• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

दशैंमा नेवार समुदायको भान्सामा पाक्छन् राँगाका थरिथरि परिकार


मङ्गलबार, असोज १८, २०७९ मा प्रकाशित

काठमाडौं- घर-घरमा दशैंको रौनक छ। हिन्दू धर्मालम्वीहरूको घरमा अहिले थरिथरिका भोजन पाकिरहेका छन्। प्राचीन कालदेखि नै कला र संस्कृतिको धनी नेवार समुदायलाई मानिन्छ। नेवार छुट्टै मौलिक पहिचान बोकेको समुदाय हो।

Advertisement

मौलिक पहिचानका रूपमा रहेको नेवारी खाद्य परिकारप्रति आकर्षण बढ्दै गएको छ। हजारौं वर्षदेखि परम्परागत चाडपर्व तथा संस्कृतिका कारण नेवारी समाजमा थरिथरिका परिकार पकाइने तथा त्यसरी बनाइएका परिकार देवीदेवतालाई चढाइने र विभिन्न भोज तथा दैनिक खानपानमा प्रयोग गरिँदै आएको संस्कृतविद् ओम धौभडेल बताउँछन्।

‘नेवारी समुदायमा प्रायः राँगाका परिकारहरू बढी पाक्छन्। दशैंमा पनि राँगाको मासुलाई मान्यता दिइन्छ भने दीपावलीमा बोकाको मासु बढी उपयोग गरिन्छ। दशैंमा नेवार समुदायमा फूलपातीको दिन हरेक घर-घरमा राँगाको मासु भित्रयाइन्छ,’ संस्कृतिविद् धौभडेल भन्छन्।

नेवार समुदाय भाषा, सभ्यता, संस्कृति र रितिरिवाजका कारण जति प्रसिद्ध छ, त्यससँगै नेवारी परिकारका कारण नेवारी सभ्यता अझै चर्चित छ। मौसमअनुसारको खाना र स्वास्थ्यअनुसारको परिकारले नेवारी भोजनको छुट्टै महत्त्व छ। नेवार समुदायलाई भोजैभोजको समुदाय पनि भन्ने गरिएको छ। वर्षका अधिकांश समय चाडपर्व र भोजभतेरमै व्यतित गर्ने भएकाले समुदायमा भोजहरूको विशेष महत्त्व रहँदै आएको छ।

दशैंमा विशेष गरी राँगाका मासुका थरिथरि परिकार बनाएर खाने नेवारी समुदायको चलन छ। फूलपातीको दिन भित्र्याइएको राँगाको मासुबाट ‘दायेका ला’ बनाइन्छ। यो परिकार भोजमा अनिवार्य हुन्छ। खासमा दायेका ला राखेपछि मात्रै औपचारिक रूपमा भोज शुरु हुने मान्यता रहेको संस्कृतिविद्को धौभडेलको भनाइ छ।

यस्तै राँगाको मुख्य परिकारका रूपमा ‘तःखा’ र ‘सन्याखुना’लाई मानिन्छ। तःखा पकाउने निश्चित समय हुन्छ, त्यो समय दशैंबाट शुरु हुन्छ र श्रीपञ्चमीसम्म मात्रै चल्छ। मासु पकाएपछि त्यसलाई जमाएर तःखा तयार पारिन्छ। जमाउन त जाडो नै चाहियो। तःखा बनाएर जोगिएको झोलबाट सन्याखुना बनाइन्छ। कसैले यसलाई ‘न्याखुना’ पनि भन्छन्। एउटै परिकारको ठाउँअनुसार नाम पनि फरक-फरक हुन्छ।

संस्कृतिविद्का अनुसार राँगाको मासुलाई निकै स-साना टुक्रा बनाएर एउटा स्वादिलो परिकार बनाइन्छ। त्यो हो, ‘छ्याल्ला’। अझ धेरै सानो टुक्रा पारियो भने त्यसलाई ‘चुंला’ भनिन्छ। मासुको आकारले पनि फरक स्वाद दिन्छ। त्यसैले आकारकै आधारमा राँगाको मासुका परिकार पनि बनेका छन्। मासुलाई उसिनेर खाए, ‘मनाला’, फ्राई गरे, ‘पुकाला’ भनिन्छ। सबैभन्दा बढी विविधता हुने यही पुकालामा हो। यो कम्तीमा पनि २० थरिको हुन्छ।

दशैंमा प्रायः अन्य नेपालीको भान्सामा खसीको मासु पाकेको हुन्छ। तर, नेवारी भान्सामा ‘हिंला’, ‘पंला’, ‘बुल्ला’, ‘छकुला’, ‘जँला’, ‘लाग्व’, ‘लापि’, ‘लकुला’, ‘भुटन’लगायत राँगाका परिकारहरू प्रशस्त पाकेका हुन्छन्।

मङ्गलबार, असोज १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

भर्खरै

  • १.
    विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

  • २.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ३.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • ४.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ५.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ६.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ७.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ८.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.