काठमाडौँ । यो साता सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साताको शुक्रबारसम्म सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको हो ।
Advertisement
गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ थियो । यो साता तोलामा १२ सय रुपैयाँले बढेर ९३ हजार रुपैयाँमा कारोबार भएको छ ।
यो साता सोमबार सुनको मूल्य स्थिर हुँदा मंगलबार ४०० ले घटेको थियो । यस्तै, बुधबार २०० रुपैयाँले बढेको मूल्य बिहीबार एकैदिन पनि तोलामा १२ सय रुपैयाँले बढेको थियो ।
यसैगरी शुक्रबार प्रतितोला सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको थियो ।
यो साता चाँदीको मूल्य स्थिर कायम हुन पुगेको छ । गत साताको शुक्रबार तोलामा ११ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।