काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को वरिष्ठ उपाध्यक्ष बनेसँगै रवीन्द्र मिश्रले उम्मेदवारी घोषणा गरेका छन् । उनले काठमाडौँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
Advertisement
मिश्र दुई दिनअघि मात्रै राप्रपा प्रवेश गरेका थिए । उनको उम्मेदवारी घोषणा कार्यक्रममा राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको उपस्थित थिए । । मिश्रले मञ्चमा एक छेउमा चन्दा बाकससमेत राखेका छन् ।
०७४ मा विवेकशील साझा पार्टीबाट सोही क्षेत्रमा उम्मेदवार रहेका मिश्रले १० हजार ११८ मत पाएका थिए । योपटक मिश्रको प्रतिस्पर्धी कांग्रेस नेता प्रकाशमान सिंह हुने छन् ।