• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, असोज ०२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने

स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते

समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’

भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु

प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भन्नुभयो : नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

आज २५५ औं सिन्धुलीगढी विजय दिवस, अंग्रेजलाई परास्त गरेको दिनको सम्झना


    Avatar photo
शनिबार, असोज १५, २०७९ मा प्रकाशित

काठमाडौं- तत्कालीन अंग्रेजी फौजलाई परास्त गरेको दिनको सम्झनामा शनिबार (आज) सिन्धुलीगढीमा विजयोत्सव मनाइँदैछ।

Advertisement

यस अवसरमा समृद्ध सिन्धुली अभियान, स्टोरी साइकल र सिन्धुलीय श्रेष्ठ समाजले विजयोत्सव कार्यत्रम आयोजना गरेका छन्।

विजयोत्सवका अवसरमा प्रकाशन गरिएको सिन्धुलीगढी चित्रकथाको अंग्रेजी संस्करण सार्वजनिक गर्ने कार्यक्रम छ। उक्त चित्रकथा कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटाले सार्वजनिक गर्नेछिन्।

सिन्धुलीगढी भारतमा शासन गरिरहेको तत्कालीन अंग्रेज सेनालाई काठमाडौंतर्फ आउँदै गर्दा गोर्खाली फौजले पराजित गरेर लखेटेको ऐतिहासिक स्थल हो। पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानलाई रोक्न आएका अंग्रेजी फौजलाई विक्रम संवत् १८२४ मा वीर गोर्खालीले सिन्धुलीगढीमा घरेलु हतियारको भरमा लडेर परास्त गरेका थिए।

संसारमा आफ्नो साम्राज्य खडा गर्न अगाडि बढेको बेलायती साम्राज्यलाई परास्त गरेको सम्झनामा हरेक वर्ष १५ असोजमा विजयोत्सव मनाइन्छ। सिन्धुलीगढी किल्ला विक्रम संवतको १४ औं शताब्दीमा स्थापना भएको इतिहासकारहरूको भनाइ छ।

सिन्धुलीगढीको संरक्षण गर्ने जिम्मेवारी लिएको कमलामाई नगरपालिकाले भने गलत मितिमा विजयोत्सव मनाउने गरेको छ। उसले इतिहासलाई बंग्याउने काम गरेको इतिहासविद्हरूले बताउँदै आएका छन्। इतिहासकारहरूसँगको छलफलपछि समृद्ध सिन्धुली अभियानले अंग्रेजलाई परास्त गरेको दिन १५ असोजलाई प्रमाणित भएकाले त्यही दिन विजयोत्सव मनाउन थालेको हो।

इतिहासकार प्राध्यापक दिनेशराज पन्तले भारतमा शासन गरिरहेको तत्कालीन इस्ट इन्डिया कम्पनी (ब्रिटिस सेना)लाई सिन्धुलीगढीमा १५ असोजमा परास्त गरेको प्रामाणिक इतिहास रहेको बताउँछन्। ‘अरू मितिमा विजयोत्सव मनाउनु इतिहासलाई बंग्याउनु हो,’ उनी भन्छन्, ‘काम गर्दा मानवीय त्रुटि हुनसक्छ। त्यसलाई नसच्याउनु कमजोरी हुन्छ। विजयोत्सव असोज १५ मै मनाउनुपर्छ।’

समृद्ध सिन्धुली अभियानका अभियन्ता लीलानाथ घिमिरेले मितिमा प्रष्टता नभएका बेला स्थानीय स्तरमा अरू मितिमा विजयोत्सव मनाउन थालिएको बताउँदै अब सच्याउदै जानुपर्ने बताए। ‘हामीले विजय दिवस शुरुदेखि नै असोज १५ मै मनाउँदै आएका छौं। उक्त मिति इतिहासले प्रमाणित गरेको हो,’ उनी भन्छन्।

समृद्ध सिन्धुली अभियानले विभिन्न संघसंस्थासँग मिलेर सिन्धुलीगढीको प्रबर्द्धनमा काम गर्दै आएको छ। अभियानले सिन्धुलीगढीमा तत्कालीन ब्रिटिस कम्पनीको सेनालाई पराजित गरेको दिनको सम्झनामा काठमाडौंदेखि सिन्धुलीगढी हुँदै जनकपुरसम्म हरेक वर्ष गर्दै राइड थ्रु सिन्धुलीगढी साइकल यात्रा गर्दै आएको थियो।

चार वर्ष निरन्तर सफलतापूर्वक गरिएको साइकल यात्रा कोभिड महामारीका कारण स्थगित गरिएको थियो। यस वर्ष फागुनमा साइकल यात्रा गर्ने योजना अभियानले बनाएको छ। साइकल यात्रामार्फत् ऐतिहासिक सिन्धुलीगढीको प्रबर्द्धन गर्न अभियानले व्यावसायिक यात्रा गराउन थालेको हो।

अभियानले सिन्धुलीगढीको प्रबर्द्धन गर्न पर्यटन बोर्डसँग मिलेर काठमाडौंलगायत देशका विभिन्न स्थानमा तस्बिर प्रदर्शनी ‘फोटो सिन्धुली’ आयोजना गरेको थियो।

यसैगरी, सिन्धुलीका दुईवटा ऐतिहासिक गढीहरू हरिहरपुर र सिन्धुलीगढी जोड्ने पदमार्ग निर्माणको कामको पनि अभियानले थालनी गरेको थियो। अभियानले पहिलो खण्ड हरिहरपुरगढीको घण्टेदेखि मरिण गाउँपालिकाको सिमाना सेपाहासम्म पदमार्ग निर्माण सम्पन्न गरेको छ। पृथ्वीनारायण शाहकी पत्नी इन्द्रकुमारीले घण्ट चढाएको घण्टेस्थित महादेवको मन्दिरबाट पदमार्ग निर्माण गरिएको हो।

यस्तै, काभ्रेको नमोबुद्धदेखि ऐतिहासिक सिन्धुलीगढी हुँदै सिन्धुलीकै फिक्कलसम्म महाभारत डाँडैडाँडा पदमार्गबारे पनि अभियानले अध्ययन गरेको थियो।

शनिबार, असोज १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने
स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ
पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते
समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’
भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?
खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

भर्खरै

  • १.
    बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने

  • २.
    स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

  • ३.
    पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते

  • ४.
    समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’

  • ५.
    भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

  • ६.
    खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

  • ७.
    फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु

  • ८.
    प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भन्नुभयो : नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.