सिरहा- जिल्लाको नरहा गाउँपालिका–४ बाट १ हजार दरका ३१ थान नक्कली नेपाली नोटसहित एक युवक पक्राउ परेका छन्।
Advertisement
पक्राउ पर्नेमा भारत सितामरही भारसर चोक बस्ने २१ वर्षीय मोहम्मद रेजाउल्लाह छन्।
उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय नरहाको टोलीले उनलाई उक्त परिमाणको नक्कली नोटसहित फेला पारेको थियो।