काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले गिरावट आएको हो ।
Advertisement
यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको महासंघले जनाएको छ । आज छापावाल सुनको मूल्य तोलामा ९१ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँ घट्दै तोलामा ११ सय ५० रुपैयाँले कारोबार भइरहेको महासंघले जनाएको छ ।