबार, मङि्सर ०९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

भर्खरै

  • १.
    विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

  • २.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ३.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • ४.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ५.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ६.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ७.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ८.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.